View Article  माओवादीहरु हो अति भो
विजय कुवंर
'Comrades' you are being too cruel
Bijaya Kunwar
टिप्पणी
विगत दुइ दिनमा पोखरामा भएका श्रृंखलाबद्ध बम विस्फोटनले माओवादीहरुको छवी झन झन उग्र बन्ने दिशातिर बढिरहेको छ। माओवादी र दलहरुविच भएको सहमती पश्चात यस्ता बम विस्फोटका घटनाहरु बारंबार भइरहनुले नेपाली जनतालाई भन्दा नेपाली आन्दोलनका विरुद्ध रहेका बाह्य तथा भित्री शक्तिहरुलाई नै बढी फाइदा पुग्छ । एक त सर्वसाधारण नागरिक हिड्ने बाटोमा बम विस्फोट गरिनु कुनैपनि यूद्धको नियम भित्र पर्दैन। यूद्ध संचालन हुनु भएको दूइ शत्रुहरुविच मात्र हो र यसमा सर्वसाधारण नागरिक कुनैपनि हालतमा पारिनुहुन्न भन्ने तथ्य जेनेभा सन्धिले स्पष्ट गरेको विषय हो ।  माओवादीहरुले पनि  जेनेभा सन्धिको पालना गर्छु भनेर बारंवार भनेपनि व्यवहारमा भने दैनिक जसो चुक्नुलाई किमार्थ क्षम्य मान्न सकिन्न।
यतिवेला नेपाली आन्दोलनमा शंका र उपशंकाका बादलहरु मडारिरहेका छन्। आन्दोलन तुहाउन या ४६ कै अवस्थामा फर्कन माओवादीको जन्मजात विरोधी अमेरिकी सरकार र दरवारियाहरु दत्तचित्त भएर लागिपरेका छन् । अमेरिकी राजदूत जेम्स मोरियार्टीले त माओवादीको हौवा फिजाएर दलहरुविच कायम भएको १२ बूदे सहमती दू्र्भाग्यपूर्ण भनिसकेका छन्। यसैगरि नेपाली कांग्रेसले माओवादीले अझैपनि जवरजस्त चन्दा असुली, अपहरण र आतंककारी क्रियाकलाप जारी राखेको भन्दै केन्द्रिय समितीको बैठकबाटै निन्दा गरेको छ। प्रजातान्त्रीक कांग्रेसक सभापती देउवाले त झन् १२ बूदे सहमतीप्रति गंभिर असहमती रहेको भन्ने प्रतिक्रिया दिएका छन्। यसकारण माओवादीसंग भएका समझदारी प्रति दिनानुदिन शंका र उपशंकाहरु बढ्दै गएको अवस्थामा माओवादीका यस्ता कार्यहरुले समझदारी भंग हुने बाटो खुला गर्छ।
उता हतियार विहीन सात राजनीतिक दलहरु जसले शान्तिपूर्ण आन्दोलनको वकालत गरिरहेका छन् उनीहरुलाई थप दमन गर्ने बाटोपनि यस्ता क्रियकलापले खुला गर्छन्। नेकपा माओवादीसंग सहमतीको वकालत गर्दै संविधानसभाको माग गर्ने नेता तथा कार्यकर्ता र नागरिक समाजका अग्रणी व्यक्तित्वहरुलाई सरकारले अझैपनि थुनामा राखिराखेको छ। संविधानसभाको खुला वकालत गर्नेहरुपनि लुकेर हिड्न पर्ने अवस्था आएको छ। यसले गर्दा आन्दोलनले दिन दिन उचाइलिनुको साटो घटिरहेको महसुस भैरहेकोपनि छ। सात राजनीतिक पार्टीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्नेबाटो सहज पार्ने तर्फ माओवादीको ध्यान जानैपर्छ ।
हत्या हिसाका क्रियाकलाप बढ्दै जादा नागरिकहरु स्वयंमलेपनि माओवादीहरु १२ बूदे सहमती तोड्न उद्धत रहेको ठान्नेछन्। शसस्त्र आन्दोलनको वकालत गर्ने तर बम विस्फोट र हत्या हिसाका घटना हतियारविहीन नागरिकहरुमाथि थोपर्ने प्रबृतिले शान्ति प्रतिको माओवादी निष्ठालाई सावित गर्न सक्दैन। जनताको चाहना भनेको सात दल र माओवादी गठबन्धन कायम राखेर निरंकुशतालाई पराजित गर्ने हो। यसको उदाहरण सात दल र माओवादीविच कायम भएको १२ बूदे सहमती पश्चात आन्दोलनमा मानिसहरुको बढ्दो सहभागिताले पुष्टि गर्छ। त्यसैले माओवादीका यस्ता क्रियाकलापले सहमती भंग भयोभने यसको जवाफदेहिता माओवादीलेपनि बहन गर्नुपर्छ। होइन भने शसस्त्र आन्दोलनलाई हतियारधारीहरुविच मात्र सिमीत राखिनुपर्छ। यसको निशाना हतियारविहिन नागरिकहरुमाथि पारिनु कुनैपनि हालतमा पारिनुहुन्न्। त्यसैले पोखरा लगायतका अन्य ठाउमा भएका यस्ता घटनाहरुप्रति माओवादीहरुले माफी माग्दै दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ।

