Who are the betrayers in the maoists' party?
काठमाण्डौ, चैत्र १
सामन्तीतन्त्रका विरुद्ध पार्टीद्वारा घोषित नाकावन्दीको पूर्वसन्ध्यामा पार्टीनीति र नेतृत्वका विरुद्ध र्सार्वजनिक विषवमन गरेर रवीन्द्र र अनुकुलले वस्तुतः आफैलाई पार्टी क्रान्तिबाट अलग्याएर निरंकुश ज्ञानेन्द्र शाहीका पृष्ठपोषकका रुपमा उभ्याएको आरोप लगाउदै आफ्नो पार्टीका केन्दृय नेताहरु रबिन्द्र श्रेस्ठ र अनुकुल (मणि थापा) लाइ निस्काशन गरिएको माओवादी अध्यक्ष प्रचण्डले आज आज एक बक्तव्य प्रकशित गर्दै जनाउनुभएको छ। बक्तव्यमा प्रचण्डले भन्नु भएको छ--आफ्ना नियोजित अराजक र अराजनैतिक क्रियाकलापका कारण केही दिन पहिले मात्र केन्द्रीय समितिबाट निलम्बन गरिएका रवीन्द्र र अनुकुललाई पूर्ण पतन हुनबाट बचाउने अन्तिम प्रयासका रुपमा पार्टीले जनवादी केन्द्रीयताको मान्यता अनुसार आफ्ना असन्तुष्टिहरू अनुशासित ढंगले केन्द्रमा प्रस्तुत गर्न निर्देशित गरेको थियो । तर, पार्टी क्रान्तिबाट भाग्ने मनस्थितिमा पुगिसकेका उनीहरूले पार्टीमा विचार प्रस्तुत गरी निकट भविष्यमा योजनावद्ध रुपमा अगाडि बढाउन निश्चित भएको महान् बहसको सामना गर्ने आट नभएर नै आज क्रान्तिका विरुद्ध प्रतिक्रान्तिको सेवा गर्ने भगौडा र गद्दारीको परिचय दिन पुगेका छन् । अतः पार्टी केन्द्रीय कार्यालयले रवीन्द्र र अनुकुललाई क्रान्तिका भगौडा, निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टी निस्काशनको निर्णय गरेको छ । बाकी जस्ताको तस्तै हेर्नुहोस् प्रचण्डको बक्तब्य -
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
communist party of Nepal (Maoist)
केन्द्रीय समिति
central committee
प्रेस वक्तव्य
हिजो फाल्गुण २९, २०६२ का मितिमा रवीन्द्र र अनुकुलका नामबाट प्रचार गरिएको कथित बहसको अपीलप्रति पार्टीेन्द्रको धारणा र निर्णय स्पष्ठ गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
१) हाम्रो गौरवशाली पार्टी आज बा≈य रुपमा विश्व साम्राज्यवादको नाइकेका विरुद्ध तथा आन्तरिक रुपमा सामन्ती निरंकुशतन्त्रका विरुद्ध निर्मम र निर्णायक सङ्घर्षको नेतृत्व गरिरहेको छ। सामन्तीतन्त्रका विरुद्ध पार्टीरा घोषित नाकावन्दीको पूर्व सन्ध्यामा पार्टी नीति र नेतृत्वका विरुद्ध र्सार्वजनिक विषवमन गरेर रवीन्द्र र अनुकुलले वस्तुतः आफैलाई पार्टी क्रान्तिबाट अलग्याएर निरंकुश ज्ञानेन्द्र शाहीका पृष्ठपोषकका रुपमा उभ्याएका छन्। आफ्ना नियोजित अराजक र अराजनैतिक क्रियाकलापका कारण केही दिन पहिले मात्र केन्द्रीय समितिबाट निलम्बन गरिएका रवीन्द्र र अनुकुललाई