Counting casualties of  Palpa clash

काठमाडौ, माघ १९
गएराती पाल्पाको तानसेनमा भएको माओवादी आक्रमणमा परी बास्तवमा कति जनाको ज्यान गयो भन्ने कुरा कसरी थाह पाउन सकिएला ? माओवादीका तर्फबाट दिइएको जानकारि अनुसार कार्वाहीमा डीएसपी उत्तमराज सुवेदी, प्रहरी जवान र शाही सेनाका सिपाहीहरु गरी करिब ४५ जनाको मृत्यु भएको छ भने सोही हाराहारीमा घाइते भएका छन्। यसैगरी माओवादी तर्फ 'बीएन भीसीद्वय क.अनुप र क.मीरा लगायत आठ जना कमरेडहरुले शहादत प्राप्त गर्नुभएको छ'। सरकारी जानकारी अनुसार भने कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यू भएको छ। घाइतेको संख्या कति हो थाह छैन, अनि कति हराइरहेका छन्, त्योपनि थाहा छैन । घाइतेहरुलाई अस्पताल भने पूर्याइएको छ।
मूतक मध्ये चार गुना भन्दा बढीको संख्यामा आएको यो फरक भित्रको बास्तविकता थाह पाउने उपाय त स्वतन्त्र प्रेसको सक्रियता र जस्तोसुकै अवस्थामापनि सूचनामाथिको सहज पहुच हो। गोली हान्ने र हानिने, हार्ने र जित्ने काम त भयो होला, कोही कोही त घाइतेपनि भएहोलान् तर कति घाइते भए या कति मारिए भन्ने कुरो कसलाई सोधेर थाह हुन्छ ? जबकी राजा ज्ञानेन्द्रका अनुसार मुलुकमा छिटफुट मात्र अपराधिक घटना भएका छन् भने माओवादीहरुका अनुसार बलपूर्वक राजा नफाली मुलुकमा सामन्तबादको अस्तित्व नामेट पार्न सकिन्न। मृतकहरुको सख्यामा यत्रो विधि फरक आउनुभित्र सूचना लुकाउने या सूचना बग्याउने काम भएको छ। हुनसक्छ, माओवादीबाट एउटा मृतकलाई चार पटक गनिएको होला र सरकारका तर्फबाट चार मृतकलाई एउटै मूतक ठानिएको होला। तर सूचना बग्याएर मरेपछिपनि मरे भन्न नपाउने र घरपरिवारले किरीयापनि गर्न नपाउने बेला भइरहेको छ। आजको नेपालन्यूज यहा पढौं। कान्तिपूर अनलाइन यहा पढौं र माओवादी अध्यक्ष प्रचन्ड र माओवादी पश्चिम सैन्य कमान्डर प्रभाकरको विज्ञप्ती एट्टयाच्मेन्ट फाइलमा पढौं। कान्तिपूर भने यहा हेर्न सकिन्छ। परेवाको समाचार जसमा अपहरणमा परेकाहरुको नामको तालिका दिइएको छ।