View Article  भारतलाई गिरीजाले के दिदैछन्
What is behind the huge packet ?


हरेकपटक नेपालको सत्ता परिवर्तन हुनासाथ भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीहरुको पुरानो चलन नै हो। यसपटकपनि प्रधानमन्त्री भएकै दोश्रो सातामा प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला भारत भ्रमणमा जादैछन्। मइ महिनाको तेस्रो सातासम्म भारतिय संसदको अधिवेशन चलिरहनेहुदा यहि मौका पारेर गिरीजा उता जान लागेका हुन्।  हिन्दी भाषामा प्रकाशित बिबीसीको वेभ साइटमा यो जनाइएको हो ।
नेपालका प्रधानमन्त्री भएका हैसियतले भारत भ्रमण गर्नु नेपालीकालागि आपत्तीको विषय होइन तर  प्रजातन्त्र आएको हरेक समयमा भारतलाई नेपालको केहि न केहि चिज दिएर खुसी पार्दै आएको नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले यो पटकपनि भारतलाई केहि नदेला भन्न सकिन्न। त्यसैले नेपाली जनताले प्रधानमन्त्री कुन उदेश्यकालागि भारत जादैछन् भन्ने कुरा थाह पाउनै पर्छ। नत्र भने टनकपूर कान्ड या कोशी व्यारेज संझौता जस्ता घातक कुरा नेपालीले फेरि सहन पर्ने हुन्छ।

View Article  सम्बिधान सभाकालागि पेरिसमा बहस
A discussion programme in Paris for Constituent Assembly

भोली सोमबार फ्रान्सको राजधानी पेरिसमा प्रजातन्त्रवादी युवाहरुले एक पिकनिकका साथै वर्तमान अवस्थामा प्रवाशी नेपालीहरुले खेल्न सक्ने भूमिका बारे छलफल समेत राखिएको छ।
नेपालमा लोकतन्त्र आयो भनिए पनि अधिकाम्श पेरिसवाशी युवाहरुको धारणा भने फरक पाइएको छ। अधिकाम्शले नेपालबाट आन्दोलनकै बलमा राजतन्त्रलाइ फाल्नु पर्ने तर्क गर्दै आएका छन्।   निसर्त सम्बिधान सभाको चुनावगरि माओवादिलाइ राजनीतिको मूल धारमा ल्याउन नसके अहिलेको सम्सद स्थापनाबाट देशको समस्या समाधान हुन नसक्ने बरु धोका हुनसक्ने धारना उनिहरुको छ।
त्यसैले पनि नेपालमा सम्बिधान सभाको चुनावकालागि कसरि याहाका नेपालीहरुले भुमिका खेल्न सक्छन् भन्ने बारेमा पनि छलफल हुने बताइएको छ। यसका लागि आआफ्ना सङ्सम्स्थाको तर्फबाट ब्यानर, पोष्टर र प्रजातन्त्रका पक्षमा प्लेकार्डहरु लिएर उपस्थित हुन नेपाली तथा यहाका नेपालप्रेमी फ्रान्सेलीहरुलाइ आभ्वान  आव्हान गरिएको छ। त्यसको लागि एक समीतिनै बनेको छ। जसमा निर्मल अर्याल, सुमन कार्की, बिनोद खकुरेल र सुवर्ण क्षेत्री छन।
पिकनिक परिसस्थित प्रसिद्द पार्क सातो द भासेन को बुद्द गुम्बा नजिक राखिएको छ।  यो कार्यक्रम सकिएपछि मे १ बिश्व मजदूर दिवशका उपलक्ष्यमा यहाको प्रसिद्दस्थल प्लास द ला रेपुब्लिक भन्ने ठाउमा फान्सका अन्य सङ्गठनसङ्गै जुलुशमा मिसिएर नेपालको प्रजातान्तृक आन्दोलनकको लागि प्रदर्शन गरिने छ। त्यसको लागि प्राजतन्त्रवादि नेपालीहरु बिभिन्न नारा, प्लेकार्ड र नाराहरु बनाउन यहा आज जुटेका छन।

View Article  राजाले सम्मान गरेका हुन या फसाउने चाल

Constituent assembly proposal passed in HoR

राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाबीच बोलचाल र हेराहेर नभएको धेरै समय भएको थियो । उनीहरुबीच भेटघाट हुन कोइराला प्रधानमन्त्री हुनै पर्‍यो । उनीहरुको आज चाहिं राम्रैसंग भेट भयो, त्यो पनि नारायणहिटी राजदरबारमै । कोइराला अस्वस्थ छन, त्यही कारण हो वा किन राजाले उनलाई समातेर कुर्सीमा बसाए, अनिमात्र राजा बसे । यसले राजा जनताको छोरासंग नरम भएको देखियो । उनले कोइरालाको हारुदिकतापूर्वक स्वागत गरे, त्यो पनि दरबारमा । तर सत्य खोज्न बांकी छ । सत्ताको भोक नमेटेका राजाले जनताको छोरोलाई सम्मानै गरेको हो या फसाउने चाल चलेको हो । जनताको कांध चढेर प्रधानमन्त्री भएका कोइरालाले राजाबाट सपथ खान नहुने सडकको आवाज लत्याएका छन ।   more »