पूर्ण पतन हुनबाट बचाउने अन्तिम प्रयासका रुपमा पार्टी जनवादी केन्द्रीयताको मान्यता अनुसार आफ्ना असन्तुष्टिहरू अनुशासित ढंगले केन्द्रमा प्रस्तुत गर्न निर्देशित गरेको थियो। तर, पार्टी क्रान्तिबाट भाग्ने मनस्थितिमा पुगिसकेका उनीहरूले पार्टीमा विचार प्रस्तुत गरी निकट भविष्यमा योजनावद्ध रुपमा अगाडि बढाउन निश्चित भएको महान् बहसको सामना गर्ने आ“ट नभएर नै आज क्रान्तिका विरुद्ध प्रतिक्रान्तिको सेवा गर्ने भगौडा र गद्दारीको परिचय दिन पुगेका छन् । अतः पार्टी केन्द्रीय कार्यालयले रवीन्द्र र अनुकुललाई क्रान्तिका भगौडा, निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टीबाट निस्काशनको निर्णय गरेको छ ।
२) रवीन्द्र र अनुकुलले कथित अपील मार्फ् नेतृत्वका विरुद्ध गरेका निकृष्ट गालीगलौजलाई पार्टीले पूर्ण रुपमा खारेज गर्दछ र उनीहरूको यसप्रकारको प्रचारबाजीलाई प्रतिक्रान्तिकारी क्रियाकलापका रुपमा घृणा र भर्त्सना गर्दछ। कथित अपीलमा आफ्नो प्रतिक्रान्तिकारी भगौडा चरित्रमाथि पर्दा हाल्ने मिथ्या प्रयासका रुपमा अत्यन्त यान्त्रिक, भद्दा र विकृत ढंगले उठाइएका "सैद्धान्तिक" प्रश्नहरू माथि उनीहरूस“ग कुनै गंभीर बहस हुनै सक्दैन । वर्ग सङ्घर्षको नितान्त संवेदनशील मोडमा निरंकुशतन्त्रका विरुद्ध संर्घष् गरिरहेका महान् नेपाली जनता तथा त्यसक्रममा प्राणोर्त्र्सग गर्ने महान् शहीदहरूको रगतका विरुद्ध सामन्ती फासिवादी ज्ञानेन्द्र, कमल थापाहरूलाई सहयोग पुर्याउने गद्दारहरूस“ग कुनै बहस हुनै सक्दैन । पार्टीको आगामी महाधिवेशनका लागि योजनावद्ध ढंगले बहस अगाडि बढाउने प्रमुख कार्यसूची तथा पार्टी क्रान्तिप्रति निष्ठावान क्रान्तिकारीहरूले आफ्ना मतमतान्तरहरूलाई रचनात्मक ढंगले प्रस्तुत गर्ने वैज्ञानिक विधि समेत निश्चित गरिसकेको छ । त्यो अवस्थामा पार्टीबाट भूमिगत भई दुश्मनको कित्तामा उभिएर बहसको कुरा गर्ने रवीन्द्र र अनुकुलको प्रलापलाई सम्पूर्ण रुपले आत्मर्समर्पणकारी चित्कारका रुपमा खारेज गर्दछ ।
३) वर्गसंर्घष आजको संवेदनशील घडीमा यति ठूलो विचलनको शिकार हुन पुगेका रवीन्द्रको पृष्ठभूमि पार्टीभित्र नितान्त आत्मकेन्द्रित, सन्की, विवादास्पद र अतिवादी प्रकारको रह“दै आएको थियो। संगठनमा जहा“ जिम्मा लि“दा पनि केहीलाई अस्वभाविक रुपले काखी च्याप्नु र अरुहरूलाई पाखा लगाउनु, गुटवन्दी गर्नु र भा“डभैलो मच्चाउन खोज्नु रवीन्द्रको चारित्रिक विशेषता नै थियो । गत कालमा दुश्मनको कब्जामा रह“दा उनका क्रियाकलाप सन्देहास्पद रहेको कुरा त्यतिबेला उनीस“गै जेल बस्ने अन्य कमरेडहरूद्वारा लिखित