Democracy should be reinstalled in Nepal: China
काठमाडौं, चैत्र ४

"लाटो खान्छ एक् बल्ड्याङ, बाठो खान्छ सय बल्ड्याङ" यो नेपाली उखान यतीखेर निरङ्कुश सरकारलाई ठ्याक्कै मिलेको छ। निरन्कुश राजादेखि उनका टिके मन्त्री र सैनिक प्रमुख प्यारजङ थापा सम्मले चीनको भ्रमण गरे पानी पधेरो गरेझै। जनतामाथि डोजरले पेलेझै गरेर सर्बसाधारण जनतालाइ मार्दै र सार्वजनिक ठाउमा आतङ्क फैलाउदै हिड्ने पारश शाहले समेत चीनको भ्रमण गरेर चीन नेपाली निरङ्कुश राजतन्त्रसङ्ग सतीनै जान तयार छ जस्तै गरेका थिए। जनताको रकममा चलेका  सरकारी सन्चार माध्यमले  तिललाइ पहाड बनाएर प्रचार प्रसार गरे चीन दाहिना भय कसैको केहि लाग्दैन भनेर।  जनताको रकम खाएर भए नभएका कुरा दिदै जनतालाईनै ढाट्नु सम्म ढाटे तीनले। आखिर सारा नेपाली जनताका बिरुद्द गएर चीनले कति दिन निरन्कुश राजालाइ काखि च्याप्ने? बल्ल अहिले आएर चीन सरकारका पनि आखा खुले जस्तो छ। नेपालमा प्रजातन्त्र हुनै पर्छ भनेर चीन सरकारका स्टेट काउन्सिलरले निरङ्कुश राजा र उनको खाइदेउ सरकारलाइ हिस्स पारिदिएका छन।
      स्टेट काउन्सिलर ताङ जियाक्वानले नेपालमा शान्ति र प्रजातन्त्र हुनै पर्ने अडान राख्नुभएको छ। तीन दिने नेपाल भ्रमणको दोस्रो दिन शुक्रबार चीन अध्ययन केन्द्र र चिनीयाँ दूतावासद्धारा उहाँको सम्मानमा राजधानीमा आयोजित दिवा भोजका अवसरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो-हामी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहन्नौं, तर यहाँ शान्ति र प्रजातन्त्त हुनैपर्छ भन्ने चीनको अडान हो।''राजनीतिक स्थिरता, शान्ति र विकास राज्यका आधारभूत आवश्यकता भएकाले नेपालमा त्यसका लागि चीन नेपाललाई हरतरहको सहयोग गर्न चाहन्छ' उहाँले भन्नुभयो। आफ्नो भ्रमणले भृकृटी र अरनीको देखिको नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ पार्ने विश्वास पनि उहाँले प्रकट गर्नुभयो ।
चीनका शक्तिशाली पदाधिकारीबाट आएको पछिल्लो प्रतिक्रिया नेपालमा राजाले सक्रिय शासन सुरु गरेयता अमेरिका, बेलायत, भारतलगायतका मुलुकबाट आएका प्रतिक्रियासँग मिल्दोजुल्दो देखिएको छ। यसले प्रजातन्त्रको बाटोमा र्फकन राजालाई थप दवाव सिर्जना हुने अनुमान गरिएको छ। चीनका उपप्रधानमन्त्री समेत रहेका जियाक्वानले शुक्रबार नै श्री ५ सँग दर्शनभेट गर्ने कार्यक्रम छ। सूत्रहरुका अनुसार, उहाँले श्री ५ सँग पनि शान्ति र प्रजातन्त्रको बाटोमा फर्किन आग्रह गर्नुहुनेछ। यसअघि चीनले यहाँको राजनीतिक परिवर्तनप्रति मौन रही 'नेपालको आन्तरिक मामिला' भन्दै आएको थियो। उहाँले शुक्रबार नै नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालगायतका नेतासँग भेटघाट गर्नुभयो।
स्वससे