View Article  जनआन्दोलन दबाउनेहरु अझै सांसद

 जनआन्दोलन-२ मा दमन गर्ने अभियुक्तहरुलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने पुनस्थापित प्रतिनिधि सभामै नौ जना सांसद यस्ता छन, जो २०४६ सालको जनआन्दोलनमा दमन गर्नेको सूचीमा थिए ।
उति बेला मल्लिक आयोगले डामेका नौ जना वर्तमान मन्त्रिपरिषद्मा छन । २०४६ को जनआन्दोलन दबाउने भनी मल्लिक आयोगले नरबहादुर बुढाथोकी, बद्रीप्रसाद मण्डल, मृगेन्द्रकुमार सिंह यादव, पशुपतिशम्शेर राणा, र्सर्ूयबहादुर थापा, कृष्णचरण श्रेष्ठ, बेनुपराज प्रर्साई, दिलबहादुर लामा, शरदसिंह भण्डारीको नाम किटेको थियो ।

डोल्पाबाट निर्वाचित सांसद बुढाथोकीको पद रिक्त राख्न एमाले पार्टीले संसद सचिवालयलाई पत्राचार गरिसकेको छ । जनआन्दोलन-२ समेत दबाउने मोरङ्ग-७ का सांसद एवं सद्भावना पार्टी अध्यक्ष मण्डल र त्यही पार्टीका सदस्य सप्तरी-५ का यादव निरंकुश शाही सत्ताको नयां संरचना क्षेत्रीय प्रशासक थिए । मण्डल शाही मन्त्रिपरिषद्का सदस्य समेत थिए ।   more »

View Article  युवराज पारसलाइ फासी दिनुपर्छ

Crown prince’s another crime

'पारस चोर देश छोड, पारस गुण्डा रुखमा झुण्डा' नेपालका उदण्ड र उछृंखल युवराज पारस विरुद्ध सडकमा यस्ता नारा लाग्दा लाग्दै आन्दोलन रोकिएको छ । ती नाराले सार्थकता पाएका छैनन । जनताले पारसलाइ झुण्डाउनै पर्ने स्थिति छ । विगतमा पटकपटक सार्वजनिक स्थलमा गोली चलाउने, सर्वसाधारणलाइ कुटपिट गर्ने र गायक प्रविण गुरुङको हत्या गरेको धेरै भएको छैन । हुन त यिनले उसैको ठूला बाका तर्थात तल्कालिन राजा विरेन्द्रको वंशकै पनि 'स्वचालित हतियार प्रयोग गरी' हत्या गरेकै हुन । यी अन्तराष्ट्रिय अपराधी हुन । तर राजाको छोरा भएकै कारण उनी जतिसुकै गुण्डा, कालोपदार्थ सेवक र जनता मार्दै हिडे पनि ...   more »

View Article  लोकतन्त्रलाई बुझ्ने प्रश्न - एक
डा. मथुरा प्रसाद श्रेष्ठ

A question of understanding the complete democracy
Dr. Mathura Prasad shrestha,
senior human right leader



बिचार/ बिबेचना
लोकतन्त्र, मानवअधिकार, द्वन्द्व रुपान्तरण र सार्थक एवं दीगो शान्ति सवै एक अर्काका परिपूरक विषयहरु हुन्। यिनका प्रगाढ अन्तरसम्बन्धका कारण एकआपसबाट अलग्याए हरएकको सार अर्थहीन हुने मात्र होईन यथार्थमा अस्तित्वबिहिन हुन्छ। उपरोक्त मानवीय फाँटहरु प्रत्येक जनताको जीवनको अपरिहार्य अंगहरु हुन्। तिनका ब्याख्या बिश्लेशण गर्नुअघि नेपालको बर्तमान परिस्थिति र जनताका मनस्थिति बारे आग्रह गर्न चाहन्छु।   more »
View Article  राजाले माओवादीलाइ पत्र पठाएका थिए


माओवादीको खुला कार्यक्रम खुला मंचमा। बाकी कार्यक्रमका तस्विरहरु हेर्न यहा क्लिक गर्नुहोस। तस्विरहरु सबै फोटो पत्रकार सागर श्रेष्ठले खिचेका हुन् भने मिलाइदिने काम दीपेश विडारीले गरेका हुन्।