र मौखिक दुवै रुपमा केन्द्रीय कार्यालयमा रिपोर्टहरू आएका थिए । ती रिपोर्टहरूको आधारमा पार्टीले आफ्नो अनुसन्धान प्रक्रियालाई अहिले पनि अगाडि बढाइरहेको छ । अहिले जुन परिवेशमा र जुन ढंगले उनले पार्टी नेतृत्वका विरुद्ध विषवमन गरेका छन् र जसरी कमल थापाहरूको वक्तव्य आइरहेको छ, त्यसले यो कुनै संयोग मात्रै नभएर नियोजित भएको कुरालाई गंभीर रुपले संकेत गरिरहेको छ।
केन्द्रीय समितिको गत बैठकको तयारीका क्रममा आफूलाई नया“ पि“ढीको योग्य र कमरेड प्रचण्डको उत्तराधिकारीका रुपमा "स्थापित" गर्न उनले खेलेको चाकडी, घुर्कि र धम्किपूर्ण भूमिकाका कारण बैठकमा उनी पूरै अलगथलग हुन पुगेका थिए। आफ्नो आत्मकेन्द्रित व्यक्तिवादी र चरम महत्वकांक्षी प्रवृति सच्याउन प्रयत्न गर्नुको सट्टा अहंकार र प्रतिशोधको शिकार हुन पुगेका रवीन्द्र अन्ततः आलोक प्रवृतिलाई धेरै पछि छोडेर महा आलोकको परिचय दिन पुगे। त्यसैगरी अनुकुलको चरित्र पनि हमेशा यान्त्रिक र अतिवादी प्रकारको रह“दै आएको थियो । गएको दुई देवर्षेखि घोर निराशा, पलायन र दक्षिणपन्थी विर्सजनवादको रोगबाट उनी ग्रस्त रह“दै आएका थिए । अन्तरपार्टीं सङ्घर्षमा आफ्ना उत्तेजक अभिव्यक्ति मार्फ् फुट र विर्सजन बढाउने कुरामा नै उनको सक्रियता रहने गरेको थियो । केन्द्रीय समितिको गत बैठकलाई बहिस्कार गरेर उनले आफ्नो पलायन र विर्सजनवादी चरित्रको परिचय दिइ नै सकेका थिए । विगतको अन्तरपार्टींमा पार्टीं हेडक्वाटर (क. प्रचण्ड) को आड लिएर फुटवादलाई मलजल गर्ने रवीन्द्र तथा क.बाबुराम भट्टर्राईको आड लिएर त्यही कसरत गर्ने अनुकुलका बीचको यो गठवन्धन नितान्त अराजनैतिक, अनैतिक र भगौडाहरूको गठवन्धन सिवाय अरु केही नभएको तथ्य स्पष्ट छ ।
४) क्रान्तिको विकासक्रममा त्यसले आफूभित्रबाट अनावश्यक फोहोर मैला निकालेर फाल्नु अनिवार्य हुन्छ । अहिले रवीन्द्र र अनुकुलको बहिर्गमन क्रान्तिको त्यही अनिवार्य नियमको नया“ कडी मात्र हो । ज्ञानेन्द्र र कमल थापा जस्ता निरंकुश तत्वहरूदेखि अमेरिकी साम्राज्यवादसम्मका तत्वहरू यसबाट पार्टीं कमजोर हुने सपना देखेका छन् भने त्यो सपना त्यसरी नै दुःस्वप्न मात्र हुनेछ । जसरी विगतमा आलोक प्रवृतिका क्रममा भएको थियो । फोहोर मैला मिल्काएर पार्टीझ स्वस्थ र मजवुद बनी दुश्मनको विरुद्ध झन् शक्तिशाली धावा बोल्नेछ । रवीन्द्र र अनुकुलको प्रतिक्रान्तिकारी, भगौडा चरित्रलाई हाम्रो सिंगो पार्टपार्टींक्ति, जनमुक्ति सेनाका समग्र योद्धाहरू तथा नया“ सत्ता र आम जनपंक्ति एकढिक्का भएर नांगेझार पार्नेछन् । अमेरिकी साम्राज्यवाद, ज्ञानेन्द्र शाही र कमल थापाहरूका लागि रवीन्द्र र अनुकुल सिंगो पहाड खनेर मुसा निकाले भन्दा बढी अरु केही हुन सक्दैन । सामन्ती निरंकुशतन्त्रका विरुद्ध लोकतन्त्र र शान्तिको युद्धमा जनताको विजय सुनिश्चित छ ।
