View Article  मानव अधिकार र त्यसप्रतिको प्रतिवद्धता
Commitment of Human Rights situation in Nepal

Basu Devkota


बासु देवकोटा

विचार /विवेचना
सन् १९९६ फ्रेवु्रअरी देखि नेकपा माओवादीले सशस्त्र युद्धको संचालन गरेपछि नेपालमा मानव अधिकारको उल्लंघन राज्यबाट व्यापक मात्रामा भएको छ भने विद्रोही पक्षबाट पनि मानव अधिकारमाथि ज्यादती भएको छ । ( विद्रोही पक्षले गरेको मानव अधिकार उल्लंघन लाई ज्यादति भनिन्छ।) राज्यबाट झण्डै एघार हजार नागरिकको हत्या, विद्रोही पक्षबाट शाही नेपाली सेना र नेपाल प्रहरी समेत गरि झण्डै तीन हजारको हत्या भएको छ भने राज्यबाट करिव पन्ध्र सय र विद्रोही पक्षले करिव एकसय पचहत्तर जना नागरिक वेपत्ता पारेका छन्। झण्डै दुइलाख मानिसहरु आफ्नो किलो थलोबाट विस्थापित भएका छन्। त्यस्तै सयौं महिलाहरु बलात्कारको शिकार भएका छन् भने विद्यालय गाउ वस्तीमा हेलिकोप्टरबाट बम खसाल्दा सयौं निर्दोष नागरिकहरुको ज्यान गएको छ, कैयौंको अंगभंग भएका छ भने सयौं घरबार विहिन हुन पुगेका छन्। बारुदी सुरुङ्गको प्रयोगबाट सयौं बालबालिका र निर्दोष नागरिकहरु समेत पीडित हुदै आएका छन्। यी माथिका तथ्याङ्कले नेपालको मानव अधिकारको स्थिति कस्तो छ भन्ने प्रष्ट हुन्छ।

विद्रोहीबाट मानव अधिकारको ज्यादति भएको छ र त्यसको विरुद्ध नागरिक समाज, अन्तराष्ट्रिय मानव अधिकार संस्था, राजनीतिक पार्टीहरुबाट विद्रोही पक्ष आलोचित हुंदै आएको छ र कतिपय घटनाहरुमा सार्वजनिक रुपमा विद्रोही पक्षबाट आत्मालोचना समेत गरेको पाइन्छ। तर राज्यले अन्तराष्ट्रिय रुपमा मानव अधिकार घोषणापत्र १९४८, राजनीतिक तथा नागरिक अधिकार आर्थिक सामाजिक, सांस्कृतिक अधिकार महिला विरुद्ध हुने  सबै प्रकारका भेदभाव, बालबालिका सम्बन्धी, जातिय विभेद सम्बन्धी लगायत १६ वटा भन्दा बढी मानव अधिकार सन्धि तथा अभिसन्धिलाई अनुमोदन गरेको छ। त्यस्तै तत्कालिन प्रधानमन्त्री सूर्य बहादुर थापाले पच्चिस बुंदे मानव अधिकार सम्बन्धी प्रतिवद्धता समेत जाहेर गरेका थिए।   more »
View Article  इतिहास निर्माणमा पाटन
Will Patan keep its history of 1990 movement again?


जनआन्दोलनको स्मरण गर्दै एमालेका नेता केपि ओली, जनमोर्चाका लिलामणि पोखरेल लगायतका नेताहरुले पाटनको पुरानो इतिहास दोहोर्‍याउन आजै शुक्रवार २०६२ सालको जनआन्दोलन शुरु भएको उद्घोष त गरे, तर निरंकुश सरकार जसरी पनि चैत २४ को आन्दोलन तुहाउन सक्रिय रहेको समयमा के त्यो इतिहास फेरी देहोरिएला त ?

२०४६ सालमा पाटनले इतिहास नै कायम गरेको थियो । नेपालको अन्य भू-भागमा चैत २४ गते प्रजातन्त्र आएपनि उपत्यकाको नेवार समुदायको वाहुल्यता रहेको पाटनमा ६ दिन अघि नै अर्थात चैत १८ गते नै प्रजातन्त्र आइसकेको थियो । तत्कालिन निरंकुश पंचायती शासकद्धारा पोषित प्रहरीले अन्धाधुन्द चलाएको गोलीबाट पाटनका करिव आधा दर्जन युवाहरु शहिद बनेपछि पाटनबासीले स्वस्फूर्तरुपमा पाटनलाई पंचायती शासकको पञ्जाबाट मुक्त गरेर मुक्ति क्षेत्र घोषणा गरेका थिए ।    more »