View Article  रुदा रुदै हास्ने र हास्दा हास्दै रुने प्रचन्ड
मनाङमा राइफल किन्नजादा रौं ले बाचियो: प्रचन्ड



काठमाडौ ,फागुन १४
रक्तपातपूर्ण आन्दोलन थालेको १० वर्षका माओवादी उपलव्धिहरुबारे नेकपा माओवादीले आफ्ना बिस्तृत विवरणहरु अहिलेको नया जनादेशमा प्रकाशित गरेको छ। साधारणतया हरेक हप्ताको मंगलबार प्रकाशित हुने जनादेश बितेका दूइ हप्ता नियमित आएन र एकाएक यो हप्ताको शुरुमै अर्थात आइतवार प्रकाशित भयो। यसरी नियमित नहुनुको अर्थ माओवादी आन्दोलनको समग्रताबारे जानकारी दिनुरहेछ भन्ने कुरा अहिलेको जनादेशबाट थाह हुन्छ। माओवादीले जनयुद्ध थाल्दाको प्रसगदेखि अहिलेको १२ बूदे सहमतीसम्म आइपुग्दा सम्मका सम्पूर्ण बृतान्तहरु, माओवादी आन्दोलनको समिक्षा, डा बाबुराम भट्टराइ देखि माओवादीभित्रका उच्च नेतृत्वमा रहेका व्यक्तिहरुका लेखहरु र माओवादीका मारिएका कार्यकर्ताका परिवारका अनुभूतिहरु, माओवादीले चाहेको राज्यव्यवस्था सहित माओवादीले अहिलेसम्म गरेका ठूला कार्यहरु सबै यो जनादेशमा समेटिएको छ।
यो अंकको जनादेशमा माओवादी यूद्ध शुरु हुदाको बखतको अवस्थालाई लिएर अध्यक्ष प्रचन्डको संभवत सबैभन्दा लामो अन्तरवार्तमा प्रचन्डले भन्नुभएको छ - ०४६ सालको ऐतिहासिक जनआन्दोलनको पूर्वसन्ध्यामा सशस्त्र संर्घषको तयारी र पहल गर्न तत्कालीन मशाल समूहको नेतृत्वका हैसियतले निकै सक्रिय प्रयत्न गरिको थियो। त्यसै तयारीका सर्न्दर्भमा मनाङमा राइफल किन्न क. वादल र म क.देव गुरुङको घरमा गई भर्खरै काठमाडौंमा देहवसान हुने हाम्रो पार्टीका सल्लाहकार क. गणेशबहादुर गुरुङ कहा पुगेका थियौं। पछि उहाबाट दूइ थान राइफल खरिद गरी क. देव गुरुङले रातारात गरेर गोरखा ल्याएपछि पहिलो केन्द्रीय सैन्य प्रशिक्षण समेत गरिएको थियो। त्यो प्रशिक्षणको तयारीको क्रममा २०४५ सालमा पार्टी सैन्य दस्तावेज, एउटा पेस्तोल - जुन क.लेखराज भट्टले पार्टीलाई उपलब्ध गराउनुभएको थियो) र १० तोला जिलेटिन शरीरमा लुकाएर क. वादल र म बसबाट गोरखा जादै गर्दा मुग्लिनको पुल तरेपछि तनहुको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौंरौले मात्र बचिएको घटना सम्झदा अहिले पनि अनौठौं रोमाञ्चको अनुभूति हुन्छ।
      अन्तर्वार्तामा प्रचन्डले यथार्थमा सिंगो दश वर्षरुदारुदै हास्ने र हास्दाहास्दै रुनेमा बितेको उल्लेख गर्दै आफ्नी पत्नी सीताको अटुट प्रेम र संर्घषशील विद्रोही स्वभावको प्रभाव परेको कुरा जानकारीपनि दिनुभएको छ।नेकपा माओवादीमा हावी भएका पूरुषहरुको लेखहरु पढ्न पाइएपनि महिलाका तर्फबाट जम्मा हिसिला यमीको एउटा मात्र लेख प्रकाशित अहिलेको जनादेशमा महिलाहरुको भूमिकालाई भने शहिद परिवारको पिडा बताउने क्रममा बढी प्रयोग गरिएको छ। ४० प्रतिशत महिलाको माओवादी आन्दोलनमा सहभागीता रहको भनिएपनि १० बर्षे जनयुद्धले महिलाहरुलाई राजनीतिको विश्लेषण गर्न सक्ने ठाउमा नपुर्याइको रहेछ भन्ने कुरा जनादेशबाट अनुमान लगाउन सकिन्छ। पाठकहरुलेपनि यो पटकको जनादेशबाट आफूलाई मन परेका आवश्यक जानकारी प्राप्त गर्न सक्नुहुनेछ भनेर हामीले एट्याच्मेन्ट फाइलमा राखिदिएका छौं।
1 Attachments
View Article  दरवारबाट नेताहरूलाई सर्सत प्रधानमन्त्रीको प्रस्ताव
Royal palace plans to throw another bait


