Palace distributes Tiger and leopard skins illigally
केपी ढुंगाना
काठमाडौं/फागुन १५
बाघ र चितुवाको छाला वितरण गर्न दूर्लभ वन्यजन्तु र वनस्पतिको व्यापार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी (साइटिस) ले निषेध गरेको छ। विगतमाझै यस पटक पनि दरबारको प्रत्यक्ष संलग्नतामा शिवरात्री मेलामा सहभागी हुन आएका सन्तलाई उपहारको नाममा बाघ र चितुवाको छाला वितरण गरिँदैछ।प्रतिष्ठित सन्तलाई दरबारले प्रत्येक वर्षउपहारको नाममा चिताम्बर र बाघाम्भर वितरण गर्दै आएको थियो। दरबारले यस वर्षा बाघाम्बर र चिताम्बर वितरणका लागि चार जना सन्तको छनोट गरेको सूत्रले जनाएको छ ।
मंगलवार गुठी संस्थानले विदाई कार्यक्रमको आयोजना गरी ती सन्तलाई बाघाम्भर र चिताम्बर वितरण गर्ने कार्यक्रम बनाएको छ । गत वर्षपाँच जना सन्तलाई बाघाम्बर र चिताम्बर वितरण गरिएको थियो।साइटिस कानुनका जानकार तथा वाइल्ड वाच ग्रुपका अध्यक्ष मंगलमान श्रेष्ठ दूर्लभ वन्यजतुको अखोटपहार (अंग) उपहार दिने कार्य साइटिस महासन्धीको उल्लंघन हुने ठान्नुहुन्छ । महासन्धीको प्रावधान अनुसार महासन्धीको सूचीमा सुचिकृत वन्यजन्तुको वैज्ञानिक परिक्षणका लागि बाहेक अन्य कुनै पनि कार्यको ओसार-पसार, प्रयोग तथा उपहार दिन पाइदैन्। वन्यजन्तुको अखोटापहार प्रयोगकर्ताका सौखिन रहेकोमा उहाँले आपत्ति ब्यक्त गर्नुभयो ।
शिवरात्रीबाहेक १२ वर्षा लाग्ने खड्ग जात्रामा समेत दरबवारले चिताम्बर दिने गरेको छ। 'अक्षरस महासन्धिको पालना गर्ने हो यो उलंघन हो' उहाँले भन्नुभयो। उहाँले दरबार पुरानै संस्कारमा अडिएकोमा आर्श्चर्य मान्नुभयो। मन्त्रिपरिषद्को सपथ ग्रहण तथा दरबारको अन्य विशिष्ट समारोहमा बाघको छालामाथि टेकेर समारोह गर्ने गरिएकोमा पनि उहाँले आपत्ति जनाउनुभयो। श्रेष्ठले भन्नुभयो-यदि साइटिस कानुनको पूर्ण पालना गर्ने हो भने सो कार्य तत्काल रोक्नुपर्छ।'नेपालले इस्वी सम्बत १९७५ मा साइटिस महासन्धीमा हस्ताक्षर गरेको थियो। महासन्धीमा नेपालमा रहेका चितुवाका चार प्रजातिमध्ये थोप्ले चितुवा र बाघलाई दूर्लभ वन्यजन्तुको सूचीमा राखेको छ। सन्तलाई वितरण गरिने अखोटोपहार दरबारले उपलब्ध गराउँदै आएको छ। संस्थानका एक अधिकारीका अनुसार, संस्थानका अध्यक्षको संयोजकत्वमा गठित समितिले मेलामा सहभागी रहेका सन्तहरुमध्ये उपहार दिने सन्तको चयन गरेपछि दरबारले बाघाम्बर र चिताम्बर उपलब्ध गराउने गरेको छ। दरबारलाई वन्यजन्तुका अखोटापहार कहाँबाट उपलब्ध हुन्छ, हालसम्म कतैबाट खुल्न आएको छैन ।
गुठी संस्थानको पशुपतीमा रहेको कार्यालयका प्रमुख तुल्सी पोखरेल ती चितुवा र बाघको छाला दरबारबाट सिधा वितरणका लागि आउने गरेको बताउनुहुन्छ। सो छाला कहाँवाट आउँछ भन्ने आफुलाई थाहा नभएको जानकारी दिँदै स्वतन्त्र समाचार सेवासँग पोखरेलले भन्नुभयो-'अब दरबारले पठाउने कुरा कहाँबाट आयो भनेर सोध्ने कुरा पनि त भएन नी।' दरबारले मेलामा सहभागी अघोरी, बैरागी, सन्यासी सम्प्रदायका प्रतिष्ठित सन्तहरुलाई बाघम्बर र चिताम्बर उपहार दिने गरेको छ। यस वर्षो मेलामा नागा सम्प्रदायका पशुपति बाबा, शिवगिरी बाबा, अघोरी सम्प्रदायका त्यागिनाथ, गोरखनाथ बालकनाथ योगी र गंगा माता सहभागी रहेकाले बाघम्भर र चिताम्बर उनीहरुलेनै पाउने छन। स्वससे
|
|
||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
दरबारद्वारा कानून विपरित बाघ र चितुवाको छाला वितरण
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||