Nepal King plans exile !
काठमाडौ,फागुन ६
चुनावमा डर, धाकधम्की, त्रास र लाखौं रकमको खोलो बगाउँदा पनि २०
प्रतिशतभन्दा बढी जनता आफ्नो पक्षमा नदेखिएपछि राजा देशबाट भागेर अन्यत्र शरण लिन
जनलागेको खबर हिजो एउटा बिदेशी पत्रिकाले प्रकाशित गरेको छ। एसियन ट्रिब्युन नामको उक्त पत्रिकामा
काठमाडौं बाइलाइनमा (नेपालका राजा शरण लिने तयारीमा: अमेरिकी दूतावासले उद्धार गर्ने) 'नेपाल किङ
प्लान्स एग्जिल: यू एस एम्वेसी एक्सपेक्टेड टू एभाक्येट' शिर्षकमा डि माइकल बन्दिविरले यस्तो समाचार
लेखेका छन। सात राजनीतिक दलको आन्दोलन बलियो हुँदै गएको र माओवादीहरुले लडाईंको मैदानमा सफलता
हासिलगर्दै जादा राजा र राजापरिवारका सदस्यहरु
भाग्ने तरखरमा रहेको उनले उल्लेख गरेका छन।
पत्रिकाका अनुसार राजाद्बारा घोषित निर्वाचन
उनी आँफैकालागि ठूलो धक्का साबित भएको छ र यो निर्वाचनलाई सात राजनीतिक दल,
संयुक्त राष्ट्रसंघ, माओवादी र अन्तरराष्ट्रिय
समुदायले समेत बिरोध गरेको छ। अमेरिका लगायतका मित्र राष्ट्रहरुबाट आर्थिक सहयोग
रोक्का गरिएपछि सन २००६ को जुन महिनाबाट सरकार कर्मचारीको तलब समेत खुवाउन नसक्ने अवस्थामा पुगेको छ। सरकारी कर्मचारी र एक लाख ५० हजार
शाही सेनालाई तलब खुवाउने तागतपनि सरकारसंग छैन। राजा देश छोडेर भागे पनि राणाहरुद्बारा
नियन्त्रित शाही नेपाली सेनाले गणतन्त्रलाई स्विकार गर्दै माओवादीलाई हतियार बिसाउने बाटो खुलाउलान् कि ? या नेपाली जनताको प्रजातन्त्रिक धुकधुकिलाई सधैं दबाउन तिर
लाग्ला ? यो नै मुल प्रश्न हो'
उनले आफ्नो लेखमा प्रश्न राखेका छन्। एसियन ट्रिव्यूनको उक्त लेख जस्ताको तस्तैकालागि यहा क्लिक गर्नुहोस।