Who is the terrorists for Prachanda 

तपाइलाइ लागिरहेको होला- भूमिगत माओवादीका अध्यक्षसहित सो पार्टीका सबै नेता तथा कार्यकर्ता खुल्ला भएपछि अरु कोही भूमिगत नहोलान । सत्य यस्तो छैन ।

हिजोमात्र पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंह र उनले नेतृत्व गरेको पार्टी एकताकेन्द्र मसाल ुवास्तविक प्रजातन्त्र नआएको भन्दै भूमीगतै वस्ने घोषणा गरेको छ । सिंह २०२७ सालदेखी आजसम्म अर्धभूमीगत अवस्थामै छन् ।

उसो त उनीसंगै राजावादीहरुको एउटा समूह पनि भूमिगत छ । लोकतन्त्रको वहाली भएपछि राजाको गद्धी धरापमा परेकाले नेपालमा राजा चाहिन्द भन्दै राजावादीको एउटा मोर्चाले सशस्त्र विद्रोहको घोषणा गरेको थियो । उसको गतिविधि अहिलेसम्म केही देखिएको भने छैन ।

यस्तै तराइबासीको नाममा गोइतको नेतृत्वमा रहेको तराइ मुक्ति मोर्चाले सशस्त्र आन्दोलन गरिरहेको छ । यो सायद भारतले नेपालमा अस्थिरता सिर्जना गर्न गर्न यो अभियानलाइ मलजल गरिरहेको होला ।

माओवादी छिट्टै सत्ताधारी हुंदैछ । माओवादी अध्यक्षले तराइ मुक्ति मोर्चालाइ अराजक र अपराधिक समूहको संज्ञा दिदै आएका छन । सायद माओवादी सत्ताधारी भएपछि प्रचण्डले भूमिगत रहेका र सशस्त्र आन्दोलन गर्नेहरुलाइ आतंककारीकै संज्ञा दिनेछन र विगतमा राज्यले माओवादीलाइ गरेकै व्यवहार प्रचण्डले सत्ताधारीका हैसियतले अरुलाइ गर्ने छन ।

हिजो मोहनविक्रमको पत्रकार सम्मेलन भएको थियो । त्यसमा उनले एकताकेन्द्र मसालको राजनितिक मोर्चा जनमोर्चा नेपाल भने खुला राजनितिको अभ्यासमा लाग्ने वताए । सिंह महासचिव रहेको पार्टीको तर्फाट चित्रवहादुर केसी, डिलाराम आचार्य र हरि आचार्य गरि ३ जना संसद सदस्य छन् । नेताहरुमा सांसद चित्रवहादुर केसी र सोनाम मात्र खुला राजनितिमा रहने जानकारी दिए ।

साथै उनले सातदलमा नरहेपनि संसदमा रहेर आफ्नो भूमिका खेल्ने र सत्तामा नजाने निति रहेको वताए । ुतर सत्तामा नजादैमा यसको विरोध गर्र्छौ भन्ने होइनु उनको भनाइ थियो ।

आगामी जेठमा संविधान सभाको चुनाव हुने संभावना कम हुँदै गएको र यसले राजालाई नै सहयोग पुग्ने उल्लेख गर्दे राजनितिक दलविचको टुटफुटले राजालाई वलियो वनाउने विचार ब्यक्त गरे । उनले माओवादी शान्तिपुर्ण मुलधारमा आउनुलाई सकारात्मक भन्दै उनीहरुमा अझैपनि सैद्धान्तिक विचलन रहेको दावी गरे ।

मुलुक अझै अर्धऔपनिवेशिकतामा रहेको भन्दै यसले वास्तविक प्रजातन्त्र आएको भन्न नसकिने वताए । माओवादी र एमालेले प्रस्ताव गरेको गणतान्त्रिक मोर्चामा सहभागी हुने नहुने भन्ने वारे स्पष्ट जवाफ नदिएपनि उनले राजतन्त्रको अन्त्य अपरिहार्य रहेको उल्लेख गरे ।