काठमाडौं, फागुन १२
शेर बहादूर देउवा अकस्मात जेल जिवनबाट बाहिर आएपछि र अमेरिकी राजदूतले आन्दोलनमाथि पानी खन्याएपछि नेपालको राजनीतिले एकाएक कोल्टे फेर्ने स्थिति आएको  छ। आउदो संसदिय चुनावमा सबै पार्टीहरुले भाग नलिएपनि कम्तिमा नेपाली कांग्रेस लगायत राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई भाग लिन लगाउन राजाले ठूलो कसरत गरिरहेका छन्।  राजधानीबाट आज प्रकाशित खोजतलास दैनिकले यसैको पुष्टि गर्दै लेखेको छ-
अन्ततः नयाँ वर्षँ सगै माघ १९ को कदम आंशिक सच्चिने सम्भावना देखिएको छ। अमेरिकाको बाध्यकारी सुझावमा राजा मन्त्रिपरिषद्को अध्यक्षता त्याग्न तयार भएको विश्वस्त स्रोतले खोजतलासलाई बताएको छ। यसअघि तीन साताका लागि मन्त्रिपरिषद् बैठक नबस्ने भन्दै राजारानी पोखरा गएकोमा विशेष राजनीतिक परिस्थितिका कारण अकस्मात् राजधानी आई हिजो राजाले मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न गरेका छन्।  हिजोको मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरूले अमेरिकी राजदूतको प्रशंसा गरेको र सोहीअनुसार अघिबढ्न सहज हुने सुझाव राजालाई दिइएको छ। स्रोतका अनुसार दरबार अब मन्त्रिपरिषद्रको अध्यक्षता त्यागेर प्रधानमन्त्रीय अन्तरिम सरकार बनाउन तयार भएको छ। आगामी नयाँ वर्ष वैशाख १ गतेको शुभकामना सन्देशमा राजाले सो घोषणा गर्ने सम्भावना रहेको समेत स्रोतले बताएको छ।  वैशाख १ गते गठन हुने नयाँ सरकारमा प्रधानमन्त्री बन्न दरबारियाहरूले कृष्णप्रसाद भट्टर्राई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, र्सूयबहादुर थापा, पशुपतिशमशेर जबराहरूलाई प्रस्ताव गरिसकेको बुझिएको छ। उक्त सरकार पनि धारा १२७ अर्न्तर्गत हुने भएकाले सहभागी नहुने जवाफ शेरबहादुरले पठाइसकेको बुझिएको छ भने दुइ कांग्रेस एकता भए भट्टर्राई प्रधानमन्त्री बन्न इच्छुक रहेको बुझिएको छ। बाकी समाचार जस्ताको तस्तैकालागि एट्याच्मेन्ट फाइल हेर्नुहोस।

