कविता
९ माघ' कालो दिनमा, वसन्तपुर गयौँ
निरंकुशताको विरोध गर्दै, गिरफ्तारी दियौँ ।
पत्रकार-मानवाधिकार, सातै दलका हामी
घिसारियौँ-पछारियौँ, पुलिसको बुट मुनि ।।
सेनाहरु ठिक्क थिए, गोली चलाउन
चारैतिर घेरा हाले, हामीलाई दबाउन ।
लोकतन्त्रको विगूल फुक्दै, गिरफ्तारीमा पर्र्यौँ
कालो दिनको विरोध गर्दै,
जेल पनि भर्यौँ।।
राजा भन्छन् शान्ति भा'छ, पाल्पा जलेको छ
नेपालीको घरघरमा, शोक परेको छ ।
लोकतन्त्र ल्याउन हामी, सधैँ लागिपर्र्छौँ
बन्दीघरका चिसा कोठा, हामी सबै
भर्र्छौँ ।।
नन्दकृष्ण जोशी
महिला विकास प्रशिक्षण केन्द्र,
ललितपुर २०
माघ २०६२, विहीबार
जोशी नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यकर्ता हुन्।