View Article  कालो दिनमा हामी


कविता

९ माघ' कालो दिनमा, वसन्तपुर गयौँ
निरंकुशताको विरोध गर्दै, गिरफ्तारी दियौँ ।
पत्रकार-मानवाधिकार, सातै दलका हामी
घिसारियौँ-पछारियौँ, पुलिसको बुट मुनि ।।

सेनाहरु ठिक्क थिए, गोली चलाउन
चारैतिर घेरा हाले, हामीलाई दबाउन ।
लोकतन्त्रको विगूल फुक्दै, गिरफ्तारीमा पर्र्यौँ
कालो दिनको विरोध गर्दै, जेल पनि भर्‍यौँ।।

राजा भन्छन् शान्ति भा'छ, पाल्पा जलेको छ
नेपालीको घरघरमा, शोक परेको छ ।
लोकतन्त्र ल्याउन हामी, सधैँ लागिपर्र्छौँ
बन्दीघरका चिसा कोठा, हामी सबै भर्र्छौँ ।।

नन्दकृष्ण जोशी
महिला विकास प्रशिक्षण केन्द्र,
ललितपुर २० माघ २०६२, विहीबार

जोशी नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यकर्ता हुन्।

View Article  पेरिस प्रदर्शनको भिडीयो ब्लग

Our first Video Blog

हामीले पहिलो पटक आज भिडीयो ब्लग राखेका छौं। यो भिडीयो  हामीलाई दीपेश बिडारी र विनोद खकुरेलको सहयोगमा प्राप्त भएको हो । उहाहरुलाई सधन्यवाद दिन चाहन्छौं। यसमा पूरा कार्यक्रम अटेको छैन। उहाहरुका अनुसार यो भिडीयो अनलाईनमा राख्ने हिसावले तयार पारिएको थिइएन। खाली मनोरन्जन र तस्विर खिच्ने प्रायोजनले खिचिएको स साना भिडीयो क्लिपहरु तयार पारेर यसलाई बनाइएको हो।  तपाइले भिडीयो हेर्न यहा क्लिक  गर्नुभएहुन्छ।

View Article  ईटलीका बन्दुक खुसुक्क नेपालमा
Italian made Beretta arms reach to Nepal?
Dadiram Sapkota, Paris
(breaking report)


नेपाली सेनासंग भएको बेरता बन्दुक दाहिनेबाट तेस्रोमा सेतो गोलो भएको । यो बेरता सरकारी सेनाका हातमा पुगेको कुरा अत्यन्त गोप्य राखिएको छ।

ददिराम सापकोटा, पेरिस
(बिशेष रिपोर्ट)
भारत अमेरिका र बेलायतले राजाको निरंकुश सरकारलाई यतिबेला सैनिक र हातहतियार सहयोग रोक्का गरेका छन् । तर यतिखेरै इटालीमा निर्मित केहि हातहतियारहरु नेपाली सेनाको हातमा देखिएको तथ्य फेला परेको छ। इटालीबाट साप्ताहिक रुपमा प्रकाशित हुने लेस्प्रेस्सो पत्रिकाको फ्रेवुअरी २३ अंकमा बेरता कनेक्सन भन्ने शिर्षमा इटलीमा निर्मीत बेरता बन्दुकहरु मध्यपूर्व र एसियामा बिकृ गरिने गरेको उल्लेख छ। आलेखमा स्पष्ट ढंगले यि बन्दुक नेपाल पुगेको उल्लेख नभएपनि ब्रि्रोहीहरुको हातमा पुगेको भनि लेखिएको छ। इटलीका यि बन्दुकहरु नेपाल पुगेको कुरा फ्रान्सबाट निस्कने यूरोपको प्रसिद्   more »
View Article  उठे जापानका नेपाली पनि निरङ्कुशतालाइ पछार्न
Nepalis in Japan prepare to protest Nepal King's autocratic rule
जापान, चैत १६
जापानमा बसोबास गरिरहेका केहि नेपालीहरु मिलेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने उदेश्य राखि विरोध प्रदर्शनको तयारि भइरहेको खवर प्राप्त भइरहेको छ। तर उक्त विरोध कार्यक्रम कुन दिन हुने भन्ने कुरा अहिले सम्म गोप्य राखिएको जनाउदै हाम्रा सहयोगीले थपे निश्चयनै जापानमापनि यस्तो कार्यक्रम हुनेछ। त्यसकालागि हामीहरुले नेपालीहरुबिच संपर्क बढाउने काम गरिरहेका छौं। पहिला देखिनै विरोध कार्यक्रम गर्ने भन्दा भन्दै त्यहा केहि महिना पहिला युवाराज पारस दम्पतीको सवारी भएको र मै हु भन्ने नेपालीहरु पारसका पाउमा पर्न गएका कारण धेरैपछि मात्र शान्ति तथा लोकतान्त्रिक मन्च गठन भएको जनाइएको छ। नेपाली आन्दोलनलाई सहयोग गर्ने भन्दै अहिले जापानबाटपनि लोकतन्त्र व्लग स्पोट भन्ने व्लगपनि संचालन गरिएको छ।


