Dadiram Sapkota, Paris
(breaking report)

नेपाली सेनासंग भएको बेरता बन्दुक दाहिनेबाट तेस्रोमा सेतो गोलो भएको । यो बेरता सरकारी सेनाका हातमा पुगेको कुरा अत्यन्त गोप्य राखिएको छ।
ददिराम सापकोटा, पेरिस
(बिशेष रिपोर्ट)
भारत अमेरिका र बेलायतले राजाको निरंकुश सरकारलाई यतिबेला सैनिक र हातहतियार सहयोग रोक्का गरेका छन् । तर यतिखेरै इटालीमा निर्मित केहि हातहतियारहरु नेपाली सेनाको हातमा देखिएको तथ्य फेला परेको छ। इटालीबाट साप्ताहिक रुपमा प्रकाशित हुने लेस्प्रेस्सो पत्रिकाको फ्रेवुअरी २३ अंकमा बेरता कनेक्सन भन्ने शिर्षमा इटलीमा निर्मीत बेरता बन्दुकहरु मध्यपूर्व र एसियामा बिकृ गरिने गरेको उल्लेख छ। आलेखमा स्पष्ट ढंगले यि बन्दुक नेपाल पुगेको उल्लेख नभएपनि ब्रि्रोहीहरुको हातमा पुगेको भनि लेखिएको छ। इटलीका यि बन्दुकहरु नेपाल पुगेको कुरा फ्रान्सबाट निस्कने यूरोपको प्रसिद्ध पत्रिका ल मोंद दैनिकको मुल पृष्ठमा नेपाली सैनिकले ब्रेता बन्दुक बोकेको तस्विर छापिएपछि इटालीका पत्रकारहरुले यि हतियारहरु नेपाल पुगेको पत्ता लगाएका हुन् । ल मोंद मा फस्वाज सिपो नामका पत्रकारले नेपालबारे एउटा आलेख छापेका थिए फर्वरी ९ का दिन काठमाडौ डेटलाइनबाट। जतिबेला नेपालमा माओवादीहरुले बन्दको आव्हान गरेका थिए। उक्त दिनको आलेखमा एउटा तस्विरपनि थियो खाली सडकमा बन्दुकधारी तीन सैनिकको। त्यसमा इटालेली पत्रकारहरुले बेरता बन्दुक देखेपछि नेपालमापनि बेरता पुगेको पत्तो पाएका हुन् ।
इटालीको दोभ मासिक र दि ला रेपुव्लिक देल्ले दोने पत्रिकाकी पत्रकार पावला भालाता इटालीमा निर्मीत बन्दुक नेपाल पुगेको देखेर आफू चकित भएको बताउछिन् । फ्रान्सेली अखवारमा बेरताको फोटो छापिएपछि स्पष्टै छ कि हाम्रा बन्दुकपनि नेपाल पुगेछन् । कसरी कहिले र कति पुगे भन्ने कुरा हामीले अहिलेसम्म्ा पत्ता लगाउन सकेका छैनौं ' यो बन्दुक नेपाल पुगिसकेको कुरामा इटालीले पत्रकारहरु किन बिश्वस्त छन् भने उक्त बन्दुकबारे जिज्ञासा राख्दा बेरता कम्पनी सम्पर्कमा आउनै चाहेन। आफूले यो बारेमा जिज्ञासा राख्दा कम्पनीका अधिकारीहरु र्सम्पर्कमा नआएको बताउदै उनले थपिन् -मैले बेरता संग पटक पटक सम्पर्क गरे तर यो हतियार र नेपालको सम्वन्ध बारे भन्ने बित्तिकै उनीहरु सम्पर्कर्मै आएनन।
लेस्प्रेसोका अनुसार अमेरिकी राष्टपति जर्ज डव्लु बुशका खलक इटालेली नागरिक उगो गुस्साली बेरता का नामबाट यो कम्पनीको नाम पनि बेरता नै राखिएको हो। यो बन्दुक नौ बोर क्यालिवर, बेरता ३४, बेरता ९२ लगायत बिभिन्न्ा क्षमताका सिकार खेल्ने देखि यूद्ध खेल्ने सम्मका बिभिन्न थरीका पाइन्छन्। अमेरिकी राष्टपति र निकटका मानिसहरुले शिकारकालागि समेत यहि बन्दुक चलाउछन्। नौ बोरको बेरतालाई प्रतिगोटा दुइ शय ६३ अमेरिकी डलर अर्थात १९ हजार नेपाली पर्ने उल्ल्ोख छ। यो कम्पनी बिश्वकै सबैभन्दा पुरानो आधुनिक बन्दुक कम्पनी रहेको बताइएको छ। यसका बन्दुकहरु सन् १५१२ देखि प्रयोग हुन थालेको छ । कम्पनीका केही कर्मचारीहरुबाट केही बन्दुकहरु हिनामिना भएपछि त्यहाको अदालतमा यस कम्पनीले मुद्धा खेपिरहेको छ । इराक युद्ध अगाडी पानी जहाज मार्फ इराकमा ठूलो सख्यामा यिनै बन्दुकहरु पुर्याइने गरेको र युद्ध पश्चात त्यहाको व्यपार घटेकाले हालका मालिक पिटर बेरताले त्यहा नया तरीकाले बन्दुक ब्रि्री गर्न जर्जबुश संग भित्र भित्रै आग्रह गरिरहेको बताइएको छ।

बेरताको अर्को किसिम
रमाइलो कुरा के छ भने यो कम्पनीका मालिक अमेरिकामा १० दिन बिताउछन् हरेक महिना र जर्ज बुशका परिवार संगै उनी शिकारमा जान्छन्। अनि बुशका मित्रहरु मिलेर नेशनल राइफल एसोसिएसन भन्ने एक संस्था खोलेका छन्। बाहिर देखाउनकालागि यिनीहरुले आत्मसुरक्षालागि हतियार भन्ने नाराको लवी गर्छन् र भित्र भित्र भने हतियारको व्यपार गर्छन्। यि गुशाली बेरताले अमेरिकाको मेरिल्यान्डमापनि यहि हतियार कारखना खोलेका छन् जसले अमेरिकी प्रान्तीय प्रहरीलाई हतियार आपूर्ती गर्छ त्यसैगरी फ्रान्सेली प्रहरी र स्पेनका सिभील गार्डहरुलाईपनि उपलब्ध गराउछ। यसैगरि भोलि बुधवार एक फ्रान्सेली सिनेटरसङ्ग राजकुमार परसले यहाको उपल्लो सदनको एक कक्षमा गोप्य वार्ता गर्दै छन। सो वार्ता महेन्द्र प्रकृति सम्रक्षण कोषको पेरिस शाखा गठनका लागि भनिए पनि हतियार खरिद गर्न एजेन्टहरुको खोजिका लागि हुनलागेको हो। नेपालका उच्च सरकारी अधिकारीहरुसङ्ग बर्षौ नेपाल बिताएका एक फ्रान्सेली नागरिकका अनुसार पूर्व सेनाप्रमुख प्रज्ज्वल्ल शमशेर राणालाइ राजाले नेपालका निम्ति फ्रान्सको राजदूत नियुक्त गर्नुको मूल कारण पनि युरोपेली हतियारको चाजोपाजो मिलाउनकै लागि हो। बेरता गन बारे निस्केको इटाली भाषाको समाचार हेर्न मन लागे यहा क्लिक गर्नसक्नुहुन्छ।