
माघ १८ गते भएको प्रदर्शनबाट महिलाहरुलाई गिरफ्तार गर्दै प्रहरीहरु। प्रहरीले महिलाहरुलाई अपमानपूर्वक प्रकाउ गर्ने गरेको महिला नेतृहरुले जनाएका छन्। तस्विर: नेपाल न्यूज
दूर्गा भण्डारी/स्वससे
काठमाडौं, माघ २८
राजधानीमा लोकतन्त्र स्थापनाका लागि भइरहेको आन्दोलनमा संलग्न महिलाहरुमाथि प्रहरीले ब्यापक दूर्व्यवहार गरेको आरोप आन्दोलनरत दलका महिला नेतृहरुले लगाएका छन। प्रदर्शनका क्रममा महिलाहरुलाई पक्रदा चिमोट्ने, गुप्तागहरुमा लठ्ठीले घोच्ने, टोक्ने तथा महिलाहरुका संबेदनशिल अंगहरु समातिदिने जस्ता कामहरु प्रहरीबाट भएको भन्दै महिलाहरुले यसको व्यापक विरोध गरेका छन्। यसबाट १४ वर्षघि नेपालले हस्ताक्षर गरेको महिला उपर हुने सबै प्रकारका भेदमा उन्मुलन गर्ने सन्धी (सिड)को समेत उल्लंघन भएको छ।
आन्दोलनमा महिलालाई निरुत्साहित पार्ने उदेश्यले प्रहरीले पटक-पटक यौन दूर्ब्यवहार समेत गर्ने गरेको एमाले नेतृ विद्या भन्डारीले बताउनुभयो। more »