काठमाडौं, फागुन १२
शेर बहादूर देउवा अकस्मात जेल जिवनबाट बाहिर आएपछि र अमेरिकी राजदूतले आन्दोलनमाथि पानी खन्याएपछि नेपालको राजनीतिले एकाएक कोल्टे फेर्ने स्थिति आएको छ। आउदो संसदिय चुनावमा सबै पार्टीहरुले भाग नलिएपनि कम्तिमा नेपाली कांग्रेस लगायत राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई भाग लिन लगाउन राजाले ठूलो कसरत गरिरहेका छन्। राजधानीबाट आज प्रकाशित खोजतलास दैनिकले यसैको पुष्टि गर्दै लेखेको छ-
अन्ततः नयाँ वर्षँ सगै माघ १९ को कदम आंशिक सच्चिने सम्भावना देखिएको छ। अमेरिकाको बाध्यकारी सुझावमा राजा मन्त्रिपरिषद्को अध्यक्षता त्याग्न तयार भएको विश्वस्त स्रोतले खोजतलासलाई बताएको छ। यसअघि तीन साताका लागि मन्त्रिपरिषद् बैठक नबस्ने भन्दै राजारानी पोखरा गएकोमा विशेष राजनीतिक परिस्थितिका कारण अकस्मात् राजधानी आई हिजो राजाले मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न गरेका छन्। हिजोको मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरूले अमेरिकी राजदूतको प्रशंसा गरेको र सोहीअनुसार अघिबढ्न सहज हुने सुझाव राजालाई दिइएको छ। स्रोतका अनुसार दरबार अब मन्त्रिपरिषद्रको अध्यक्षता त्यागेर प्रधानमन्त्रीय अन्तरिम सरकार बनाउन तयार भएको छ। आगामी नयाँ वर्ष वैशाख १ गतेको शुभकामना सन्देशमा राजाले सो घोषणा गर्ने सम्भावना रहेको समेत स्रोतले बताएको छ। वैशाख १ गते गठन हुने नयाँ सरकारमा प्रधानमन्त्री बन्न दरबारियाहरूले कृष्णप्रसाद भट्टर्राई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, र्सूयबहादुर थापा, पशुपतिशमशेर जबराहरूलाई प्रस्ताव गरिसकेको बुझिएको छ। उक्त सरकार पनि धारा १२७ अर्न्तर्गत हुने भएकाले सहभागी नहुने जवाफ शेरबहादुरले पठाइसकेको बुझिएको छ भने दुइ कांग्रेस एकता भए भट्टर्राई प्रधानमन्त्री बन्न इच्छुक रहेको बुझिएको छ। बाकी समाचार जस्ताको तस्तैकालागि एट्याच्मेन्ट फाइल हेर्नुहोस।