1 Attachments
View Article  निरन्कुशतावादीहरुको आक्रमण अब टिभी कार्यक्रमहरुमाथि

Autocratic government attacks now on popular TV programmes


काठमाडौं, फागुन ११
 एघार वर्षदेखि हास्य कलाकार सन्तोष पन्तद्धारा निर्मित र निर्देशिक कार्यक्रम हिजो आजको कुरा बन्द हुने भएको छ। टेलिभिजन सञ्चालक समितिका अनुसार उक्त कार्यक्रम लोकप्रिय नरहेको र टेलिभिजनको महत्वपूर्ण समय समेत खेर गएकोले उक्त कार्यक्रम बन्द गरिन लागेको हो। कलाकार पन्तले चाहिँ आफूले कार्यक्रम बन्द गर्न नचाहेको जनाउँदै आगामी सातादेखि कार्यक्रम संचालन गर्ने नगर्ने टेलिभिजन ब्यवस्थापनको निर्णयमा भर पर्ने जानकारी दिएका छन्। शुरु शुरुमा निकै नै सामाजिक विषय बस्तुहरुमाथि व्यंग प्रहार गरेर लोकप्रिय रहेको यो कार्यक्रमले अचेल राजाको सक्रिय शासनको समर्थन गरिरहेको आरोप लागिरहेको थियो।    more »

View Article  प्रेस स्वतन्त्रताकालागि ब्रसेल्समा प्रदर्शन
Journalists call for an end to impunity and “justice for journalists.”
Brussels, Belgium



विश्वभरीका पत्रकार र संचारकर्मीहरुमाथिको अत्याचार दमन र हत्याविरुद्धको लडाइमा संलग्न हुन यूरोपेली परियषदलाई आव्ह्वान गर्दै बेल्जियमको ब्रसेल्सस्थित यूनियनको कार्यालय अगाडी प्रदर्शनमा संलग्न बिश्वभरीका पत्रकारहरु। यो प्रदर्शनमा नेपाल पत्रकार महासंघका महासचिव महेन्द्र विष्टले ( टीशर्टमा E लेखेको ) भाग लिएका थिए। तस्विर: आइएफजे। बाकी समाचार यहा हेर्नुहोस।
View Article  लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरुको भूमिका

Literates' role in the current democratic movement
Nandakrishna Joshi, a popular poet (in Lalitpur custody)


 नन्दकृष्ण जोशी  (प्रसिद्द देउडा गायक
)
बिशेष लेख

 नारायणहिटी भन्दा प्यारो गाउ“को झोपडी ।
राजा धेरै मोटाभए जनतालाई कोपरी ।।

वि सं २०५८ साल जेठ १९ गते शुक्रवारको राती शाह वंशको इतिहासमा मात्र नभएर नेपाली राजनीतिको एक महत्वपूर्ण पाटो मानिएको नारायणहिटी दरवारमा कहिल्यै भुल्न नसकिने अकल्पनीय घटना भयो। त्यो घटनाले एउटा राजवंशको २३५ वर्षपुरानो इतिहासको अन्त्य भयो।त्यसबेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री हुनुहुन्थ्यो भने नेकपा एमालेका महासचिव माघवकुमार नेपाल प्रमुख प्रतिपक्षी दलका नेता। संसदीय व्यवस्थामा विधायीका नै सर्वोच्च निकाय रहने प्रजातान्त्रिक सिद्धान्त अनुरुप सो हत्याकाण्डको छानविन केवल संसदले गर्नुपथ्र्यो। त्यतिमात्र नभएर त्यसपछिको नेपालको भूमिमा राजा बनाउने कि, विकल्प सोच्ने भन्ने गहनतम विषयमा जनताको सर्वोच्च निकाय सिंहदरवार स्थित विधायीकामा जनताका प्रतिनिधि २०५ जना सांसदका बीच छलफल हुनु जरुरी थियो। बहुदलीय व्यवस्थाको १२ र १४ वर्षे उमेरमा भएका केही गल्ति मध्ये हाम्रा देशका राजनेताहरुबाट मात्र नभएर सम्पूर्ण जनप्रतिनिधिहरुबाट पनि इतिहासमा भुल्नै नसकिने भूल भएको थियो, अहिले महसूस गरिदैछ।   more »

