Maoist urge a fresh coalition between democratic parties
आज आम जनतासँग यही प्रश्न तेर्साउदै नेकपा (माओवादी) का सात जनबर्गिय सङ्गठनहरुले राजतन्त्रलाई सधाका लागि मिल्काउन सात राजनीतिक दल र माओवादीकाबिच नया राजनीतिक ढङ्गले सहमति कायम गरि नया सम्युक्त मोर्चा बनाएर लड्नुपर्ने बताउदै त्यस्तो मोर्चा बनाउन आव्हान गरेका छन। अखिल नेपाल जनसांस्कृतिक संघ, केन्द्रीय समिति, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) केन्द्रीय समिति, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समिति, नेपाल ट्रेड युनियन महासंघ, केन्द्रीय समिति, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन केन्द्रीय समिति, अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिका तर्फबाट आज एक संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त आव्हान गरेका हुन । हेर्नुहोस प्रेस विज्ञप्ति जस्ताको तस्तै-
प्रेस विज्ञप्ति
यतिबेला देश र जनता दिगो शान्तिको लागि शान्तिविरोधी सामन्ती राजतन्त्र जसले विगत २३७ ववर्षदेखि देश र जनताको रगत र पसिना चुसेर स्वयं देश र जनताविरुद्ध अपराध गर्दैछ- को विरुद्ध अन्तिम विद्रोहको झण्डा उठाइसकेका छन् । हाम्रा सन्तानहरुले यो स्तरको आन्दोलन अब कहिल्यै संचालन गर्न नपरोस् भन्ने उद्देश्यका साथ अहिलेको पुस्ता अनिवार्य रुपमा राजतन्त्र विरुद्धको आन्दोलनमा सहभागी बन्नैपर्छ र भएको पनि यस्तै छ। नेपाली जनताले एक चक्की सिटामोल खान नपाएर ज्यान गुमाउन बाध्य भइरहेको बेला ६३ करोड रुपैया खुवाएर कथित राष्ट्र प्रमुखलाई हामीले किन पालिरहने - मूर्ती चोर्ने, कालो पदार्थको व्यापार गर्ने, सडकमा हिडेका संगीतकारदेखि ट्याक्सी ड्राइभरसम्मको हत्या गर्ने, आफ्नै दाजुको वंशनास गर्ने ज्ञानेन्द्र-पारस मण्डलीले हाम्रो आन्दोलनलाई आतंककारी र हामीलाई बाटो बिराएकाहरु भनेर जसरी एकोहोरो चिच्याइरहेको छ, हामी चुनौती दिन्छौं र भन्छौं - अक्षम्य अपराधको हिसाब किताब आन्दोलनबाटै चुक्ता गर्ने छौं। किनभने २१औ शताब्दीमा पनि सत्रौं शताब्दीको शासन लाद्ने तानाशाह जसले हाम्रा हजारौं सहयोद्धाहरुको रगत पिएको छ। कैयौंलाई बेपत्ता बनाएको छ। सयौंलाई बन्दी बनाएको छ। त्यसकारण हरेक नेपाली नागरिक राष्ट्रप्रमुख चुन्ने र चुनिन पाउने राजनीतिक अधिकार प्राप्तिको लागि यसको बाधक राजतन्त्रको चिहान अनिवार्य ख्नन्नैपर्छ। सामन्ती राजतन्त्रलाई चिहानमा नपुर्दासम्म न शान्ति प्राप्त हुन्छ न त संकटपूर्ण राजनीतिले नया“ निकास नै पाउ“छ र न प्राप्त राजनीतिक अधिकारको रक्षा नै हुन सक्छ ।
२३७ वर्षेखि सत्तामा बसेर रजाइ गरेको सेतो हात्तीलाई रछ्यानमा मिल्काउनका लागि लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु एकै ठाउ“मा उभिन अनिवार्य हुन्छ। जब एउटै नारा र एउटै कार्यक्रम बन्छ तब मात्रै संयुक्त तागत निर्माण हुन्छ। यही बुझाइका साथ ने.क.