Autocratic government attacks now on popular TV programmes

काठमाडौं, फागुन ११
एघार वर्षदेखि हास्य कलाकार सन्तोष पन्तद्धारा निर्मित र निर्देशिक कार्यक्रम हिजो आजको कुरा बन्द हुने भएको छ। टेलिभिजन सञ्चालक समितिका अनुसार उक्त कार्यक्रम लोकप्रिय नरहेको र टेलिभिजनको महत्वपूर्ण समय समेत खेर गएकोले उक्त कार्यक्रम बन्द गरिन लागेको हो। कलाकार पन्तले चाहिँ आफूले कार्यक्रम बन्द गर्न नचाहेको जनाउँदै आगामी सातादेखि कार्यक्रम संचालन गर्ने नगर्ने टेलिभिजन ब्यवस्थापनको निर्णयमा भर पर्ने जानकारी दिएका छन्। शुरु शुरुमा निकै नै सामाजिक विषय बस्तुहरुमाथि व्यंग प्रहार गरेर लोकप्रिय रहेको यो कार्यक्रमले अचेल राजाको सक्रिय शासनको समर्थन गरिरहेको आरोप लागिरहेको थियो। more »