Rewati Sapkota, New Delhi
रेवती सापकोटा
विचार /विवेचना

कानमा खुसुक्क के कुरा होला ? अमेरिकी राष्ट्रपति बुश र भारतिय प्रधानमन्त्री मनमोहन शिंह। तस्विर: विवीसी हिन्दी सेवा
अमेरिकी राष्ट्रपति जर्ज बुश अहिले भारत भ्रमणमा छन। उनले नेपालको बारे दूइ बाक्य भनेपनि बोले । नेपालको राजनीतिबारे 'राजाले दलहरुसंग वार्ता गर्नुपर्ने र माओवादीले हतियार त्याग्नपर्ने' भन्ने बाक्य नै उनले नेपालबारे बोलेको पूरा बाक्य हो। उनले नेपाल बारे यति बोल्नुअघि उनले भारतले छिमेकी मुलुकहरुमा उदाइरहेका नयाँ प्रजातन्त्रहरूलाई समर्थन गरेकोमा र 'प्रजातन्त्र भर्खर उदाएको अफगानिस्तानलाई पुनः निर्माण सहयोगस्वरूप ५६ करोड' दिएकोमा धन्यवाद दिए। भलै उनले भारतले दक्षिण एसियामा फैलाइरहेको प्रभुत्व र छिमेकी मुलुकहरुलाई चिढाइरहेको प्रसंगबारे आखा चिम्ले।
अमेरिकी राष्ट्रपतिका माथिका दुइ भनाइलाई एकै ठाउ राखेर हेर्ने हो भने नेपालका सन्दर्भमा अमेरिकाले कि त भारतले चाहे अनुसार माओवादी सहितको निकाशलाई समर्थन दिनुपर्ने देखिन्छ भने कि त भारतले अमेरिकाले झैं दल र राजा मिल्नुपर्ने बताउदै माओवादीहरुलाई फेरि एक्लाउने काम गर्नेछ। more »