कैलाली कारागारमा फेरि माओवादी आक्रमण
by
Nepal Info
on Sat 04 Mar 2006 05:10 PM CET |
Permanent Link
|
Cosmos
Maoists attack Kailai prison
धनगढी, फागून १९
के छ त्यस्तो कैलाली कारगारमा जहा माओवादीले लगातार आक्रमण गर्ने? के कारण छ त्यस्तो यो कारगारलाइ लगातार निशाना बनाउनु पर्ने? माओवादीको कुनै पोलिट्ब्युरो सदस्यनै छ कि के हो यो कारागारमा ? यस अगाडिपनि यो कारागारमाथि माओवादीले कम्तिमा दूई पटक हमला गरिसकेकै हुन। फेरि हिजो शुक्रवार सम्साझै ७ पनि नबज्दै माओवादीले कैलाली कारागारमा आक्रमण गरेको स्वतन्त्र समाचार सेवाले जनाएको छ। आक्रमणमा दूई जना प्रहरी हवल्दार मारिएका छन् भने तीन जना र्घाईते भएका छन्। उता अञ्चल प्रहरी कार्यालय धनगढीमा बाहिरबाट गोली आएपछि त्यसको प्रतिकारमा प्रहरीले गोली चलाउदा दार्चुला घर भएका प्रहरी हवल्दार दिर्घ महराको मृत्यु भएको छ। कारागारमा मारिने पहरी हवल्दार डडेल्धुरा - ५ घर भएका खेमराज पनेरु रहेका छन्। घाइते हुनेहरुमा कारागारमा कार्यरत प्रहरी हवल्दार धर्मराज थापा, जवान मिन बहादुर रावल र जवान मोहन महरा रहेका छन्। थापाको टाउको र खुट्टामा गोली लागेको छ भने रावलको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरु कारागारबाट नजिकै रहेको स्थानीय बासिन्दा स्माईल आरिफको घरको छतमा ड्युटी बस्न जादा उनीहरु माथि एकाएक माओवादीले गोली चलाएका थिए। सधैजसो कारागारका प्रहरीहरु स्थानीय बासिन्दा स्माईलको निवासमा डयुटी बस्न जाने गरेको बताइएको छ। अञ्चल प्रहरीमा मारिने महरालाई कसको गोली लाग्यो त्यसको अनुसन्धान भईरहेको अञ्चल प्रहरी कार्यालयका एसएसपी लोक बहादुर कार्कीले बताउनुभयो। सम्साझै भिडन्त शुरु भएपछि स्थानीय बासिन्दाहरुले आ-आफ्नो व्यापार व्यवसाय समेत अलपत्र छोडेर भाग्नु परेको थियो।