View Article  सेनाद्धारा बलपूर्वक ४७ घरपरिवार निकाला

Nepal army forcefully displace 47 family at  night

बुटवल नगरपालिका-९ को दिपेन्द्र नगरबाट ३२ र वडा नं ५ को गोलपार्कबाट १५ गरी ४७ घरपरिवारलाई शाही नेपाली सेनाले सोमबार राती बलपूर्वक निकाला गरेको छ । सात दल र्समर्थक ती घरपरिवारले माओवादीलाई सेल्टर दिएको आरोप लगाउँदै सेनाले मध्यरातमा घरबास उठाएको हो ।नेपाली कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी भर्त्सना गर्दै उनीहरुलाई अबिलम्ब पुनःस्थापना गर्न माग गरेको छ।

View Article  प्रहरीको गोलीले १२ घाइते

Police opens fire, dozen injured

लोकतान्त्रिक आन्दोलनलाई दबाउने क्रममा सुरक्षाकर्मीले हानेको गोली लागी पांच जनाको ज्यान गइसकेको छ भने दर्जनौं नागरिक घाइते भएका छन । गोली हान्ने क्रम रोकिएको छैन । राजाको सक्रिय शासनका विरुद्ध जारी जनआन्दोलनको छैठौं दिन मंगलबार पनि प्रहरीले राजधानीको गोंगबु, पोखरा र बुटबलमा अन्धाधुन्द गोली चलाएको छ । राजधानीमा प्रहरीको गोली लागेर कांग्रेस नेता जगदीशनरसिंह केसी, केशवराज अर्याल र विकाशचद् गुप्ता घाइते भएका छन भने बुटबलको तिनाउ पुलमा अन्धाधुन्द गोली हान्दा केशरबहादुर गुरुङ, पूर्णप्रसाद ढकाल, दुर्गाप्रसाद पाण्डे, हेमराज चालिसे, सुरज रावल घाइते भएका छन । पोखरामा बिहान गोली हानी विष्णु भट्टरार्इ र पार्वती पौडेललगायत छ जना सख्त घाइतेभएका थिए । त्यसमा एक जना स्कुले विद्यारि्थ रहेको जानकारी प्राप्त भएको छ ।

View Article  पोखरामा गोली चल्यो, छ घाइते

Forces open fire at mass gathering in Pokhara, half dozen injured

आन्दोलनको छैठौं दिन आज पोखरा विहानैदेखि तनावग्रस्त छ। तीन दिनअघि मारिएका भीमसेन दाहालको श्रद्धाञ्जली सभा गर्न जम्मा भएका हजारौंको जुलुसमाथि प्रहरीले सिधै ताकेर गोली चलाउँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये पोखरा पृथ्वीचोक निवासी विष्णु भट्टराई र पार्वती पौडेलको स्थानीय फिस्टेल अस्पताल उपचार भइरहेको छ। घाइते अवस्थामा लडिरहेका घाइतेहरूलाई सञ्चारकर्मी अधिकारकर्मीहरुले बोकेर अस्पतालमा पुर्‍याएका थिए।

चिप्लेढुंगामा नै चलाएको गोलीबाट अन्य दुई स्कूले विद्यार्थी घाइते भएका छन्। उनीहरुको खुट्टामा गोली लागेको छ। उनीहरुलाई स्थानीय बासिन्दाले बोकेर दौडाइरहेको देखिए पनि कहाँ उपचार भइरहेको छ भन्ने यो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन। प्रहरीले न्यूरोडमा चलाएको गोलीबाट दुई बटुवा घाइते भएका छन्। मंगलबार विहान १० बजेसम्म प्रहरीले पोखरामा १६ राउण्ड गोली चलाएको छ। गोलीअघि प्रहरीले दुई दर्जनराउण्ड हवाइ फायर गरेको छ। भिडन्तको तस्वीर लिइरहेका र समाचार संकलन गर्न गएका पत्रकारहरुलाई प्रहरीले कुटपिट गरेको थियो।

२९ चैतमा पोखरामा विहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु भए पनि अहिले पोखराका विरौटा, मालेपाटन, पर्स्याङ, बुद्धचोक, लगायतका स्थानमा हजारौंको जुलुस पोखराका मुख्य चोकतर्फ आइरहेको छ। विहान १०स्३० सम्म प्रहरीमात्र परिचालन गरिएकोमा अहिले सेनासमेत परिचालन गरिएको छ। आज विहानैदेखि पोखराका मुख्य चोक कब्जा गरेका आन्दोलनकारीले अहिले विभिन्न स्थानमा राँके जुलुस प्रदर्शन गरिरहेका छन्।पोखरा वरपरका काहुँ, भलाम, आर्वा, सराङकोट, धिताल, हेम्जा, पुम्दी, कृस्ती लगायतका गाउँबाट अहिले पनि हजारौंले माइकिङ र नारावाजी गरीरहेको जनाएका छन्।