निर्दोष बालक र र्सवसाधारण मारिए
by
Nepal Info
on Thu 02 Mar 2006 02:48 PM CET |
Permanent Link
|
Cosmos
Security forces kill innocent child and normal people
सुमन अधिकारी
बुटवल, फागुन १७
पाल्पा र अर्घाखाची को सीमा क्षेत्र खिदिमर् इलाकामा मगंलबार बिहान भएको भिडन्तपछि संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा एक निर्दोष बालकको पनि मृत्यु भएको छ। सो घटनामा एकै परिवारका एक महिलासहित ६ जना घाइते भएका छन । सुरक्षा कारबाहीमा कम्तीमा १५ जना माओवादी मारिएका थिए। मंगलबार बिहान ९ बजेदेखि दुई घण्टा सुरक्षाफौज र माओवादीबीच भिडन्त भएपछि सुरक्षाफौजले हवाई कारबाही सुरु गरेको थियो। तीन वटा हेलिकोप्टरले माआवादीलाई पछ्याउदै आक्रमण गर्दा अर्घाखाची को खिदिम-८ हटियास्थित बावुराम पराजुलीको पसलमा गोली लागेको थियो। टिनको छानो छेडेर आएको गोली लागेर सोही ठाउँका १४ वषिर्य विद्यार्थी पवन गौतमको घटनास्थलमै मृत्यु भएको हरिहर संस्कृत उच्च माविका शिक्षक माधवराज गौतमले स्वतन्त्र समाचार सेवालाई बिहीबार बताउनुभयो। पवन सोही उच्च माविको कक्षा-८ का विधार्थी हुन। घट्नामा पवनका दाजु घनश्याम गौतम, ठाकुर गौतम, दिदी भुमा गौतम, भाञ्जा तीन वषिर्य पुष्पु मरासिनी र डेढ वषिर्य पुष्कर मरासिनी घाइते भएका छन । त्यसैगरी विद्यार्थी शिवहरी पौडेल र माओवादी कार्यकर्ता कालु विके पनि घाइते भएका छन। घाइतेमध्ये भुमा, ठाकुर र कालुलाई सुरक्षाफौजले उपचार्रार्थ राजधानी लगेको छ। मृतक पवनको भैरहवास्थित भीम अस्पतालमा पोष्टमार्टम गरी स्थानीय र्स्वर्गद्धारी घाटमा बुधबार राती दाहसंस्कार गरियो।
हवाई कारबाहीमा परी १५ जना माओवादी छापामारहरु एकै ठाउँमा मारिएको बताइएको छ। स्थानीय बासिन्दाहरुका अनुसार, मृतकमाओवादीका शव कसैले उठाएको छैन र सुरक्षाफौजले उक्त क्षेत्रमा कसैलाई पनि जान दिएको छैन।सुरक्षा फौजले त्यस क्रममा १३ माओवादी कार्यकर्ताहरुलाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ परेका माओवादीहरुमा सरस्वती शाही, पार्वती भट्ट, कार्मा लामा, धनकुमारी धामी, नन्दा धामी, धनसरा परियार, झुमा बुढा, दिवीका बोहोरा, संगीता धामी, तेजबहादुर राउत, सानु राउत र ललिता भट्टलगायत छन। भिडन्तमा एक दर्जनभन्दा बढी सुरक्षाकर्मी मारिएका छन। माओवादी गण्डक विषेश क्षेत्रीय ब्युरोका इन्चार्ज अनिलले आफ्नोतर्फ८ जना मात्र मारिएको बताउनुभयो। भिडन्तका क्रममा माओवादीले प्रहार गरेको बमबाट गाउँका स्थानीय ३५ वषिर्य प्रकाश र्घर्तीको मृत्यु भएको छ। सेनाले घटना क्षेत्रबाट एक हजार ५ सय गोली, ७ बोरा सकेट बम, ५ क्वीन्टल खाद्यान्न बरामद गरेको जनाएको छ। स्वससे