Maoists attack on mobile security forces in Dang and Bharatpur


 चितवन, २५ फागुन
      पछिल्लो युद्धविरामयताको लामो सून्यता तोड्दै माओवादीले हिजो चितवन भरतपूरको को व्यस्त सडकमा बुधबार विहान सुरक्षार्मीमाथि नाटकीय ढङ्गबाट आक्रमण गरे। आक्रमणमा दुइ सैनिक मारिनुका साथै नेपाल प्रहरीका एक सिपाही घाइते भएका छन्। मारिनेमा सेनाका एक अमलदार र एक सिपाही रहेको फष्ट राइफल गण भरतपुरले जनाएको छ। घाइते संखुवासभाका प्रहरी जवान टेकवहादुर सुनारको मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ।करिव १० जनाको संख्यामा रहेका माओवादी लडाकुहरुले र्सार्वजनिक यातायातको एउटा माइक्रोबस प्रयोग गरी राजधानीबाट नेपाल आवागमनमा व्यस्त भरतपुर बाइपास मार्गमा पैदल गस्ती गरिरहेका सुरक्षाकर्मीहरुलाई विहान साढे दश बजे जिल्ला हुलाक कार्यालय अगाडि आक्रमण गरेका थिए । माओवादीको अक्रमणपछि कृषि विकास बैंक, मालपोत, नापी, शिक्षा, आन्तरिक राजस्व लगायतका महत्वपूर्ण सरकारी कार्यालय क्षेत्र अगाडि १५ मिनेटसम्म चलेको दोहोरो गोली हानाहानले वरपरका वासिन्दा आतंकित भए। नगरका चारैतिर कडा सुरक्षा जाँच हुने गरेको अवस्थामा सदरमुकामको सबैभन्दा व्यस्त ठाउँमा एउटा माइक्रोबसभरि आएका हतियारधारी माओवादीले सुरक्षागस्तीमाथि हमला गरेका हुन्।
बा १ ख ९३०४ नम्बरको भाडाको माइक्रोबसमा आएका माओवादीहरुले पैदल सुरक्षागस्ती टोलीलाई बसभित्रैबाट आक्रमण शुरु गरेको एक प्रत्यक्षदर्शी महिलाले वताइन्।   more »