Dr. Baburam Bhattarai
बाबुराम भट्टर्राई

बिचार/ विवेचना
'बिरालोलाई जति खास्टोले छोपेर राखे पनि आखिर म्याऊ गरिहाल्छ' भन्ने नेपाली उखान छ। क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र पनि स्वाभाविक रुपमा बेलाबखत पैदा भैरहने विभिन्न खाले अवसरवादी प्रवृत्तिहरूलाई स्वस्थ्य दुइ लाइन संर्घष र जनवादी केन्द्रीयताको तरिकाले रुपान्तरण गरेर हल गर्ने प्रयत्न गर्दागर्दै पनि कतिपय प्रवृत्ति र पात्रहरू अन्ततः पतन भएर प्रतिक्रान्तिकारी कित्तामा पलायन भैछाड्छन्। हाम्रो गौरवशाली पार्टीको केन्द्रीय समितिबाट केही समय पहिले निलम्बन गरिएका रवीन्द्र श्रेष्ठ र अनुकूल (मणि थापा)ले अन्ततः एक र्सार्वजनिक वक्तव्यमार्फत क्रान्तिकारी आन्दोलनप्रति घोर गद्दारी गर्दै मरणासन्न शाही सत्ताको सेवा गर्ने घोषणा गरेका छन्। उनीहरूले आमजनसमुदायलाई भ्रम दिन केही क्रान्तिकारी शब्दाडम्बरको प्रयोग गरे पनि सिङ नभएको गोरुलाई तीखे भने झैं आफ्नो नाउ 'नया“ सास्कृतिक क्रान्ति समूह' राखे पनि उनीहरूको प्रतिक्रान्तिकारी हर्कतको श्रृंखलालाई हेर्दा र राजतन्त्र विरोधी आन्दोलन उत्कर्षतर जान लागेको बेला उनीहरूले क्रान्तिकारी पार्टि नेतृत्व विरुद्ध र्सार्वजनिक हमला गरेको देख्दा उनीहरूसग कुनै वैचारिक बहस होइन उनिहरूको र्सार्वजनिक भण्डाफोर गर्नुपर्ने सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू र आम लोकतन्त्रवादीहरूको सामूहिक दायित्व बनेको छ।
के यी दुइ भगौडाहरूको झुसिलो डकारयुक्त कथित संयुक्त वक्तव्य देशव्यापी सदरमुकाम र शहर नाकावन्दीको पूर्वसन्ध्यामा र्सार्वजानिक हुनु एउटा काकताली मात्र हुनसक्छ- के यिनीहरूले वस्तुतः क्रान्तिप्रति गद्दारी गरेको घोषणा गर्नु र शाही गृहमन्त्री कमल थापाले आत्मसमपर्णवादीहरूलाई दशदश लाख रुपियाको पुरस्कारको हरियो घास देखाउनु झण्डै एकैसाथ हुनुलाई सामान्य संयोग मात्र भन्न मिल्छ ? अमेरिकी राजदूत मोरियार्टे १२- बुदे माओवादी-संसदवादी समझदारीलाई टुटाउने दुस्प्रयासलाई परास्त गर्दै देशमा वृहद् लोकतान्त्रिक गणतन्त्रवादी आन्दोलनको ज्वार सिर्जना हुन लागेको बेला विभिन्न पार्टी भित्रका दरवारपरस्त र साम्राज्यवादपरस्त तत्वहरूसगै यी दुइ भगौडाहरूले पनि टाउको उठाउने प्रयत्न गर्नु एउटा परिवन्द मात्र होला- सामाजिक प्रक्रिया र राजनीतिक आन्दोलनमा कसैको नियतभन्दा पनि उसको कर्मको परिणाम महत्वप र निर्णायक हुन्छ। त्यस हिसाबले यी प्रतिक्रान्तिकारी