रेडर्कनर नोटिस र आतंककारी बिल्ला कायमै रहेको अवस्थामा माओवादीका नेता तथा छापामारहरुले राजधानीको मुख्य भाग शहीदमञ्चमा शुक्रबार खुला सभा गरे । निसर्त संविधान सभाको निर्वाचन गराउन सात दललाई दवाव दिन सभा गरिएको हो। सयुक्त लोकतान्त्रिक मञ्च र राष्ट्रिय जनमञ्च नेपालले आयोजना गरेको जनसभामा माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष लेखनाथ न्यापौने र मजदुर संगठनका अध्यक्ष शालिकग्राम जमरकट्टेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम अवधिभर त्यस क्षेत्र पूर्णत माओवादी नियन्त्रणमा रहृयो ।   more »

View Article  प्रतिनिधि सभा बैठकमा दरबारिया प्रेत

Meeting of HoR kicks off

नेपाली जनताले ज्यान खेर फालेर आएको जनताको नासो प्रतिनिधि सभाको बैठकको पहिलो दिन त्यहां दरबारिया भूतको प्रवेश भएको छ । यो लोकतन्त्रप्रेमीहरुका लागि ग्लानी र घृणाको विषय हो । हुन त उनीहरु बैठक कक्षमा छिर्दा सबैले शंकाको दृष्टि लगाए, कसैले पुछेनन । शुक्रबार भएको बैठकमा राजाको निरंकुशताको चरम उत्कर्षका बेला शाही मन्त्रिपरिषद्का सदस्य भएका बृद्धिमान तामाङ र अर्का वृजेशकुमार गुप्ताको संसदमा अनुहार देखिनुलाइ निश्चय नै दुखद मान्नुपर्छ ।

जनताको छोराछोरीले लडेर ल्याएको संसदमा यस्ता घृणित अनुहारलाइ वहिष्कार गर्नुपर्छ । यिनलाइ सिंहदरबारको गेटभित्रै छिर्न दिनु हुंदैन ।   more »

View Article  संविधानतः राजतन्त्र समाप्त

Constitutionally Nepali monarch comes to an end

Dr. katak malla

डा. कटक मल्ल

नेपालमा भइरहेको राजनीतिक परिवर्तन नेपाली जनताको धैर्य, चेतना र साहसको परिणाम हो, र यो क्रान्तिले समग्र क्रान्तिको रुप लिएको छ। यो विश्वमै सच्चा लोकतान्त्रिक क्रान्तिको नमूना क्रान्ति हो। नेपालको इतिहासमा पहिलोपटक जनताले सफलतापूर्वक निरंकुश तानाशाही राजतन्त्रविरुद्ध लोकतान्त्रिक सार्वभौम अधिकारको प्रयोग गरेका छन्। बन्दुक, ट्यांक र सैनिकबाट सज्जित राजतन्त्र निहत्था तर करोडौं नेपालीको अगाडि इतिहासमै पहिलोपल्ट निर्लज्ज झुकेको छ। यसका लागि अढाई करोड नेपाली कोटी-कोटी बधाइका पात्र छन्। यो क्रान्तिले सम्पूर्ण नेपालीलाई गौरन्वित बनाएको छ।

वर्तमान जनक्रान्तिका उपलब्धीहरू महान छन्। तर धेर्य, चेतना र साहसको गतिलाई निरन्तरता दिन सकिएन भने क्रान्तिका उपलब्धीहरूलाई वास्तविकतामा परिणत गर्न सम्भव हुने छैन। नेपाली जनता यसका भुक्तभोगी छन्। विगतमा जस्तै क्रान्तिका उपलब्धीहरू प्रतिक्रान्तिको षडयन्त्रको जालमा नपरून्। इतिहास नदोहोरियोस् भन्ने जनचाहना छ। एक सुन्दर, शान्त र शिष्ट नेपालको निर्माण होस् भन्ने नेपालीको चाहना पूरा गर्न जनक्रान्तिद्वारा स्थापित सरकारले तत्काल गर्नुपर्ने आमूल तीनवटा विषयमा सुझाव दिने प्रयास गरिएको छ।

