गौरी प्रधान

गौरी प्रधान
बिचार/विवेचना
नागरिकहरु सडकमा अोर्लने र स्वतफूर्त रुपमा शान्ति र लोकतन्त्रको पक्षमा जनप्रदर्शन गर्ने र निषेधीत क्षेत्र अवज्ञा गरेर निरंकुश सरकारलाई चुनौति दिने काम दैनिक जसो भएको छ। यो लोकतन्त्र प्राप्तिको अभियान पूर्ण लोकतन्त्र प्राप्त नहुन्जेल जारी रहने छ। यो अभियान काठमाडौमा मात्र केन्द्रित नभएर क्षेत्र, जिल्ला र गाउ गाउसम्म पुगीसकेको छ भने विदेशमा बस्ने र लोकतन्त्रको माया भएका लाखौं नागरिकले यो अभियानलाई सर्घाईरहनु भएको छ। यो एउटा जुझारु , चेतनशील र परिपक्व आन्दोलन हो। नागरिक आन्दोलन कुनै राजनीतिक पार्टीको आन्दोलन होइन। यो आन्दोलनले राजनीतिको दलको आन्दोलनलाई सहयोग गर्छ। राजनीतिक दलले गरेका कमी कमजोरीको बारेमा विचार विमर्श,वहस र छलफल गरि सुझाव दिन्छ। अग्रगतिको धारलाई पक्रेर अगाडी बढ्न सधैं घचघच्याउछ। नागरिक आन्दोलन सत्ता प्राप्तिको नभई जुझारु र जागरुक आन्दोलन हो। यसमा निरंकुशता विरोधी सबै संस्था वा व्यक्तिलाई समेटेर लैजान सक्नु पर्छ। more »