Rewati Sapkota, New Delhi
रेवती सापकोटा
विचार /विवेचना

कानमा खुसुक्क के कुरा होला ? अमेरिकी राष्ट्रपति बुश र भारतिय प्रधानमन्त्री मनमोहन शिंह। तस्विर: विवीसी हिन्दी सेवा
अमेरिकी राष्ट्रपति जर्ज बुश अहिले भारत भ्रमणमा छन। उनले नेपालको बारे दूइ बाक्य भनेपनि बोले । नेपालको राजनीतिबारे 'राजाले दलहरुसंग वार्ता गर्नुपर्ने र माओवादीले हतियार त्याग्नपर्ने' भन्ने बाक्य नै उनले नेपालबारे बोलेको पूरा बाक्य हो। उनले नेपाल बारे यति बोल्नुअघि उनले भारतले छिमेकी मुलुकहरुमा उदाइरहेका नयाँ प्रजातन्त्रहरूलाई समर्थन गरेकोमा र 'प्रजातन्त्र भर्खर उदाएको अफगानिस्तानलाई पुनः निर्माण सहयोगस्वरूप ५६ करोड' दिएकोमा धन्यवाद दिए। भलै उनले भारतले दक्षिण एसियामा फैलाइरहेको प्रभुत्व र छिमेकी मुलुकहरुलाई चिढाइरहेको प्रसंगबारे आखा चिम्ले।
अमेरिकी राष्ट्रपतिका माथिका दुइ भनाइलाई एकै ठाउ राखेर हेर्ने हो भने नेपालका सन्दर्भमा अमेरिकाले कि त भारतले चाहे अनुसार माओवादी सहितको निकाशलाई समर्थन दिनुपर्ने देखिन्छ भने कि त भारतले अमेरिकाले झैं दल र राजा मिल्नुपर्ने बताउदै माओवादीहरुलाई फेरि एक्लाउने काम गर्नेछ। तर शंका र आशंकाहरुकाविच अहिले नै यसै होला भन्न असंभव देखिएपनि मांओवादी र दलहरुविच फेरि वार्ता हुने संकेत भने बुशको भारत भ्रमण भइरहेका बेला दिल्लीमा नेपाली नेताहरुको आगमनले देखाएको छ। नेपाली काँग्रेस प्रवक्ता कृष्ण सिटौला नयाँ दिल्ली आईपुगेका छन भने एमाले नेता झलनाथ खनाल छिटै दिल्ली आउंदैछन्। अनुमान अनुसार गत नोभेम्बरमा नयाँ दिल्लीमा नै भएको समझदारीलाई फराकिलो बनाएर लैजानमा केन्द्रित हुनेछ।
दिल्लीमा बुशको भनाई उनका नेपाली राजदुत जेम्स एफ मोरियार्टीकै भनाइको निरन्तरता हो भन्ने कुरा हामीले मान्नुपर्छ। किनभने आफ्ना राजदूतको भनाइ विपरित गएर बुसले बोल्ने सामर्थ्य राख्दैनन। १२ बूदे सहमतीलाई मोरियार्टीले दूर्भाग्यपूर्ण भन्नु, आन्दोलनले शिथिलता पाउनु, तीन बर्षअघि फुटेका काँग्रेसलाई जोडने प्रयास थाल्नु र बामपन्थी दलहरुलाई किनारा लगाउनु अनि बुशको यो भनाई आउनु सबै एक अर्कामा परिपुरक छन्। कतै माओवादी र सात दलको एकता प्रयासमा बुसले भारतलाई भांझो हाल्न लगाउने होइनन भन्ने शंका बढिरहेको छ। बुश कम्युनिष्टहरु प्रति कति अनुदार छन भन्ने कुरा एकातिर बर्माकी लोकतन्त्रबादी नेतृ आङसाङ सुकीको नाम उच्चारण गर्न पछि परेनन तर नेपालमा स्थान हदमै रहेका एमाले महासचिवको बारेमा केहि पनि बोलेनन।
यसैगरी बिहिबार हैदराबाद हाउसमा प्रधानमन्त्री मनमोहन सिंहसँग बुशको छलफल र परमाणु सम्झौतामा हस्ताक्षर भईरहदा दिल्लीका गल्लीहरुमा बामपन्थी दलका नेता तथा कार्यकर्ताहरु बुशको बिरुद्ध नाराजुलुस गरिरहेका थिए।बामदल मात्र होइन, मुसलमानहरु पनि बुशको बिरुद्धमा उत्रिएका छन। साँझ राष्ट्रपति भवनको रात्रीभोजमा पनि बामदलका कुनै पनि नेताहरु सहभागी थिएनन। 'अमेरिका भारतिया आंप खान आतुर छ' भन्दै बुसले अमेरिका र भारत सम्वन्ध नाटकीय रुपमा अगाडी बढीरहेको बताएर महाशक्ति राष्ट्र बन्न अग्रसर चीनलाई तर्साउन खोजेका छन्।
अमेरिकाले नेपाल र भारतको राजनीतिलाई अन्यौलपूर्ण बनाउन प्रयास गरिरहेको छ। नेपालमा शेरबहादुर देउवालाई प्रयोग गर्दैछ भने भारतमा मनमोहन सिंहलाई प्रयोग गरिरहेको छ। भारत अमेरिका परमाणु सम्झौताले भारत सरकार र त्यो सरकारका अक्सिजनको रुपमा देखिदै आएका बामपार्टीका बीचको दुरीपनि बढाएको छ। किनभने विद्युत उर्जाको ठूलो संकट व्यहोरिरहेको भारतसंग अमेरिकीले आणविक समझदारिमा हस्ताक्षर गरेको छ जसले भारतिय राजनीतिमा दुरगामी प्रभाव पार्ने खालको छ। यसले गर्दा उनीहरुको बीचको चिसोपना सडकमै पोखिएको छ। हिजोको प्रदर्शनमा गठबन्धन सरकार बिरुद्ध उनीहरुले लगाएका नाराले पनि यो देखाउछ। प्रदर्शनमा बाम पार्टी संगसंगै समाजवादी पार्टीकोपनि सहभागीता रहेको थियो। काँग्रेस आईले यो सम्झौतालाई र्समर्थन गर्दै प्रधानमन्त्री मनमोहन सिंहलाई बधाई पनि दिएको छ।
तर यहि कारणले भारतको गठबन्धन सरकारबाट बामपन्थी दलहरुले हात झिके भने नेपालका लोकतान्त्रिक दलहरुले भारतबाट पाईरहेको एकयबद्धता गुमाउन सक्छन। नेपालका राजाले भारत सरकारको र्समर्थन पाउन सक्छन। एक बर्षेखि भारत सरकारले नेपाललाई दिदै आएको सहायता रोक्नुमा बामपन्थी दलहरुको ठूलो हात छ। तैपनि भारतीय बामपन्थी दलहरुलाई युपिए गठबन्धन सरकारले जति सुकै चिढाए पनि उनीहरु यो सरकारलाई दिएको र्समर्थन झिक्न अझै तयार देखिएका छैनन। त्यसो हुनुको प्रमुख कारण भनेकै बिजेपीलाई सत्तामा पुरयाउन नचाहनु हो।
सापकोटा दिल्लीमा कार्यरत नेपाली पत्रकार हुन्।