.तत्काल गर्नुपर्ने संवैधानिक तथा राजनीतिक परिवर्तन

सरकार गठन हुनासाथ तत्काल गर्नुपर्ने परिवर्तनहरू संक्रमणकालका लागिमात्र होइन, संविधानसभा र त्यसपछि स्थापना हुने राजनीतिक पद्दतिका लागि पनि मार्गदर्शक हुने छन्। यो सरकार क्रान्तिद्वारा गठित सरकार भएकोले यसले जनताले सडकमा प्रयोग गरेका सार्वभौमसत्ताको कानूनी र संवैधानिक अधिकारको प्रयोग गर्ने क्षमता राख्छ। निरंकुश राजाले २०६३ साल बैशाख ११ गते राति ११।३० बजे दिएको भाषणबाट आफ्नो कानूनी हार स्विकार गर्दै २०४७ सालको संविधान अन्तरगतको राजतन्त्रलाई समाप्त गरिसकेको छ। सो भाषणमा राजतन्त्र शब्द कतै उल्लेख नगरेकोमात्र होइन, राजाले ूनेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको तथ्यलाईू स्विकार गरेका छन्। यसको अर्थ राजतन्त्र अब राजनीतिकरुपले मात्र जीवित छ, संवैधानिकरुपले समाप्त भइसकेको छ। राजाले सो भाषणमार्फत् सात राजनीतिक दलसमक्ष आत्मसमर्पण गरेका छन्। हेर्नुहोस् यो वाक्यांश, ूबहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेबारी वहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आह्वान गर्दछौँ।   more »

View Article  संविधानसभा घोषणा हुनेमा नेताहरुलाईनै शंका
Leaders  are not sure of constituent assembly election
Maheshwor Shrestha
महेश्वर श्रेष्ठ
    काठमाडौंको रत्नपार्क वरिपरि परिक्रमा गर्ने गोलचक्कर आन्दोलन गर्दै आएका दलहरुले साढे तीन वर्षपछि आज पहिलो पटक खुलामञ्चमा आमसभा गरेका छन्। आमसभामा सहभागी हुन विभिन्न स्थानबाट आएको जुलुस मध्ये यो पंक्तिकार पनि पाटन मंगलबजारबाट प्रस्थान गरेको जुलुसमा शुरुदेखि नै सम्मिलित भई (बीचतिर आधा घण्टा बाहेक) सभाको अन्त्यसम्म उपस्थित थियो । यसले जुलुस र आमसभामा नेताहरुको जुन किसिमको भाषाशैली सुन्यो र भावभंगिमा देख्यो, त्यसले जनताको आकांक्षा र उत्साहमा चीसो पानी खन्याएको मात्र होइन दलका नेताहरुमा नै संविधानसभा घोषणा हुनेमा आशंका रहेको महसुस हुन्छ।
    यो संयोग मात्र थियो अथवा नियोजित, पाटन मंगलबजारबाट प्रस्थान गरेको जुलुस थापाथली नपुग्दासम्म नारा लगाउने पार्टी अगुवा कार्यकर्ताहरुले जनताको उच्चतम माग र नारा बनेको गणतन्त्र-जिन्दावादको 'ग' र राजतन्त्र-मूर्दावादको 'र' समेत उच्चारण गरेनन्, लोकतन्त्र-जिन्दावाद र निरंकुश राजतन्त्र-मूर्दावादमै सिमित रहे। थापाथली पुगे पछि जुलुस भित्रैबाट गणतन्त्रको पक्षमा र राजतन्त्र विरोधी नारा घन्कन थाले पछि नारा भट्याउने पार्टी कार्यकर्ताहरुले पनि मुसुमुसु हाँस्दै ती नाराहरु फलाक्न थाले । छयालीस सालको जनआन्दोलनमा निर्णायक भूमिका खेलेको भनिने पाटनेहरुको नारामा यस प्रकारको अन्तर आउनुको कारण के होला ? म यस प्रश्नको उत्तर खोज्ने जिम्मा विद्वान पाठकहरुलाई नै जिम्मा लगाउन चाहन्छु।
    आमसभामा नेपाल बार एसोसियसनका अध्यक्ष शम्भु थापा, नेपाल पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरी, संयुक्त वाममोर्चाका अध्यक्ष प्रभूनारायण चौधरी, नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुकछें, जनमोर्चा नेपालका अध्यक्ष अमिक सेरचन, नेपाल सदभावना पार्टी  (आनन्ददेवी) का उपाध्यक्ष भरतविमल यादव, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेपाली काँग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। जनआन्दोलनको कथित विजयसभामा जनताले पार्टी नेताहरुबाट जस्तो किसिमको सम्बोधन अपेक्षा गरेका थिए र ती सम्बोधनमा जुन प्रकारको ओज हुनु पर्दथ्यो, दुबै हुन सकेको देखिएन। त्यस कमीलाई शम्भू थापा र विष्णु निष्ठुरीको सम्बोधनले भने धेरै हदसम्म पूरा गरेको थियो। तर पनि सभाको शुरुदेखि अन्तसम्म जनताले होहल्ला गर्दै आफ्नो असन्तुष्टी व्यक्त गर्दै रहे।
    प्रभूनारायण चौधरी, नारायणमान बिजूकछे र भरतविमल यादवको भाषण केही सान्दर्भिक र केही तपसिलका कुराहरुको गनगनमै वित्यो।   more »