Protest in Australia against Nepal king's autocracy (photo feature)
मानबअधिकार तथा लोकतान्त्रीक मन्च अष्ट्रेलियाले हिजो सिड्नीको विनयाइ पार्कमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागि नेपालीहरु। तस्विर सौजन्य: रमेश पान्डे
अष्ट्रेलिया, माघ २०
अष्ट्रेलियाको राजधानी सिड्नीमा हिजो भएको विरोध प्रदर्शनीमा नेपालमा मात्र होइन अन्तराष्ट्रिय रुपमै विरोध प्रदर्शन भयो। यसैक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने र राजाको कू को विरोध गर्ने कार्यक्रम अष्ट्रेलियामापनि सम्पन्न भयो।

प्रजातन्त्रको पून बहाली गर, मानवअधिकार उल्लघंन बन्द गर, मानबअधिकारको रक्षा गर जस्ता प्लेकार्डहरु प्रदर्शन गरेर उनीहरुले राजाको कदमको विरोध गरेका थिए।
कार्यक्रममा महिलाहरुको पनि सहभागिता रहेको थियो। कार्यालय समयको बेलाभएपनि विरोध कार्यक्रममा सहभागि नेपालीहरुको संख्या उल्लेख्य थियो। अष्ट्रेलियामा आयोजना भएको यो नया प्रकारको कार्यक्रमले नेपालीहरु जहा भएपनि आफ्नो मातृभूमी प्रतिको कर्तव्यहलाई भूल्न सक्दैनन भन्ने देखाएको छ।

प्लेकार्ड र ब्यानर प्रदर्शनपछि नेहुरिप्डका संयोजक रमेश पान्डेले नेपालमा चलिरहेको प्रजातान्त्रीक आन्दोलनको समर्थन गर्न र उनीहरुप्रति एक्यवद्धता जनाउन यो कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो भने भवानी ओली, भवानी लम्साल, इन्द्र वन र ध्रुव सुवेदीले कार्यक्रममा आ आफ्ना विचार राख्नुभएको थियो।