भगौडाहरूको नियत जे सुकै भए पनि र ती दुइमध्येको पनि भिन्दाभिन्दै नियत हुनसक्ने भए पनि उनीहरूको कर्मको वस्तुगत परिणाम प्रतिक्रान्तिकारी र गद्दारीपूर्ण रहेको कुरामा कुनै शंका रहन्न। यस अर्थमा क्रान्तिकारी आन्दोलनका सहयोद्धा र सहकर्मीहरूमध्ये कोही पनि यी भगौडाहरूप्रति नरम हुनै सक्दैन। सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू सामान्य गल्ती र कमजोरी गर्नेहरूप्रति जति उदार र सहिष्णु हुनसक्दछन् र हुनुपर्दछ भयंकर प्रतिक्रान्तिकारी हर्कत र गद्दारी गर्नेहरूप्रति उत्तिकै कठोर र निर्मम पनि हुनसक्दछन् र हुनैपर्दछ।
हिजोसम्म एक अर्कासग वैचारिक, राजनीतिक, सांगठनिक, सास्कृतिक हरप्रकारले १८० डिग्रीको अन्तर भएको देखिने यी दुइ पात्रहरूको अकस्मात घाटी जोडिनु पनि निकै रहस्यमय छ। देखावटी वैचारिक-राजनीतिक प्रतिवद्धताको नै कुरा गर्ने हो भने पार्टिभित्र लामो समयदेखि रवीन्द्र श्रेष्ठले स्टालिनबाट सिक्नुपर्ने भन्दै होक्जापन्थी जडसूत्रीय-संशोधनवादी धाराको वकालत गर्थे भने अनुकुल चाहि आफूलाई मा-ले-मावादको सिर्जनशील प्रयोग र विकास गर्ने कित्तामा उभ्याएको दावी गर्थे। तत्कालीन कार्यनीतिको हकमा रवीन्द्रको चाहि खासगरी दरवार हत्याकाण्डको बेलादेखि निरन्तर रुपमा दरवारपरस्त रुझान देखापर्दथ्यो भने अनुकूल आफूलाई त्यसको विरोधी बताउथे। पार्टीको गत केन्द्रीय समितिको बैठकका निर्णयहरूको मूल्यांकन गर्ने सन्दर्भमा रवीन्द्रले क.प्रचण्डलाई क.बाबुरामसग झुकेको आरोप लगाउथे भने अनुकूल चाहि क.बाबुरामले क.प्रचण्डसग आत्मर्समर्पण गरेको बताउथे र आफूलाई दुइ अतिवादी धु्रवमा उभ्याउथे। परन्तु अहिले यी दुइ विपरीत ध्रुवहरूको रहस्यमय मिलनले उनीहरूको वास्तवमा कुनै वैचारिक-राजनीतिक लाइन र अडान नै थिएन र निजी स्वार्थको निम्ति जतिबेला जे पनि गर्नसक्ने विशुद्ध अवसरवादी चरित्र मात्र थियो। यी दुइ पात्रको केही समयदेखिको इतिहासलाई हेर्ने हो भने केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष क.प्रचण्डद्वारा जारी वक्तव्यमा भनिए झैं, रवीन्द्रको क्रियाकलाप विगतमा जेलपर्दाको बेलादेखि नै शंकास्पद थियो भने अनुकुल चाहि गत दुइ वर्षे देखि पूरै निराश र निस्क्रिय थिए। गत कालको पार्टी अन्तर्संघर्षमा रवीन्द्रले क.प्रचण्डको पछाडि उभिएर पार्टी फुटा जोड गर्नु र अनुकूलले क.बाबुरामको पछाडि लागेर पार्टी फुटाउन प्रयत्न गर्नुको रहस्य अहिले खुल्दै आएको अनुभूति सबैलाई हुन्छ। यो समग्र सर्न्दर्भमा अहिले यी दुइ विपरीत ध्रुवीय पात्रहरूले पार्टी नेतृत्वलाई 'वैचारिक विचलन' को मनगढन्ते आरोप लगाएर युद्ध मैदानबाट भाग्नु अवसरवाद, पाखण्डीपन, बेइमानी र कायरताको पराकाष्ठा मात्र हो भन्ने कुरामा कुनै शंका रहन्न।
