प्रहरी जवान हतियार सहित छिरे माओवादीमा
by
Nepal Info
on Tue 07 Mar 2006 11:00 AM CET |
Permanent Link
|
Cosmos
A security man joints Maoists with his arm
धनगढी, फागून २३
उसै त माओवादीले अनेक खालका बम ठाउठाउमै राखेर हैरान् पारेका छन् सुरक्षा अधिकारीलाइ। तराईको समथर भूभाग र पहाडी भागदेखि च्याप्दै ल्याएर खुम्च्याउदै छन राजधानीतिर एकै ठाउमा । सदरमूकाममै हमला गरेर सेना र प्रहरीका हतियार लुट्नसम्म लुटेर तिनैमाथि हमला गरिरहेका छन् माओवादीले। उता सात दलको अन्दोलनले हैरन त परेकै छ यो निरन्कुश सरकार। विध्यार्थिहरुको टायर बाल्ने र ढुङ्गा मुढाको अन्दोलनले त झन हायल कायाल परेकै छ। अन्तराष्टिय समूदायले असहयोग गर्ने क्रमत जारिनै छ। यस्तो बेला आफैले आतंककारिसंग लडाउन भनेर बषौको तालिम र तलब दिएर भर्ती गरेका सुरक्षाकर्मिनै उल्टो तिनै 'आतङ्ककारी' सङ्ग मिलपछी परेन त सरकारलाई आपत? झन लड्न दिएका हतियारनै बोकेर मओवादीसङ्ग लागेपछि सरकारले विश्वास गर्ने को बाकी रह्यो? यसै त गरिदिए नी कैलालीको बनवेहडास्थित वडिमालिका सशस्त्र प्रहरी गणमा कार्यरत सशस्त्र प्रहरी जवान रुद्रराज गिरीले। एसएलआर र्राईफल र दूई सय राउण्ड गोली सहित माओवादीमा उनी सुईकुच्चा ठोकेका छन। गिरी शनिवार विद्रोहगरी माओवादीमा गएको स्रोतको दावी छ। गिरीको घर सूर्खेत वडा नं ८ काडाखेत हो। प्रहरी जवान गिरी राइफल र गोली लगेर कैलालीको पहलमानपुरसम्म पुगेको प्रत्यक्षदर्शीले बताए। 'सशस्त्र प्रहरी संगठन भित्रको दमन र अत्याचार सहन नसकि आफू माओवादीमा गएको' प्रहरी जवानले बताएको स्रोतको दावी छ। कैलाली कारागारमा माओवादीले आक्रमण गरेकै राती ती प्रहरी जवान गिरी माओवादीमा गएका थिए। यस सम्वन्धमा सशस्त्र प्रहरी गण वनवेहडामा सर्म्पर्क राख्न खोज्दा सर्म्पर्क हुन सकेन्। यद्यपि जिल्लास्थित एक जना सुरक्षाअधिकारीले भने सो घटना स्वीकारेका छन्। स्वससे