पा. (माओवादी) र सात संसदीय दलहरुबीचमा १२ बु“दे सहमति बन्यो। जसले जनतामा ठूलो उत्साह ल्यायो र देशैभरि जनसागर सडकमा देखियो । जनताको नया“ माग र अपेक्षा भनेको माओवादी र संसदीय दलबीचमा माथि उठेको अर्को नया“ सहमति होस्। राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व संयुक्त कार्यक्रममार्फ् होस् भन्ने छ तर जनताको अपेक्षाअनुरुप परिणाम आउन सकिरहेको छैन। हामी भन्छौं जनताको चाहनालाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन। यदि राजतन्त्र प्रजातन्त्रको बाधक भएको सबैको निष्कर्षहो भने किन विलम्ब भइरहेको छ अगाडि बढ्न - किन अनावश्यक शंका र अविश्वास व्यक्त गर्छन एक आपसमा हाम्रो पार्टी - यिनै प्रश्नहरुको जवाफ खोजिरहेका छौं। हामी नेताहरुलाई आग्रह गर्दछौं- खुट्टा दह्रोस“ग टेक्नुहोस्, तपाईहरुका साथ लाखौं जनताहरु आइसके। यदि कसैले संयुक्त तागत निर्माणबिना नै राजतन्त्रको अन्त्यको सपना देखेको छ भने र खाली १-२ वटा जुलुस र सभाले मात्रै राजतन्त्र भाग्छ भन्ने सोचिएको छ भने त्यो दिवासपना हुनेछ। त्यसकारण हामी आग्रह गर्दछौं, छिटोभन्दा छिटो माओवादी र संसदीय दलबीच अर्को नया“ समझदारी बनाउनका लागि लागिपरौं। पार्टीले छिटोभन्दा छिटो संयुक्त आन्दोलनको नेतृत्व गरुन, हामी हाम्रो सम्पूर्ण तागत त्यहीं केन्द्रित गर्नेछौं। साथै संसदीय दल निकट जबसहरुलाई पनि हामी आह्वान गर्दछौं, संयुक्त तागत निर्माणका लागि पार्टीमूखी मात्रै नबनी नया“ ढंगबाट सोचौं। आन्दोलनले गरेको मागलाई सम्मान गर्ने हिम्मत कसौं।
उपरोक्त सर्न्दर्भमा सामन्ती राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि ने.क.पा.(माओवादी), जनमुक्ति सेना नेपाल र संयुक्त क्रान्तिकारी जनपरिषद्द्वारा चैत्र २१ गतेदेखि अनिश्चितकालीन राजनैतिक हडतालसहितको २ महिने -फागुन-चैत्र) संघर्षको कार्यक्रम घोषणा भएको छ। हामी निम्नानुसारका संगठनहरुले घोषित सबै संघर्षका कार्यक्रमको जोडदार र्समर्थन गर्दै आफू मातहतका सबै संगठनहरुलाई उपरोक्त योजनामा सम्पूर्णरुपले केन्द्रित हुन विशेष निर्देशन गर्दछौं। साथै मजदुर, किसान, महिला, विद्यार्थी, शिक्षक, बुद्धिजीवी, सांस्कृतिककर्मी, पत्रकार एवं सम्पूर्ण तह र तप्काका जनसमुदायमा अपिल गर्दछौं, नया“ नेपाल निर्माणको यो ऐतिहासिक घडीमा व्यक्तिगत कामलाई थाती राख्दै आ-आफ्ना पेशाका औजार लिएर सडकमा निस्कौं। एकीकृत तागत निर्माण गरौं। सामन्ती राजतन्त्रलाई सधैंका लागि चिहानमा पुरौं।अनि मात्र देशले गणतन्त्रको का“चुली फेर्ने छ ।
११ फागुन २०६२
१. मणि थापा, अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ, केन्द्रीय समिति ।
२. शिवराज गौतम, अध्यक्ष, अखिल नेपाल किसान संघ -क्रान्तिकारी) केन्द्रीय समिति ।
३. जयपुरी र्घर्ती, अध्यक्ष, अखिल नेपाल महिला संघ -क्रान्तिकारी) केन्द्रीय समिति ।
४. शालिकराम जमकट्टेल, अध्यक्ष, अखिल नेापल टे्रड युनियन महासंघ, केन्द्रीय समिति ।
५. कोमलनाथ बराल, अध्यक्ष, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन केन्द्रीय समिति ।
६. गुणराज लोहनी, अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति ।
७. लेखनाथ न्यौपाने, अध्यक्ष, अनेरास्ववियु -क्रान्तिकारी) केन्द्रीय समिति ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
जनतालाई सिटामोल छैन ६६ करोड खर्च गरेर राजा किन पाल्ने ?
Comments
No comments found.
Trackbacks
TrackBack URL: |
This Month
Month Archive
|
||||||