We target Royal Army and their supporters: Maoist


काठमाडौ, माघ २०
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले नगरपालीका चुनावमा उठेका उम्मेद्धारहरुलाई भौतिक कार्वाही गर्ने माओवादीको योजना बारे सोधेको प्रश्नको माओवादी प्रबक्ताले उत्तर दिएका छन्। उनको यो उत्तरले भविष्यमापनि माओवादीहरुले शाही सेना या उनीहरुलाई सघाउने कुनैपनि व्यक्तिलाई कार्वाही गर्न काम जारी रहने स्पष्ट पारेको छ।
माओवादी प्रबक्ता कृष्ण बहादूर महराका अनुसार निर्दोष व्यक्ति, राजनैतिक कार्यकर्ता वा चुनावी उम्मेदवारहरुलाई लक्षित गरेर भौतिक कार्वाही गर्ने माओवादी पार्टीको नीति रहेको छैन। उनले थपेका छन्- तर, शाही सेनासग प्रत्यक्ष वा अप्रत्यक्ष जनहत्यामा वा अन्य आपराधिक कार्यमा संलग्न अपराधी तत्वहरुमाथिको प्रतिरोध कार्वाही, जनयुद्धकै प्रक्रियाअर्न्तर्गत हामीले प्रारम्भदेखि अपनाउदै आएको कार्वाही हो। युद्धविराम भंगपछि तथाकथित चुनावको नाममा निर्दोष जनता, राजनैतिक कार्यकर्ता र जनमुक्ति सेनाको हत्या एवं अपराध गर्ने शाही सेना र त्यसका कुनै पनि मतियारहरुप्रतिको कार्वाही यसैको निरन्तरता मात्र हो। उनका अनुसार माओवादी पार्टीले कार्वाही प्रक्रियामा कुनै  निर्दोष व्यक्ति परेको भएमा त्यसको छानविन गर्न तयार रहेको र कतिपय यस प्रकृतिका घटनाको छानविन प्रक्रिया चलिरहेको छ।
महाराद्धारा आज प्रकाशित बक्तव्यको अन्तय्मा थपिएको छ- मानव अधिकार सम्वन्धी आधारभूत अन्तराष्ट्रिय मान्यताहरुप्रति गम्भीर र सचेत हुदै माओवादी पार्टी कुनै पनि अन्यायपूर्ण दमन र अत्याचारको विरुद्ध विद्रोह गर्नु वा त्यसको प्रतिरोध गर्नु मानव अधिकारकै क्षेत्रभित्रको विषय ठान्दछ।