Maoists attack on mobile security forces in Dang and Bharatpur


 चितवन, २५ फागुन
      पछिल्लो युद्धविरामयताको लामो सून्यता तोड्दै माओवादीले हिजो चितवन भरतपूरको को व्यस्त सडकमा बुधबार विहान सुरक्षार्मीमाथि नाटकीय ढङ्गबाट आक्रमण गरे। आक्रमणमा दुइ सैनिक मारिनुका साथै नेपाल प्रहरीका एक सिपाही घाइते भएका छन्। मारिनेमा सेनाका एक अमलदार र एक सिपाही रहेको फष्ट राइफल गण भरतपुरले जनाएको छ। घाइते संखुवासभाका प्रहरी जवान टेकवहादुर सुनारको मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ।करिव १० जनाको संख्यामा रहेका माओवादी लडाकुहरुले र्सार्वजनिक यातायातको एउटा माइक्रोबस प्रयोग गरी राजधानीबाट नेपाल आवागमनमा व्यस्त भरतपुर बाइपास मार्गमा पैदल गस्ती गरिरहेका सुरक्षाकर्मीहरुलाई विहान साढे दश बजे जिल्ला हुलाक कार्यालय अगाडि आक्रमण गरेका थिए । माओवादीको अक्रमणपछि कृषि विकास बैंक, मालपोत, नापी, शिक्षा, आन्तरिक राजस्व लगायतका महत्वपूर्ण सरकारी कार्यालय क्षेत्र अगाडि १५ मिनेटसम्म चलेको दोहोरो गोली हानाहानले वरपरका वासिन्दा आतंकित भए। नगरका चारैतिर कडा सुरक्षा जाँच हुने गरेको अवस्थामा सदरमुकामको सबैभन्दा व्यस्त ठाउँमा एउटा माइक्रोबसभरि आएका हतियारधारी माओवादीले सुरक्षागस्तीमाथि हमला गरेका हुन्।
बा १ ख ९३०४ नम्बरको भाडाको माइक्रोबसमा आएका माओवादीहरुले पैदल सुरक्षागस्ती टोलीलाई बसभित्रैबाट आक्रमण शुरु गरेको एक प्रत्यक्षदर्शी महिलाले वताइन्। जवाफमा संयुक्त सुरक्षाफैजको टोलीले पनि बसको अघिल्तिरबाट उनीहरुमाथि गोली प्रहार गरेको थियो। त्यसपछि आक्रमणकारीहरु आकस्मिक बत्ती बलिरहेको बसलाई बीच सडकमै छाडेर त्यहाँबाट पूर्वतर्फभागेका थिए। भाग्ने क्रममा उनीहरुले र्सवसाधारणका तीनवटा मोटरसाइकल जबर्जस्ती कब्जा गरी लगेका छन्।त्यसरी लुटिएकामध्ये अन्नपूर्ण पोष्ट दैनिकका नारायणगढ स्थित बजार अधिकृत अनिल रेग्मीको वा २० प ८६७९ नम्बरको लिबेरो यामाहा र भरतपुर-८ गौरीगञ्ज निवासी नन्दराम बिकको ना ६ प ४७७८ नम्बरको सिटी हण्ड्रेड छन्। पत्रिकाको कामले सौराहा जान लागेका रेग्मी र साथी भेट्न हिंडेका बिकले आफूहरुलाई हतियार देखाएर माओवादीले जबर्जस्ती मोटरसाइकल कब्जा गरेको वताएका छन्। सञ्चार संस्थाका कर्मचारी र र्सवसाधारणबाट अपहरित मोटरसाइकल यथाशीघ्र फिर्ता गर्न चितवनका विभिन्न संघसंस्थाहरुले माओवादीसँग माग गरेका छन् ।
      आक्रमणमा प्रयोग भएको माइक्रोबस पूर्वी चितवनको भण्डारा निवासी द्वारिका वैद्यको हो। उक्त माइक्रोबसलाई विहेको निधो गर्न रिजर्ब लिएर पश्चिमी चितवनको मेघौली जाने भनी एक समूहले बुधबार विहान २ हजार ५ सय रुपियाँ भाडामा लिएको गाडीधनी वैद्यले वताएका छन्। गाडीचालक सेनाम लामा साँझसम्म सर्म्पर्कमा आएका छैनन्। माइक्रोबसको अघिल्तिर शिशामा गोलीले नौवटा प्वाल पारेको छ। घटना लगत्तै त्यहाँ सुरक्षाकर्मीहरु पुग्दा गाडीका आकस्मिक बत्तीहरु बलिरहेका थिए।
      सुरक्षाकर्मीको प्रतिकारमा माओवादीतर्फा पनि केहीलाई गोली लागेको हुनसक्ने अनुमान घटनाका प्रत्यक्षदर्शीहरुले गरेका छन्। आक्रमणपछि भागेका माओवादी खोज्न सुरक्षाकर्मीहरुले घटनास्थलको चारैतिर घेरा हालेको भएपनि साँझसम्म उनीहरु फेला नपरेको संयुक्त सुरक्षा वेस क्याम्प भरतपुरले जनाएको छ। घटनापछि जिल्लाका सबै सुरक्षा निकायहरुमा उच्च र्सतर्कता अपनाइएको छ भने जिल्लामा सञ्चालित पोष्ट पेड र प्रिपेड दुवै थरी मोबाइल फोन अनिश्चित समयसम्मका लागि काटिएका छन्।
दाङमा विष्फोट, तिनको मृत्यु छ घाईते
स्वतन्त्र समाचार सेवाले जनाएअनुसार आजविहान दाङ घोराहीको ट्राफिक चोक नजिकै वम विष्फोट हुँदा ३ सुरक्षाकार्मीको मृत्यु भएको छ। विष्फोटमा परि ५ जना सुरक्षाकर्मी र एक र्सवसाधारण समेत घाईते भएका छन्। सुरक्षा चेक पोष्ट राखिएको त्यस स्थानमा माओवादीले गएराति राखेको वम विहान विष्फोट भएको वताइएको छ। विष्फोट विहान आठ वजे पछि तिन पटक सम्म भएको थियो। घटनामा र्घाईते भएका सुरक्षाकर्मीहरुको घोराही स्थित महेन्द्र अस्पतालमा उपचार भैरहेको छ। घाइते सुरक्षाकर्मी मध्ये केहीको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ। घाईते र्सवसाधारणको अवस्था सामान्य रहेको वताइएको छ। मृत्यु हुने र घाईते सुरक्षा कर्मीहरुको नाम र दर्जा अहिलेसम्म खुलाइएको छैन। अहिले घटना स्थल वरिपरि सुरक्षा र्सतकता बढाइएको छ।