क्रान्तिकारी अभिवादनसहित
मितिः १ चैत्र, २०६२
प्रचण्ड
अध्यक्ष
नेकपा (माओवादी)
रवीन्द्र श्रेष्ठ र अनुकुल (मणि थापा)को बक्तब्य जस्ताको तस्तै तल हेर्नुहोस-
पाटी, जनसेना र जनवर्गिय संगठनका सम्पर्ूण्ा योद्धाहरु तथा सम्पर्ूण्ा न्यायप्रेमी
जनसमुदायहरुमा नया बहसको लागी हार्दिक अपिल
सहयोद्धा कमरेडहरु तथा आदरर्णर्ीय जनसमुदायहरु -
१. हाम्रो गौरवशाली पाटी ने.क.पा.-माओवादी) को नेतृत्वमा महान जनयुद्धले नेपाली समाजको अर्ध सामान्ती तथा अर्ध औंपनिवेशिक संरचनाहरु ध्वस्त पार्दै नयाू जनवादी गणतान्त्रिक स्थानिय सत्ताहरुको निर्माण गर्दै साम्यवाद तर्फलम्कने महान लक्ष्यको वाटोमा सफलतासाथ पाईलाहरु चालिरहेको छ । तर २० औं शताब्दीका महान रुसी, चिनिया, भिएतनामी, कोरियाली क्युवाली क्रान्तिहरुमा जस्तै नेपाली क्रान्तिको नेतृत्वकारी हाम्रो पाटी ने.क.पा.-माओवादी) भित्र पनि क्रान्ति मुखसम्म प्रतिक्रान्ति घाटीसम्मको स्थिति विकाश हुन थालेको छ । पाटीभित्र वर्ग उत्थान र्-वर्ग पतन) भई र्सवहारा वर्गिय स्थितिवाट दलाल तथा नोकरशाही बर्ुर्जुवा वर्ग र सामान्ती युद्ध सरदारर् वर्गमा परिवर्तन हुने रोगले केवल तलका विचलित केही कार्यकर्ताहरुमा मात्र होईन पाटीका बरिष्ठ नेताहरु समेत ग्रसित हुन थालेकोले सबै न्यायप्रेमी जनसमुदाय र इमान्दार क्रान्तिकारी कार्यकर्ता पंतिमा चिन्ता र आक्रोश जाग्नु स्वभाविक नै छ । जनसमुदाय पाटी विग्रिन थालेकोमा चिन्तित छन् ।
२. जनसमुदाय र क्रान्तिकारी कार्यकर्ताहरुको विशाल बहुमतको विचार र भावनालाई आत्मसाथ गर्दै तथा २० औं शताब्दीका गम्भिर प्रतिक्रान्तिका अनुभवको सश्लेषण गर्दै हामी केही युवा पि.वि.एम. सदस्यहरुले क. प्रचण्ड र क.बाबुरामको वीच बिवाद सुरु
भएको मैसुर पि.वि. बैठकदेखि नैं केन्द्रिय सत्ता कब्जा गर्नको लागि तथा पाटी भित्रका गैर र्सवहारा विचलनहरुको विरुद्ध संर्घष्ा गरेर प्रतिक्रान्तिलाई रोर्क्र्दै अघि बढ्न नयाू र्सवहारा सास्ंकृतिक क्रान्तिको सुरुवात गर्नु पर्छ भन्ने प्रस्ताव राखेका थियौं साथै माओ र सांस्कृतिक क्रान्तिको पनि नयाू मुल्यांकन गरेर ७० प्रतिशत
सकारात्मक ३० प्रतिशत नकारात्मक पक्ष छन् भन्नर्ुपर्छ तथा माओ र चिनिया सांस्कृतिक क्रान्तिका ३० प्रतिशत नकारात्मक पक्ष सच्याएर जानु पर्छ भन्ने प्रस्ताव पनि राखेका थियौं साथै
