नागार्जुनमा भेटिएको शव जर्मन युवतीको

अपडेट
काठमाडौ, फागुन ७
काठमाडौको पर्यटकीय इलाका नागार्जुनमा २९ माघमा भेटिएको शव चार महिना अघि २९ असोज २०६२ मा त्यहाँ घुम्न गएकी ३१ वर्षिया जर्मन युवती सेवाइन उर्सुला ग्रुन्क्लीको भएको पुष्टि भएको छ। सडेको शरीरको 'डिएनए, दाँत, कपाल र बोन–म्यारो' को परीक्षणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले शव सेवाइन ग्रुन्क्लीकै भएको बताएका छन्।“शव जर्मन युवतीको भएको अनौपचारिक जानकारी 'फरेन्सिक डाक्टर'हरुबाट पाएका छौँ।” हनुमानढोकास्थित अनुसन्धान शाखाका प्रहरी नायब–उपरीक्षक पीताम्बर अधिकारीले हिमाल खबरसंग भने, “सोमवारसम्म लिखित जानकारी आउँछ। more »
