An ambitious year of King Gyanendra
Krishna Pokhrel, political analyst
कृष्ण पोखरेल
विचार/ विवेचना
१९ माघ २०६१ को शाही राजविप्लव अनपेक्षित थिएन किन कि १८ असोज २०५९ को शाही कदम यहीं आइपुग्नका लागि चालिएको थियो। आफ्ना र्स्वर्गवासी दाजू राजा विरेन्द्रको पथ परित्याग गरी पिता राजा महेन्द्रको पथ अनुशरण गर्न लालायित अति महत्वाकांक्षी र हठी राजा ज्ञानेन्द्रबाट कुनै बेला पनि यो वितण्डा मच्चाइन सक्ने सम्भावना थियो। वस्तुतः १९ माघ नया ढंगबाट प्रारम्भ गरिएको सत्र साल पुष १ गते नै थियो। प्रजातन्त्रलाई रसातलमा पुर्याई नेपाली जनता माथि निरंकुशतन्त्र थोपर्ने चाल थियो।
शाही सेना सहित सुरक्षा फौजका सबै अंगलाई प्रजातन्त्र र राजनीतिक दलहरुका विरुद्ध पूर्ण रुपमा परिचालन गरी तिनकै भरमा चालिएको कदम हो। यसले प्रजातन्त्र जनताको, जनताका लागि लागि र जनताद्वारा गरिने शासन हो भन्ने मान्यताको जरो मै प्रहार गर्यो र राजाको, राजाका लागि र राजाद्वारा गरिने हुकुमी शासनको प्रारम्भ गर्यो। यसले नेपाल अधिराज्यको संविधान २०४७ का सबै लोकतान्त्रिक प्रावधानहरुलाई निस्तेज पारी धारा १२७ को वलमा अध्यादेश मार्फ शासन गर्ने विकृत परम्पराको थालनी भयो। व्यारेकबाट निस्केर सेनाले स्वतन्त्र प्रेसमा धावा बोले। टेलिफोन, मोवाइल, इमेल र इन्टरनेट लगायत संचारका सबै साधन माथि प्रतिवन्ध लगाइयो, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका वरिष्ट नेताहरुलाई थुनामा राखियो, र हवाइ यातायातलाई ठप्प पारियो। एक वाक्यमा भन्ने हो भने सारा देश आदीम युगको वर्वर झ्यालखानामा परिणत भयो। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, April 1
by
Nepal Info
on Sat 01 Apr 2006 08:00 PM CEST
|
Categories
This Month
Month Archive
|
||