एउटा जीवन्त र क्रान्तिकारी पार्टभित्र दुइ लाइन संर्घष निरन्तर रुपमा चलिरहन्छ र त्यसलाई सच्चा क्रान्तिकारीहरूले कहिल्यै निषेध गर्दैन र गर्नुहुदैन। बरु हाम्रो पार्टीभित्र विगतमा देखिएका भयंकर प्रतिक्रान्तिका आत्मगत कारणहरूको गंभीर मूल्यांकन गर्दै पार्टीलाई निरन्तर गतिशील र क्रान्तिकारी बनाइराख्न महान् चिनिया र्सवहारा सास्कृतिक क्रान्तिबाट अघि बढेर जनवादी केन्द्रीयताको सही अभ्यास गर्न 'एक्काईसौं शताब्दीमा जनवादको विकास' सम्बन्धी युगान्तकारी महत्वको प्रस्ताव अगाडि सारेको छ। गत असोजको के.स.को बैठकले राजनैतिक विषयमा महान् बहस चलाउने निर्णय गरेर त्यसदिशामा गंभीर तयारी गरिरहेको छ। पार्टीको विगतको अन्तरसंर्घषबाट समेत गंभीर पाठ सिकेर लिइएका यी निर्णयहरू पछि पार्टीभित्र स्वस्थ वैचारिक संर्घष्लाई ठाउ नदिइने प्रश्नै उठ्दैन। तर पार्टी केस.का ती ऐतिहासिक निर्णयप्रति विपरीत ध्रुवीय कोणबाट असहमति राख्दै आएका यी दुइ पात्रहरूले अहिले सो बैठकले उठाइसकेका र हल गरिसकेका विषयहरूको नक्कली छहारी लिएर पार्टी क्रान्तिसग सगसगै सम्बन्ध विच्छेद गरेको घोषणा गर्नुभन्दा बढी पाखण्डपूर्ण र बेइमानीपूर्ण कुरा अरु के हुनसक्छ ? 'पिनेवालाको पिनेका वहाना चाहिए' भन्ने हिन्दी उखान झैं भगौडाहरूले क्रान्तिबाट भाग्न र क्रान्तिलाई धोका दिन मात्रै वैचारिक-राजनीतिक बहसको बहाना गरिरहेछन् भन्ने स्वतः स्पष्ट हुन्न र त्यो शुद्धीकरण अभियान आफैंविरुद्ध सोझिने देखेपछि र महान् बहसको क्रममा आफ्नो अवसरवादी प्रतिक्रान्तिकारी चरित्र उदांगो हुने बुझेपछि उनीहरूले उल्टै पार्टी नेतृत्वलाई धारेहात लगाएर पलायन गरेको कसले बुझदैन र ? यदि साच्चै नै पार्टभित्र गंभीर बहस-छलफल चाहेको भए आफ्ना असहमतिका कुरा वा नया प्रस्ताव अहिलेसम्म लिखित रुपमा पार्टीको कुनै निकायमा किन पेश गरिएन वा किन त्यसको माग गरिएन ? पार्टीको कुनै निकायमा आफ्नो विचार र मत दर्ज नै नगरी एकैचोटी र्सार्वजनिक रुपमा र त्यो पनि त्यति निकृष्ट ढंगले प्रस्तुत हुनु कहाको मा-ले-मावादी पद्दति हो ? अझै आफ्नो र्सार्वजनिक झुसिलो डकारलाई 'नया सास्कृतिक क्रान्ति' को नाउ“ दिने हास्यास्पद