View Article  प्रचन्डले ढांटे पत्रकारहरुलाई
Prachanda lies to Nepali journalists



नेकपा (माओबादी) का अध्यक्ष प्रचन्डले गतहप्ता कान्तिपुर दैनिकका पत्रकारहरुलाई अन्तर्वार्ता दिदै भनेछन - नेपाली पत्रकारलाई प्रत्यक्ष अन्तर्वार्ता दिएको यो पहिलो पटक हो। अन्तर्वार्ता लिनेहरु त यसैपनि मक्ख पर्ने नै भए यति ठूलो पार्टीको सर्बोच्च नेताबाट पहिलो अन्तर्वार्ताका लागि आफू र आफ्नो पत्रिकालाई पत्याएको भनेर। सबैले पत्याएपनि होलान। तर यो प्रत्यक्ष अन्तर्वार्तामा प्रचन्डले पत्रकार र आम नेपाली जनतालाई मज्जाले ढाटेका छन।
नेपाली पत्रकारलाई पहिलो प्रत्यक्ष अन्तर्वार्ता दिएको भनेर। किनभने प्रचन्डसँग कमसेकम जनादेशसँग आबद्द पत्रकारहरुले धेरै पटक अन्तर्वार्ता लिइसकेका छन। जनादेशका पत्रकार गोविन्द आचार्य, खिला भण्डारी र पहिले जनदिशा दैनिक रुपमा प्रकाशित हुँदापनि उनिहरुले प्रचन्डसँग 'दरिलो हात ...   more »
1 Attachments
View Article  राजा भाग्ने सुरमा !

Nepal King plans exile !


काठमाडौ,फागुन ६
चुनावमा डर
, धाकधम्की, त्रास र लाखौं रकमको खोलो बगाउँदा पनि २० प्रतिशतभन्दा बढी जनता आफ्नो पक्षमा नदेखिएपछि राजा देशबाट भागेर अन्यत्र शरण लिन जनलागेको खबर हिजो एउटा बिदेशी पत्रिकाले प्रकाशित गरेको छ। एसियन ट्रिब्युन नामको उक्त पत्रिकामा काठमाडौं बाइलाइनमा (नेपालका राजा शरण लिने तयारीमा:अमेरिकी दूतावासलेउद्धार गर्ने)  'नेपाल किङ प्लान्स एग्जिल: यू एस एम्वेसी एक्सपेक्टेड टू एभाक्येटशिर्षकमा डि माइकल बन्दिविरले यस्तो समाचार लेखेका छन। सात राजनीतिक दलको आन्दोलन बलियो हुँदै गएको र माओवादीहरुले लडाईंको मैदानमा सफलता हासिलगर्दै जादा   राजा र राजापरिवारका सदस्यहरु भाग्ने तरखरमा रहेको उनले उल्लेख गरेका ...   more »

View Article  'सम्भावनावाद ' ले बिगारेको नेपाल
Nepal destroyed by the probablitism
Ganga prasad Chaudhary, leftist intellectual
गंगा प्रसाद चौधरी
 विचार / विवेचना

उन्नाइसौं शताब्दीको उत्तर्रार्धतिर फ्रान्समा समाजवादी आन्दोलनभित्र एउटा विचारधाराको अन्तप्रवेश भयो। यस विचारधाराले हरेक वस्तु  घटना-परिघटनाका र्सजकहरुमा समान सम्भावनाको खोज शुरु गर्‍यो। यसो झट्ट सुन्दा कर्णप्रिय लाग्ने तर यसको परिणाम समाजका लागि घातक हुने गर्छ। कुनै पनि स्थान, समयका सामाजिक- राजनीतिक सतह र घटना-परिघटना भित्रका अन्तवस्तु-सारतत्वलाई पूर्णतः निषेध गरी सतहीकरण निम्त्याउनु यस विचारधाराको प्रमुख विशेषता हो। यस विचारधाराले विषयवस्तुको, चरित्रगत विशेषतालाई , प्रकृतिगत प्रस्तावनालाई पूर्णतः निषेध गर्छ। किनकि यसले विषयवस्तुका प्रकृतिगत (चरित्रगत) विशेषतासंग मेल नखोने प्रतिकूल सम्भावनाहरु माथि जोड दिन्छ। जस्तो किः विरालोले दुध खान हुंदैन, र्सपले रमेशलाई टोक्न हुंदैनथ्यो ,.........आदि,  इत्यादि। यसरी यसले हरेक अवसरभित्र हरेक सम्भावनाको खोज गरी , विष्य-वस्तु (घटना-परिघटना) भित्रका अन्तरवस्तु (सारतत्व)लाई निषेध गरी, त्यस आधारमा नै सैद्धान्तिक प्रस्तावना ,कार्यक्रम, कार्यनीतिको निरुपण गर्ने हुनाले नै यस विचारधारालाई सम्भावनावाद (Possibilisme)  भनिएको हो र, यसकारण यो एउटा नितान्त अवसरवादी (संशोधनवादी) विचारधारा हो। 'सम्भावनावाद'का प्रणेता ब्रूस, मालों थिए। सन् १८८२ मा सम्भावनावादीहरुका कारण फ्रान्सेली मजदूर पार्टीको विभाजन भयो।