पाटीभित्रका अन्तरविरोधलाई दर्ुइ लाइन संर्घष्ाको विधिवाट हल गर्नुपर्छ भन्ने प्रस्ताव राखेका थियौं तर वहाूहरुले मान्नु भएन । परिणाम स्वरुप पाटीभित्र गैर र्सवहारा विचलन बढ्दै गयो । क.प्रचण्ड र क.बाबुरामको समेतको पनि बैचारिक, राजनैतिक,
संगठनात्मक, सैंन्य र सांस्कृतिक विचलनहरु बढ्दै गए । क.प्रचण्डले क.बाबुरामलाई भारतवादी तथा क.बाबुरामले क.प्रचण्डलाई राजावादी जस्ता अत्यन्तै गम्भिर आरोपहरु र्सार्वजनिक रुपमा लगाउदै झण्डै झण्डै पाटी फुटाउने स्थितिसम्म वहाूहरु पुग्नु भएको स्थिति हो ।
३. गत ०६२ कार्तिकमा सम्पन्न बैठकमा क्रान्तिभित्र क्रान्ति गर्नुपर्ने नयाू सांस्कृतिक क्रान्तिका कार्यदिशा त पारित भयो । तर जव क.प्रचण्डका ३० प्रतिशत मनोगतवादी, अधिभूतवादी, यान्त्रिक जडसुत्रवादी, कहिले दक्षिणपन्थि, कहिले उग्रवामपन्थि बन्ने
मध्यपन्थि अस्थिर प्रवृति, बामखोलमा दक्षिण प्रवृति लगायत आत्मकेन्द्रित ब्यक्तिवादी, फुटवादी, सामान्ती र पूजीवादी प्रवृतिहरु -क.बाबुरामका त ३० प्रतिशत भन्दा बढि गैर र्सवहारा प्रवृतिहरु छन् ।) का विरुद्ध युवा पंतिवाट आवाज उठाउन थालियो तब वहाूहरु क्रान्तिकारी प्रवृतिका विरुद्ध षडयन्त्र र गुटबन्दी तथा जालझेल गर्दै पाटीलाई विर्ता बनाउने र निजिकरण गर्ने अभियानमा लाग्न थाल्नु भएको छ ।
४. स्तालिनका ३० प्रतिशत नकारात्मक पक्षहरुको विरुद्ध स्तालिन जिवितै छदा त्यहाका क्रान्तिकारी युवा पुस्ताले नयाू विधि र विचारको विकाश गरी क्रान्ति भित्र क्रान्ति गरेको भए सायद रुसमा प्रतिक्रान्ति त्यति छिटै नहुने थियो वा प्रतिक्रान्तिलाई रोक्न सक्ने थियो । माओका ३० प्रतिशत नकारात्मक पक्ष -कहिले क्रान्तिकारी
पक्षलाइ प्रहार गर्ने, उग्र बाम बिचलन र कहिले दक्षिणपन्थि संग सम्झौंता गर्ने दक्षिणपन्थि विचलन अन्तमा मध्य पन्थिलाई उत्तराधिकारी बनाउने विचलन आदि) का विरुद्ध ग्यांग अफ
फोर भनिएका क्रान्तिकारी नयाू पुस्ताले माओ जिवितै छदां नयाू खाले सास्ंकृतिक क्रान्ति गर्नु पर्दथ्यो । भिएतनामका सुप्रसिद्ध नेता होचिमिन्हको मध्यपन्थि विचलनले कसरी त्यहाू प्रतिक्रान्ति हुन पुग्यो - किम इल सुंग र फिडेल क्यास्त्रोको विभिन्न खाले विचलनले कसरी प्रतिक्रान्ति हुन पुग्यो - यसवाट आजका नयाू पुस्ताले गम्भिर शिक्षा लिनै पर्दछ ।
५. यसरी क.प्रचण्डका र बाबुरामका नकारात्मक पक्षका विरुद्ध क्रान्ति भित्र क्रान्ति (नयाू र्सवहारा सांस्कृतिक क्रान्ति) गर्दै सामान्ती निरंकुश राजतन्त्रका विरुद्ध नयाू लोकतान्त्रिक गणतन्त्र स्थापनाको दिशामा सम्पर्ूण्ा पाटी पंति, जनसेना, जनवर्गिय
