Nepal Prince is involved in the drug trafficing, says Indian media
काठमाडौ , चैत १०
राष्ट्रिय ढुकूटीमा ब्रह्मलुट मच्चाएर यूरोपको भ्रमणमा आएका यूवराज पारसले लागू औषध कारोबार गरेकोले भारतलाई फेरि एकपटक समस्या परेको भारतबाट निस्कने एक पत्रिकाले जनाएको छ। पारस लागू औषध कारोबारमा अन्तराष्ट्रिय रुपमै परिचित रहेको पनि उक्त पत्रिकाले उल्लेख गरेको छ। न्यूज इन साइट भन्ने पत्रिकाले २००५ को जुलाइ ६ मा "सि वी आइ, डि ई ए  प्रोबे नेपाल प्रिन्सस ड्रग लिङ्क"  भनेर एउटा समाचार प्रकाशित गरेकोथियो । त्यसपछि सोही पत्रिकाले अर्को दिन जुलाइ ६ मा "नेपाल क्राइसिस"  भन्दै दोस्रो समाचार दिएको छ। लागू औषधको कारोबार अनुसन्धान गर्न प्रसिद्ध अमेरिकी स‌स्था ड्रग इन्फोर्समेन्ट एजेन्सी र अमेरिकी गूप्तचर संस्था फेडरल व्यूरो अफ इन्भेस्टिगेशनले भारतीय गुप्तचर संस्था सिवीआइलाई पारसको लागू औषध व्यपारबारे अनुसन्धान गर्न ‍आग्रह गरेको थियो।
अङ्रेजी भाषाका ती समाचार पढ्न यहा क्लिक गर्नुहोस।
एक
दूइ
तीन

दरवार हत्याकाण्डको छानबिन गर्न दरवारबाटै बनाईएको छानबीन समीतिलाइ पारसले आफुले लागूऔषध तत्कालिन यूवराज दिपेन्द्रलाई दिने गरेको समीति समक्ष बयान दिएका थिए। यूवराज पारसको लागू औषधको सम्लग्नता त उनैको बयानले पनि देखाउछ। स्मरणरहोस, दरबारबाटै गठित त्यस्तो समीतिले निश्पक्ष छनविन गर्न नसक्ने भन्दै नेकपा (एमालेका) महासचिव माधव कुमार नेपालले उक्त समीतिमा बस्न इन्कार गरेका थिए।  राजकुमार पारसले तत्कालिन यूवराज दीपेन्द्रलाई लागू पदार्थ दिएको समाचार हेर्नुहोस । असार २, २०५८ को कान्तिपूर दैनिक बाट साभार ।

युवराजाधिराजसगै गांजा र कालो पदार्थ हुन्थ्यो

काठमाडौं, १ असार कास
 तत्कालीन युवराजाधिराज दीपेन्द्रलाई उक्त राति शिखर चुरोटमा गाजा र अज्ञात पदार्थ हालेर दिने शाही अर्दली रामकृष्ण के.सी.ले उच्चस्तरीय छानवीन समितिसमक्ष युवराजाधिराजबाटै त्यस्तो पदार्थ दिइने र ऐनमौकामा पिइने गरेको बताएका छन्।समितिको प्रतिवेदनअनुसार उक्त राति ८ बजेर १९ मिनेट जादा युवराजाधिराजबाट चुरोट लगिदिन अह्राइएपछि केसीले पाच छ वटा 'माल भएको' चुरोट विलियर्ड हलको मुख्य ढोकामा लगी शाहज्यादा पारसलाई टक्र्याएका थिए।
त्यस्तो चुरोट आफूहरूले नै बनाउने गरेको र त्यसमा गाजा र सूर्तीका अलावा कालो पदार्थ पनि हाल्ने गरेको उनले सकारेका छन्। ती पदार्थ युवराजाधिराजकै खोपीमा हुने पनि उनले बताएका छन्। उनले वयानका क्रममा 'कालो पदार्थ'को मात्रा चुरोट हेरेर राख्ने गरेको पनि खुलाएका छन्।
उक्त राति शाहज्यादा पारसमार्फत युवराजाधिराजलाई टक्राइएको विशेष चुरोट कालो मिसिएको थियो र शाहज्यादा पारस हास्दै सवारी भएपछि केसीले टक्र्याएका थिए। त्यस दिन दिउसै दुइ तीन बजे युवराजाधिराजले त्यस्तो चुरोट बनाउन अह्राइबक्सेको उनले जनाएका छन्।त्यस्तो पदार्थ जतिबेला युवराजाधिराजबाट प्राप्त हुन्छ त्यति नै बेला चुरोट भरेर राख्ने गरेको उनले बताएका छन्। ड्युटी अदलीबदली हुने शाही अर्दलीमध्येका केसीले समितिसमक्ष दिएको वयानमा एक वर्षा त्यसरी जम्मा दुइ तीन पटक त्यस्तो चुरोट बनाएर दिएको जनाएका छन्।
युवराजाधिराज दीपेन्द्रलाई त्यसरी लागूपदार्थ सेवन नगर्न सुरक्षाकर्मीहरूले बेलाबेला सम्झाउने गरेको पनि समितिको प्रतिवेदनमा उल्लेख छ। मौसुफका करिव एघार वर्षघिदेखिका अंगरक्षक शाही सेनानि राजुकुमार कार्कीले समितिलाई दिएको वयानमा पार्टीमा 'गाजासाजा' लिइबक्सने गरेको बताएका छन्।
गाजा र कालो पदार्थका रूपमा चुरोटमा चरेश सेवन गर्ने शंका गर्दै आएका कार्कीले भनेका छन्- 'हामी ए.डि.सी.को नाताले सम्झाउथ्यौं- सरकार यस्तो चीज गरिबक्सनु हुदैन भनेर। हामीलाई नै सल्लाह दिइबक्सन्थ्यो चुरोट भन्दा यो राम्रो हो। पहिला मैले ड्युटी गर्दा एक दुइवटा लिइबक्सिदा म जहिले पनि तर्सिन्थे। सरकार यस्तो चीज त गरिबक्सनु भएन नि, किनभने हामी हुर्केको त त्यो खानु हुदैन भन्ने वातावरणमा हो। फेरि सेनाको जागिर त्यो त छुनु पनि हुन्न किनभने हामीले एकचोटी प्रयोग गर्‍यो भने हामी जागिरबाटै निकालिन्छ।'
एक डेढ वर्षौदेखि त्यस्तो सेवन बढ्दै गएको औंल्याउदै सेनानि कार्कीले भनेका छन्- 'पछि कस्तो नराम्रो हुदै गयो भने मान्छेको अगाडि नै ज्यूनार हुने। अरु अरु मान्छेको अगाडि नै। सामाजिक जमघटमै ज्यूनार भइदिने।' 'त्यो कालो कालो ढिक्का झिकेर हाम्रै अगाडि अर्दलीहरुलाई ल यो बवनाइदे भनेर भनेर आफैं त्यसबाट भाचेर दिने' गरिबक्सेको पनि कार्कीले बताएका छन्।