View Article  उनी को थिइन मैले चिनिन
Photo feature of Paris Protest
Text and photos by Anuradha Poudel

तस्विर र आलेख सबै अनुराधा पौडेल



पारसको भ्रमण अर्थहिन । एक साता भन्दा बढी कर्मचारीलाई दिन ठीक्क पारेको ६ करोड रुपैया बोकेर झन्डै आधा महिना मुलुकबाहिर बिताउने पारसको भ्रमण के उदेश्यले महत्वपूर्ण भयो ? थप तस्विरहरु यहा क्लिग गरेरपनि हेर्न सक्नुहुन्छ भने यहा नभएका तस्विरहरु भित्र हेर्न सक्नुहुन्छ।


पेरिस चैत १६
पेरिसमा पारस विरुद्ध प्रदर्शन भएकोपनि तीन दिन वितिसकेछ। व्लगमा हुन्छ नि तस्विरहरु राख्दै गरौला भन्दा भन्दै फुर्सद नमिलेर मैले आज ढीलो गरि केही तस्विरहरु राखेको छु।  बरु अरु मिडीयाका साथिहरुले पाएजति समाचार र तस्विरहरु दिइसक्नुभो जसले गर्दा अव बाकी के नै रह्यो र जस्तो लाग्यो । तर फेरि क्यामेरा हेर्दै जादा केहि नया तस्विरहरु फेला पारेकोले आज प्रकाशित गरेको छु। बाकी तस्विरहरु भित्र    more »
View Article  कालो झन्डा देखाउदाका दृष्यहरु
आलेख र तस्विरहरु अनुराधा पौडेल
Text and photos by Anuradha Poudel



हाम्रा राजाबाट भाषण गर्दा सधै पशुपतिनाथले रक्षा गरुन् भन्ने बाक्य प्रयोग गरिन्छ। पशुपतिनाथको अर्थ पशुकापति। त्यसैले हिजोपनि राजाको उक्त बाक्यलाई शिरोधार्य गर्दै पशुकापति बनाइयो । पशुकापतिले नै राजा र राजपरिवारका सदस्यको रक्षा गर्छन् र पशुपतीलाई राजपरिवारले खुव माया गर्छ भन्ने कुरा त राजा रानी नै पशुपतिनाथका हर्ताकर्ता भएबाट पुष्टि हुन्छ।

पेरिस, चैत १४
गत माघ १९ गते नेपालको निरंकुश राजसत्ताका बिरुद्ध संसारभर प्रदर्शन हुदा पेरिसमा हुन सकेन । त्यसको अर्थ पेरिसका नेपालीहरुले राजाको शासनलाई मन पराएर हो भन्ने होइन । बास्तवमा यहाका नेपालीहरु झन विद्रोही रहेछन् र निरकुश सत्ताका बिरुद्ध तिब्र आक्रोश पोख्दा रहेछन् भन्ने कुरा हिजोको प्रदर्शनले देखायो। बाकी तस्विरहरु भित्र हेर्नुहोस   more »
View Article  पेरिसका नेपालीहरुले पारसलाई कालो झन्डा देखाए
Nepal Prince enjoys black flag welcome in Paris



 पेरिस चैत १३
फ्रान्सको राजधानी पेरिसमा आज नेपालीहरुले उत्साह पूर्वक पारसलाई कालो झन्डा देखाउने काम सम्पन्न गरेका छन्। पारसलाई कालो झन्डा देखाउन आज बेल्जियम र जर्मनीबाट समेत नेपालीहरु आइपुगेका थिए।
प्रदर्शनकाबेला झरीले चुट्ने भो भनि गरिएको पूर्वअनुमान विपरीत आजको मौसमले समेत नेपालीहरुलाई साथ दियो। सोचेको संख्यामा भन्दा बढी नेपालीहरु कार्यक्रममा भाग लिन आएपछि त्यहाको रौनक आज रत्नपार्कको भन्दा कम थिएन। समाचार र तस्विरहरु बिस्तृत रुपमा भोली  बिहान  हेर्न सकिनेछ।   more »
View Article  पारसलाई कालो झन्डा देखाउने तयारी पुरा
No autocract in the democratic country



पेरिस, चैत १२
अष्ट्रियाबाट आज मात्र पेरिस आइपुगेका यूवराज पारसलाई पेरिसबासी नेपालीहरुले कालो झन्डा देखाउने कामको पूर्ण तयारी पूरा भएको छ । कालो झन्डा देखाउने अन्तिम तयारी स्वरुप आज कालो झन्डा तयार पार्ने, कार्टुन चित्रहरु बनाउने ,व्यानर तथा पोष्टरहरु तयार पार्ने र नाराहरु लेख्ने काम पूरा भएको छ।
व्यानरहरु र पोष्टर पाम्पलेटहरु तयार पार्न आज यहाका केहि नेपालीहरुको उत्साहपूर्वक सहयोग रह्यो। फ्रान्समा सप्ताहन्तमा मात्र धेरै नेपालीहरुलाई फूर्सद  हुनेभएकोले सबै तयारी आज गर्नुपरेको हो।  नेपाल बारे तहल्कापूर्ण रिपोर्टिग गरिहने एक फ्रान्सेली पत्रकार भिन्सेन्ट प्राडो पोष्टर पाम्पेलिटग तयार पारेको दृष्य कैद गर्न आज नेपालीहरुसंग तिन घन्टा समय विताए । भोलीको प्रदर्शनमा उनी सहित यहाका केहि पत्रकारहरुसमेतले भाग लिनेछन्।
फ्रान्समा नेपाली प्रजातान्त्रिक ‌आन्दोलनको समर्थनमा निस्केको यो पहिलो जुलुश हो । फ्रेबुअरी एकमा संसारभर राजाको शासनको विरोध भएपनि फ्रान्समा यसको विरोध हुन सकेको थिएन ।  राजाको शासनको भित्र भित्र विरोध भइरहेपनि अन्तत एउटा मन्च गठन भएपछि धेरै नेपालीहरुलाई यसमार्फत विरोध जनाउन सजिलो परेको छ।
फ्रान्सको राजधानी पेरिसमा जम्मा जम्मी पाचशय नेपालीहरु बसेको अनुमान गरिन्छ । तर यि मध्ये जम्मा तिनशय नेपालीहरुमात्र संपर्कमा रहेका कारण धेरै नेपालीहरुलाई चाहेरपनि संपर्क गर्न नसक्ने अवस्था आइपरेको छ। र संपर्कमा रहेका नेपालीहरुलाईपनि दूतावासले कतिपय अवस्थामा प्रलोभन बांडेर र कतिपय अवस्थामा धम्काएर सकेसम्म विरोध कार्यक्रममा सहभागी नवन्न कोशिष गरिरहेको छ।
दूतावासको नजिक रहेका तर यहा बस्ने अनुमती नमिलीसकेका नेपालीहरुलाई दूतावासले त्यहा गइस भने तेरो पोल खोल्दिन्छु भन्दै धम्की दिएको कारण केहि नेपालीहरु भोलीको प्रदर्शनीमा सहभागी हुन नसक्ने अवस्था रहेको छ। तर ठीक यसको उल्टो नेपाल प्रेमी फ्रान्सेलीहरुको भोली उल्लेख्य सहभागिता रहेने भएको छ भने जर्मनी र बेल्जियमबाट समेत केहि नेपालीहरु यो कार्यक्रममा भाग लिन आउनेछ्न।
उता भोली सांझ युनेस्कोको केन्द्रिय कार्यालय भवनमा यूवराजलाई डिनर दिने कार्यक्रम राखिएको छ। केही नेपालीहरुको गोजी र राजदूतावासको कोषबाट खर्च व्यहोर्ने गरी दिन लागिएको उक्त भोज  कार्यक्रममा सहभागी बन्न केहि भारतीय  पाकिस्तानी  भुटानी  र अन्य मुलुकका नागरिकहरुलाई आमन्त्रण गरिएको छ। आज चलेको काइकुइ अनुसार यूवराजको उक्त भोज विरोधका कारण बन्द गरिने भन्ने हल्ला चलाइएको छ । तर भोली मात्रै के हुनेछ भन्ने थाह हुनेछ किनभने दुतावासले यूवराजको भ्रमण सम्वन्धि सारा कार्यक्रम अत्यन्त गोप्य राखेको छ।



This Month
March 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30 31
Year Archive