संगठन र सम्पर्ूण्ा जनसमुदायलाई एकताबद्ध भई आ आफ्नो परिस्थिति अनूकुल खुल्ला र भूमिगत रुपले संर्घष्ामा लाग्न हार्दिक अपिल गर्दछौं र पुरानै विधि र विचारवाट मात्र दर्ुइ लाइन संर्घष्ा चलाएर अहिलेको बर्ग संर्घष्ा र अन्तरसंर्घष्ाको जटिल र गम्भिर समस्या हल नहुने र एक्काइसौं शताब्दीको नया पाटी पनि नबन्ने हुनाले सांस्कृतिक क्रान्तिको नयाू विचार र विधिमा जानु पर्ने अनिवार्य छ । हामी सम्पर्ूण्ा सहयोद्धा कमरेडहरु र जनसमुदायलाई यस दिशा तर्फअघि बढ्न पुन जोड गर्दछौं ।
६. वहाूहरुका नकारात्मक पक्षहरु यसप्रकार उल्लेख गरेका छौं अरु क्रमश र्सार्वजनिक गरिने छ ।
(क) कान्तिपुरको अन्तरवार्तामा क.प्रचण्डले "राजतन्त्र चाहिन्छ भने हामी स्वीकार्र्छौ .............सक्रिय राजा चाहिन्छ भन्यो भने पनि मान्छौं" भनेर दिनुभएको भिव्यक्ति रणनैतिक दृढता र कार्यनैतिक लचकताको र्सवहारा सिद्धान्तको विरुद्ध गएको छ । राजतन्त्रको उन्मुलन र नयाू गणतन्त्रको स्थापनामा दृढ नहुनु, सक्रिय राजा पनि मान्छु भन्नु क.प्रचण्डको दक्षिणपन्थी विचलनको अभिव्यक्ति हो, वहाूले र्सार्वजनिक रुपमा आत्मालोचना गर्दै सो अभिव्यक्ति फिर्ता लिन लगाउन संर्घष्ा गरौं । ( ख) क.प्रचण्ड र क.बाबुरामले बहुदलिय प्रतिस्पर्धा सबै कम्युनिष्टले सधै मान्नु पर्ने भनेर यसलाई निरपेक्ष सिद्धान्त तथा सबै प्रतिक्रान्तिलाई रोक्ने रामवाणका
रुपमा जडसुत्र बनाउन खोजिरहनु भएको छ, जुन मालेमाबादको आधारभूत सिद्धान्त विपरित छ । २०औं शताब्दीमा प्रतिक्रान्ति हुनुका प्रमुख कारण बहुदलिय प्रतिस्पर्धा नदिएर हो भन्ने वहाूहरुको निष्कर्षपनि मनोगत, यान्त्रिक, अभिधूतबादी र गैर र्सवहारा बर्ुर्जुवा कर्ुतर्कवाद हो । २०औं शताब्दीका प्रतिक्रान्तिका बस्तुगत कारण पनि छन्र आत्मगत कारणहरु पनि छन् । सबै प्रतिक्रान्तिहरु पाटी भित्रैवाट पहिलो र दोस्रो
स्तरका नेताहरुवाट भएका छन् । उनीहरुका विचलनहरुका विरुद्ध पनि क्रान्ति गर्ने नयाू विधि र विचारको विकाश गर्नुपर्ने दायित्व एक्काइसौं शताब्दीका क्रान्तिकारी नयाू पुस्ताको काधमा आएको छ । (ग) क.प्रचण्ड र क.बाबुरामको कहिले रायमाझी प्रवृति, कहिले लेण्डुपदोर्जे प्रवृति, कहिले काग्रेस परस्त, कहिले सम्बैधानिक राजावादी प्रवृतिका केही अंश देखिने गरेको छ । त्यसका विरुद्ध संर्घष्ा गरौं । (घ) सवैले एक एक पद झर्ने केन्द्रिय समितिको निर्ण्र्ााविपरित केन्द्रिय समितिको बैठक भएको एक हप्ता पनि वित्न नपाउदैं क.प्रचण्डका नयाू सम्धी क.दिवाकरको सिफारिसमा र क.बाबुरामको र्समर्थनमा क.प्रचण्डका एकलौटे छोरा कमरेडलाई
