View Article  जेलभित्रै गणतन्त्रको बहस !
Political discussion for Republican set up in the prison !
Nepal Info

 नेपाल इन्फो
काठमाडौ,माघ २९
जेल हालेर मुख थु्न्ने प्रयत्न गरेपनि  नेता तथा कार्यकर्ताले बोल्न छाड्दैनन भन्ने कुरा महिला विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा राखिएका बन्दीहरुले सरकारलाई देखाइदिएका छन्। महिला बिकास प्रशिक्षण प्रतिष्ठानमा अहिले करिव दूइ शय जना नेता कार्यकर्ता र मानवअधिकारकर्मीहरु थुनिएका छन्। सरकारको नगरपालिका निर्वाचन अगावै थुनिएका यि कार्यकर्ता तथा नेताहरुले अहिले दैनिक भावी नेपालको संरचना बारे  दैनिक बहस चलाइरहेका छन्।
हरेकदिन बेलुका ४ बजेदेखि ७ बजेसम्म चल्ने उक्त बहस महिला बिकास  प्रशिक्षण  प्रतिष्ठानको हलमा  संचालन हुने गर्छ।  रातमा लस्करै लाइन लागेर भूइमा सुत्ने नेता तथा कार्यकर्ता दिउसो भने छलफल कार्यक्रममा व्यस्त हुने गरेका छन्। 'हामी यहाबाट बाहिर निस्कदा  गणतन्त्र नेपाल कस्तो हुनुपर्छ भन्ने खाका बोकेर निस्कने छौं' उक्त थुनामा रहेका मानवअधिकारकर्मी वासु देवकोटाले हामीलाई टेलिफोनमा जानकारी दिनुभयो। उक्त ठाउमा नेपाली कांग्रेसका महन्थ ठाकूर, नेकपा एमालेका नेता रघु पन्त, मानबअधिकारकर्मी गोपाल शिवाकोटी चिन्तन, प्राध्यापक संघका अध्यक्ष भूपती ढकाल,  चरण प्रसाइ, लोक गायक नन्दकृष्ण जोशी लगायतका व्यक्तित्वहरु रहेका छन्। उनीहरुसंग दैनिक त्यहा रहेका अन्य कार्यकर्ताहरुले आ आफ्ना जिज्ञासाहरु राख्ने र नेताहरुलाई गणतन्त्रको दिशा समात्न आव्ह्वान गर्ने गरेका छन्।


View Article  राजाका मेयरलाई कालो मोसो
Political parties prepare to black paint the face of newly elected Mayors
काठमाडौं, माघ २९
नगर निर्वाचनमा निर्वाचित उम्मेदवारको विरुद्ध सात दलले बहिष्कारको आन्दोलन अगाडि बढाउने तयारी गरेको छ। दलले निर्वाचित प्रतिनिधिलाइ कालो मोसो दल्ने र टिन ठटाएर बजार घुमाउने कार्यक्रम अगाडि बढाउन तहका निकायलाई निर्देशन दिएको नेकपा एमालेका नेता यादव शर्माले बताउनुभयो।सबै आ-आफ्ना पार्टका तल्ला निकायमा बैठक बस्नु अगाडिनै नगरपालिका पदाधिकारीलाई कालो मोसो दल्न तथा आफ्ना पहुच अनुसार टिन ठटाएर बजार घुमाउने अभियान शुरु गरिहाल्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो।

This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive