A cry for unstability in Nepal
Bijaya Kunwar

विजय कुवर


नेपाली राजनीतिका तथाकथित ज्ञाता अमेरिकी राजदूत मोरियार्टी। तस्विर : नेपाल न्यूज डटकम

विचार/ विवेचना
काठमाडौ , फागुन
अमेरिकी राजदूत मोरियार्टीले आज फेरि बोल्ने अवसर पाएछन्। शुरु देखिनै माओवादी शव्दलाई उच्चारण गर्न नरुचाउने मोरियार्टी माओवादी र सात दलको १२ बुदे सहमती भएदेखि चुपै बसेका थिए। तर आज एकाएक प्रकट भएका मोरियार्टी किन चुप लाग्थे र ! कुटनितिक तर धम्कीपूर्ण भाषामा फेरि उनले आज राजा र दलहरु मिलेर माओवादीलाई नेपाली राजनीतिबाट अलग्याउनु पर्ने पूरानो कुरा दोहराएका छन्।
बेला बेलामा नेपालको आन्तरिक राजनीतिको ज्ञाता बन्दै विभिन्न सुझाव दिने मोरियार्टीको विलाप नेपालीहरुले पटक पटक सुनिसकेका छन्। तर कुरा यो हो कि उनको रोदनको यतिवेला कतै सुनुवाइ भएको छैन। न त राजाले उनको अनुनय विनय सुनेका छन् न त पार्टीहरुनै यतिवेला अमेरिकी दूतावासको चाकडीमा संलग्न छन्। त्यसैले उनले आज धम्कीपूर्ण भाषामा भनेका छन् ढीलो या चाडो नेपालको निकाश भनेको राजा र बैधानिक पार्टीहरुविचको एकता नै हो। तर नेपालको राजनीतिले उनले भनेको जस्तो दिशा समात्ने संभावना भने लगभग शून्यमा झरेको छ।
          यतिवेला नेपाली नागरिकहरुले माओवादी संलग्नता सहितको निकाश चाहिरहेका छन्। नागरिकहरुले सामाजिक न्याय चाहिरहेका छन्। निश्चयनै माओवादीको हत्या र हिसा नेपालीहरुकालागि सबैभन्दा पिडादायक कुरा हुन्।   more »