दर्ुइ तह बढुवा गरेर क्षेत्रिय ब्युरोमा पुर्याएर वहाूहरुले सामान्ती प्रवृति देखाउनु भएको छ यसलाई तु खारेज गरियोस् भनि संर्घष्ा गरौं । (ङ) प्रवास ब्युरोले राजतन्त्र विरुद्ध संर्घष्ा उठाउन लाखौं नेपालीलाई स्वदेश जान प्ररित गर्ने महान योजना पारित गर्दै यसका लागि र्सवप्रथम क.प्रचण्डका अर्का सम्धी तथा विसौं बर्षप्रवाषमा रहनु भएका कमरेडलाइ नै पहिलो स्वदेश जाने टोलीको
नेतृत्व गर्ने निर्ण्र्ााभएकोमा क.प्रचण्ड र बाबुरामले अर्को बैठक आयोजना गरि त्या निर्ण्र्ााखारेज गरेर वहाूहरु माथि लाग्दै आएको लड्न मर्न अरु जाओस् आफन्तहरु बचोस् भन्ने आरोप सत्य साबित गर्नु भएको छ । प्रवास ब्युरोको पहिलो बैठकका क्रान्तिकारी संगठनात्मक योजना लागू गर्न संर्घष्ा गरौं । (च) जनमुक्ति सेना र बलिदानको महत्वलाई निकै फलाक्ने क.प्रचण्डले आफ्ना एकलौटे छोरा कमरेड र आफन्तलाई किन अहिलेसम्म जनसेनामा भर्ति गर्दैनन् - क.बाबुरामले पनि आफ्नो एकलौटी छोरीलाई जनसेनामा भर्ति गर्नुका बदला किन वर्ुर्जुवा शिक्षाको डिप्लोमा तहमा पढाइ राखेका छन् - वहाूहरुको ३० प्रतिशत र सो भन्दा बढी सामान्ती र पुजिवादी प्रवृति छन् भन्ने कुरा यसवाट पनि प्रष्ट हुन्छ । यिनीहरुलाई जनसेनामा भर्ति गराउन दवाव मुलक संर्घष्ा गरौं ।
(छ) क.प्रचण्ड र बाबुरामले फिल्डमा र युद्धमोर्चामा बसेर जनयुद्ध र व्रि्रोहको नेतृत्व गरेर कार्यकर्ता र जनतामा उदाहरण पेश गर्नु पर्नेमा कुटनितिको नाममा सुविधाभोगी र दक्षिणपन्थि आत्मसुरक्षावादी बन्ने गरिरहनु भएको छ । दश बर्षो जनयुद्धमा आठ बर्षभन्दा बढी समय विदेशी भूमिमा रमाएर बस्नाले वहाूहरु
युद्धमोर्चाको यथार्थवाट अलग्गिएर मनोगतवादी हुन थाल्नु भएको जसको कारण अनाबश्यक क्षति पनि भएको छ । अत हामी यी वारेमा गम्भिर छलफल, बहस र दवाव सिर्जना होउन् र पाटीको
बैचारिक छलफल बहस आम जनतामा जाओस् भन्ने र्सवहारा सांस्कृतिक क्रान्तिको मान्यता स्थापित गर्न चाहन्छौं । हामी सामान्तवाद, विस्तारवाद र साम्राज्यवादका साथै सबै खाले अवसरवादका विरुद्ध निरन्तर संर्घष्ा गरिरहने प्रतिज्ञा गर्दै सबै पाटीहरु भित्रका गणतन्त्रवादीहरुलाई साझा मोर्चा बनाएर अघि बढ्न समेत अपिल गर्दछौं । साथै दलहरुभित्र देखा परेको पहिलो पुस्ताका नेताहरुको अकर्मन्यता र विचलनका विरुद्ध नयाू विधि र विचारद्धारा नयाू ढंगले क्रान्तिभित्र पनि क्रान्ति गर्न अपिल गर्दछौं ।
मिति.२०६२ फाल्गुन २९
क. रविन्द्र श्रेष्ठ के.स.
क. अनूकुल के.स.
नयाू सांकृतिक क्रान्ति समुह
ने.क.पा. माओवादी)
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
यी पो रहेछन त माओवादीका गद्द्दार
|
|||||||