हरि भट्टर्राई/स्वससे
पोखरा/ फागुन ७
श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहलाई ५६ औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना दिन पोखराको रत्नमन्दिर दरबारमा प्रवेश गर्न खोज्दा एक नवनिर्वाचित वडाध्यक्ष सुरक्षाकर्मीबाट घोक्राइएका छन ।
सुरक्षाकर्मीहरुले घोक्रेठ्याक लगाई बाहिर निकालिदिएका नवनिर्वाचित वडाध्यक्ष लेखनाथ नगरपालिका-६ का बसन्तराज लामिछाने हुनुहुन्छ। उहाँले दरबारमा प्रवेश नपाएपछि बाहिरै बसिरहेका सञ्चारकर्मीहरुसँग आफ्नो 'प्यारा' राजारानीलाई शुभकामना दिन नपाएकोमा दुख ब्यक्त गर्नुभयो। 'चाहिएको बेलामा थुनेर राखेरै भएपनि वडाध्यक्ष बनाए । अहिले आफ्नै राजारानीलाई दर्शनभेट गर्छुभन्दा घोक्राएर बाहिर पठाए' उहाँले भन्नुभयो ।
लामिछानेलाई मात्रनभएर दरबारमा श्री ५ बडामहारानीलाई शुभकामना दिन गएका नगरपालिकाका अरु पदाधिकारी पनि अपमानपुर्वक फर्किन बाध्य भए।
सो अवसरमा शुभजन्मोत्सव मूल समारोह समिति कास्की संयोजक एवं जिल्ला विकास समितिका सभापति रमेशबहादुर भट्टर्राईले तोकेका व्यक्तित्वहरुलाई मात्र रत्न मन्दिर दरबार प्रवेश गर्न दिएका थिए। भट्टर्राईको अनुमतिलेमात्र उनीहरुले शुभकामना दिन पाए ।यहाँका सरकारी तथा निजी प्रकाशन/प्रसारण संस्थामा कार्यरत सञ्चारकर्मीलाई समेत भित्र प्रवेश दिइएन।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
रानीलाई शुभकामना दिन खोज्दा वडाध्यक्ष घोक्र्याइए
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||