Nepal's crisis a global problem: Flora
Mac Donald,

ओतावा, क्यानडा
नेपालका निरङ्कुश
राजालाई फेरि अर्को धक्का लागेको छ। बिदेशी कुटनीतिक क्षेत्रबाट।
क्यानेडियाली सरकारका पूर्ब परराष्ट्रमन्त्री फ्लोरा म्याक डोनाल्डले
नेपालको बर्तमान समस्या
नेपालको मात्रै नभएर सारा बिश्वभरिको भएको बताएर निरन्कुश राजालाई
कुट्नीतिक
क्षेत्रमा गतिलो झापड दिएकी छन् । क्यानडाको ओतावामा रहेको एशियाली
क्षेत्रका जनताको
जिवनस्तर र मनवाधिकारकालागि कार्यरत क्यानडा फोरम् फर नेपाल एण्ड हार्मोनी
इन्टरनेशनलले आइतबार यहा आयोजना गरेको शान्ति, प्रजातन्त्र र नेपालमा
मानवधिकार छलफल कार्यक्रममा बोल्दै उक्त कुरा बताएकी हुन।
बितेका दश बर्षमा नेपालमा आफुले लगातार भ्रमण गर्दाका अनुभव र अनुभुती ब्यक्तगर्दै माओबादीहरुले ४ महिनासम्म युद्दबिराम गर्दा त्यसलाई सम्बोधन नगरेकोमा राजाको तिब्र आलोचना गरिन। राजाको आफैले शासनगर्ने कदमलाई सैन्य कु भन्दै नेपाल असफल राष्ट्र बन्ने खतरातिर उन्मुख हुदै गएको, सामान्य जनताको जिवनस्तर झन् कठिन बन्दै गएको र भर्खरै सकिएको नगरनिर्वाचन जनताको चाहना बिरुद्द भएको बताईन। कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट बोल्दै उनले माओवादीसित वार्ता गर्न नहुने अमेरिकी नीतिको बिरोध गर्दै भनिन्- इन्टरनेशनल क्राइसिस् ग्रुपको सुझावलाई मान्नु पर्छ। सम्युक्त राष्ट्र संघका महासचिव कोफी अन्नानको शान्तिका लागि माओवादी र सरकारबिच मध्यस्थता गरिदिने प्रस्तावलाई स्विकारगरिनु पर्छ । माओवादीहरुले आफुहरु शान्तिपूर्ण समाधानकालागि तयारभएको जुन बताएका छन् त्यसको परिक्षण गरिनुपर्छ।
ग्रामिण विकासबिज्ञ डा. कृष्ण अधिकारीले जमिनमाथिको स्वामित्व जातीय र लैगिक बिभेद कठिन ग्रामिण जिवन स्रोतहरुको अति दोहन स्रोतहरुमाथिको पहुच र राजाद्वारा गैरसम्बैधानिक रुपमा नियुक्त गरिएका प्रशासकहरुले नेपाललाई अपाङ्ग बनाएको बताए। एम्नेस्टी इन्टरनेशनल क्यानडाका पूर्वमहासचिव रोजर क्लाकले सोही कार्यक्रममा बोल्दै नेपाल बिश्वमै उच्च मानवाधिकार हनन हुने राष्ट्रमा परेको र एउटा असफल राष्ट्रतिर उन्मुख भएको बताए। नेपालमा प्रेस स्वतन्त्रताको तिब्र हनन भएकोमा पनि उनले राजाको शासनको आलोचना गरे। सन् १९९६ देखि यता नेपालमा १२ हजारभन्दा बढिको ज्यान गएको २० लाख भन्दाबढि विस्थापित भएको र गएको ६ हप्ताभित्रै एक हजार ५ सयलै पक्राउ गरिनुकासाथै ८ सय व्यक्ति हिरासतमै रहेको जानकारी दिए। सम्वद्ध समाचारको अङ्ग्रेजी भाषामा लेखिएको बिज्ञप्ति हेर्ने भए अट्याच्मेन्ट फाइलमा क्लिक गर्नुहोस।