प्रयत्न गर्नु महान् माओ र महान् र्सवहारा सास्कृतिक क्रान्तिको कति ठूलो अपमान र भ्रष्टीकरण हो। पार्टीको कुनै निकायमा कहिल्यै कुनै मत दर्ज नै नगरी सबैले आफूलाई जे मन लाग्यो त्यही ढंगले सडकमा छाट्दै हिड्नु र वैरीलाई हसाउनु नै 'नया सास्कृतिक क्रान्ति' हो भने त्यो भन्दा बढी मा-ले-मावादको भ्रष्टीकरण र विकृतीकरण अरु के हुनसक्छ ? निश्चित रुपमा विगतमा हामीले पनि पार्टभित्र गंभीर वैचारिक-राजनीतिक संर्घष गरेका थियौं र त्यसलाई व्यवस्थित ढंगले संचालन गर्ने प्रयत्न गरेका थियौं। त्यसैले त्यो संर्घषले समग्र क्रान्तिकारी विचार र पार्टीलाई नया उचाइमा उठाउन अन्ततः मद्दत पुग्यो भन्ने पार्टी के.स.ले पछि एकमतले स्वीकार गर्यो। तर अहिले यी दुइ भगौडाहरूले जुन भद्दा र निकृष्ट तरिका अपनाएका छन् त्यसलाई कुनै पनि हालतमा वैचारिक-राजनीतिक संर्घष भन्न सकिन्न र त्यसलाई विगतको अर्न्तर्संर्घषसंग किमार्थ तुलना गर्न सकिन्न। त्यसैले यो नांगो प्रतिक्रान्तिकारी हर्कतलाई पार्टीको कुनै सच्चा क्रान्तिकारीले कहिल्यै कुनै पनि ढंगले र्समर्थन गर्न सक्ने प्रश्नै उठ्दैन। बरु त्यसलाई हरतरहले नांगेझार पारेर बेलैमा परास्त गर्नु उनीहरूको परम् कर्तव्य हुन्छ।
क्रान्तिकारी आन्दोलनको विकासको क्रममा यसप्रकारका प्रतिक्रान्तिकारी गद्दारीपूर्ण प्रवृत्तिहरू बेलाबखत उदय हुनु कुनै नया तथा अनौठो कुरा चाहि होइन। क्रान्तिको एउटा चरणमा सकारात्मक भूमिका निर्वाह गर्नेहरू अर्को चरणमा विविध आन्तरिक र वाह्य कारणको योगले पतन हुनसक्छन्। जस्तो कि चीनको लिन प्याओ र हाम्रै देशका आलोकहरू त्यसका उदाहरण छन्। साथै कतिपय व्यक्तिहरू दुश्मनका घुसपैठ पनि हुनसक्छन् र लामो समयपछि मात्रै तिनको पर्दाफास हुन्छ। जस्तो कि रुसमा मालिनोभ्स्की भन्ने जारको एजेन्ट लेनिनको बोल्सेभिक पार्टीको केन्द्रीय समितिमै पुगेको थियो र पछि मात्र उसको भण्डाफोर भएर उसलाई क्रान्ति पश्चात् फासी दिइएको थियो। त्यसैले यी दुइ प्रतिक्रान्तिकारी भगौडाहरू बेलैमा नांगिएकोमा क्रान्तिकारीहरूले पश्चाताप गर्ने र कुनै पनि प्रकारले निराश बन्ने होइन कि क्रान्तिको विकासको अभिन्न नकारात्मक फोहोरमैला को रुपमा यो आएको हो भन्ने कुरालाई दहोसंग आत्मसात गर्दै यसलाई बेलैमा पूर्णरुपले नेस्तानाबुद गर्न जोड लगाउनै पर्छ। पिलो निचोरिएर मात्र शरीर स्वस्थ हुन्छ भन्ने कुरालाई हामी सबैले आत्मसात गर्नैपर्छ। साभार: जनादेश साप्ताहिक १ चैत्र, २०६२