विजय कुवंर
'Comrades' you are being too cruel
Bijaya Kunwar
टिप्पणी
विगत दुइ दिनमा पोखरामा भएका श्रृंखलाबद्ध बम विस्फोटनले माओवादीहरुको छवी झन झन उग्र बन्ने दिशातिर बढिरहेको छ। माओवादी र दलहरुविच भएको सहमती पश्चात यस्ता बम विस्फोटका घटनाहरु बारंबार भइरहनुले नेपाली जनतालाई भन्दा नेपाली आन्दोलनका विरुद्ध रहेका बाह्य तथा भित्री शक्तिहरुलाई नै बढी फाइदा पुग्छ । एक त सर्वसाधारण नागरिक हिड्ने बाटोमा बम विस्फोट गरिनु कुनैपनि यूद्धको नियम भित्र पर्दैन। यूद्ध संचालन हुनु भएको दूइ शत्रुहरुविच मात्र हो र यसमा सर्वसाधारण नागरिक कुनैपनि हालतमा पारिनुहुन्न भन्ने तथ्य जेनेभा सन्धिले स्पष्ट गरेको विषय हो । माओवादीहरुले पनि जेनेभा सन्धिको पालना गर्छु भनेर बारंवार भनेपनि व्यवहारमा भने दैनिक जसो चुक्नुलाई किमार्थ क्षम्य मान्न सकिन्न।
यतिवेला नेपाली आन्दोलनमा शंका र उपशंकाका बादलहरु मडारिरहेका छन्। आन्दोलन तुहाउन या ४६ कै अवस्थामा फर्कन माओवादीको जन्मजात विरोधी अमेरिकी सरकार र दरवारियाहरु दत्तचित्त भएर लागिपरेका छन् । अमेरिकी राजदूत जेम्स मोरियार्टीले त माओवादीको हौवा फिजाएर दलहरुविच कायम भएको १२ बूदे सहमती दू्र्भाग्यपूर्ण भनिसकेका छन्। यसैगरि नेपाली कांग्रेसले माओवादीले अझैपनि जवरजस्त चन्दा असुली, अपहरण र आतंककारी क्रियाकलाप जारी राखेको भन्दै केन्द्रिय समितीको बैठकबाटै निन्दा गरेको छ। प्रजातान्त्रीक कांग्रेसक सभापती देउवाले त झन् १२ बूदे सहमतीप्रति गंभिर असहमती रहेको भन्ने प्रतिक्रिया दिएका छन्। यसकारण माओवादीसंग भएका समझदारी प्रति दिनानुदिन शंका र उपशंकाहरु बढ्दै गएको अवस्थामा माओवादीका यस्ता कार्यहरुले समझदारी भंग हुने बाटो खुला गर्छ।
उता हतियार विहीन सात राजनीतिक दलहरु जसले शान्तिपूर्ण आन्दोलनको वकालत गरिरहेका छन् उनीहरुलाई थप दमन गर्ने बाटोपनि यस्ता क्रियकलापले खुला गर्छन्। नेकपा माओवादीसंग सहमतीको वकालत गर्दै संविधानसभाको माग गर्ने नेता तथा कार्यकर्ता र नागरिक समाजका अग्रणी व्यक्तित्वहरुलाई सरकारले अझैपनि थुनामा राखिराखेको छ। संविधानसभाको खुला वकालत गर्नेहरुपनि लुकेर हिड्न पर्ने अवस्था आएको छ। यसले गर्दा आन्दोलनले दिन दिन उचाइलिनुको साटो घटिरहेको महसुस भैरहेकोपनि छ। सात राजनीतिक पार्टीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्नेबाटो सहज पार्ने तर्फ माओवादीको ध्यान जानैपर्छ ।
हत्या हिसाका क्रियाकलाप बढ्दै जादा नागरिकहरु स्वयंमलेपनि माओवादीहरु १२ बूदे सहमती तोड्न उद्धत रहेको ठान्नेछन्। शसस्त्र आन्दोलनको वकालत गर्ने तर बम विस्फोट र हत्या हिसाका घटना हतियारविहीन नागरिकहरुमाथि थोपर्ने प्रबृतिले शान्ति प्रतिको माओवादी निष्ठालाई सावित गर्न सक्दैन। जनताको चाहना भनेको सात दल र माओवादी गठबन्धन कायम राखेर निरंकुशतालाई पराजित गर्ने हो। यसको उदाहरण सात दल र माओवादीविच कायम भएको १२ बूदे सहमती पश्चात आन्दोलनमा मानिसहरुको बढ्दो सहभागिताले पुष्टि गर्छ। त्यसैले माओवादीका यस्ता क्रियाकलापले सहमती भंग भयोभने यसको जवाफदेहिता माओवादीलेपनि बहन गर्नुपर्छ। होइन भने शसस्त्र आन्दोलनलाई हतियारधारीहरुविच मात्र सिमीत राखिनुपर्छ। यसको निशाना हतियारविहिन नागरिकहरुमाथि पारिनु कुनैपनि हालतमा पारिनुहुन्न्। त्यसैले पोखरा लगायतका अन्य ठाउमा भएका यस्ता घटनाहरुप्रति माओवादीहरुले माफी माग्दै दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादीहरु हो अति भो
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||