सम्भावनावादको प्रत्यक्ष सम्वन्ध कम्युनिष्ट आन्दोलनसंग गांसिएको हुनाले यसको प्रस्फुटन पनि त्यसबेला मात्र हुन्छ, जब समाजवादी संगठन पूर्णतः अवसरवादमा पतन हुन्छ, त्यसबेला पनि सम्भावनावादको प्रार्दुभाव हुन्छ। फ्रान्समा १३५ वर्षपहिले सम्भावनावादको त्यसबेला प्रादुर्भाव भयो, जब पेरिस कम्युन असफल भयो। प्रारम्भदेखि नै संशोधनवादले आच्छादिन नेपाली कम्युनिष्ट आन्दोलनमा सम्भावनावादले घरजम गर्नु स्वाभाविक भएपनि यसले आफ्नो निकृष्ट रुप त्यसबेला देखायो, जब वर्ग संर्घषले आफ्नो उच्चतम रुप-विद्रोहमार्फत धारण गर्‍यो।   more »
View Article  अमेरिकी राजदूतको विलाप
A cry for unstability in Nepal
Bijaya Kunwar

विजय कुवर


नेपाली राजनीतिका तथाकथित ज्ञाता अमेरिकी राजदूत मोरियार्टी। तस्विर : नेपाल न्यूज डटकम

विचार/ विवेचना
काठमाडौ , फागुन
अमेरिकी राजदूत मोरियार्टीले आज फेरि बोल्ने अवसर पाएछन्। शुरु देखिनै माओवादी शव्दलाई उच्चारण गर्न नरुचाउने मोरियार्टी माओवादी र सात दलको १२ बुदे सहमती भएदेखि चुपै बसेका थिए। तर आज एकाएक प्रकट भएका मोरियार्टी किन चुप लाग्थे र ! कुटनितिक तर धम्कीपूर्ण भाषामा फेरि उनले आज राजा र दलहरु मिलेर माओवादीलाई नेपाली राजनीतिबाट अलग्याउनु पर्ने पूरानो कुरा दोहराएका छन्।
बेला बेलामा नेपालको आन्तरिक राजनीतिको ज्ञाता बन्दै विभिन्न सुझाव दिने मोरियार्टीको विलाप नेपालीहरुले पटक पटक सुनिसकेका छन्। तर कुरा यो हो कि उनको रोदनको यतिवेला कतै सुनुवाइ भएको छैन। न त राजाले उनको अनुनय विनय सुनेका छन् न त पार्टीहरुनै यतिवेला अमेरिकी दूतावासको चाकडीमा संलग्न छन्। त्यसैले उनले आज धम्कीपूर्ण भाषामा भनेका छन् ढीलो या चाडो नेपालको निकाश भनेको राजा र बैधानिक पार्टीहरुविचको एकता नै हो। तर नेपालको राजनीतिले उनले भनेको जस्तो दिशा समात्ने संभावना भने लगभग शून्यमा झरेको छ।
          यतिवेला नेपाली नागरिकहरुले माओवादी संलग्नता सहितको निकाश चाहिरहेका छन्। नागरिकहरुले सामाजिक न्याय चाहिरहेका छन्। निश्चयनै माओवादीको हत्या र हिसा नेपालीहरुकालागि सबैभन्दा पिडादायक कुरा हुन्।   more »
This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive