View Article  नया बर्ष लोकतन्त्र प्राप्तिको बर्ष होस
Greetings of New Year 2063 for new Nepal



आजको चितवन: २०४६ सालको चैत २६ गतेको दिनपनि चितवनको नारायणगढबजार यस्तै थियो। मानिसहरुले भिड छिचोल्न सकेका थिएनन। त्यो दिन बहुदलको घोषणा भएको खुसीयालीमा जनसागर उर्लेको थियो भने आज चितवनबासीले कर्फ्यू तोडेर सडकमा उत्रेका थिए।  नया बर्षमा यि र यस्ता देशका हजारौ योद्धाहरुलाई हाम्रो मुरीमुरी शुभकामना छ । जसले नेपाली क्रान्तिमा आ आफ्नो ठाउबाट योगदान पुर्याइरहेछन्।  तस्विर : चिन्तामणी पौडेल।

आजको आन्दोलनका थप तस्विरहरु यहा हेर्नुहोस। तस्विरहरु मिलाइदिने दिपेस विडारीलाई धन्यवाद दिनचाहन्छौं । भित्रका तस्विरहरु सागर श्रेष्ठले खिचेका हुन्।


View Article  वकिललाई पनि गोली ठोकियो

Polices open fire at  lawyers' rally

निरंकुश राज्यसत्तालाई टिकाउने राजाको षड्यन्त्रको गोटी बनिरहेका अराजक प्रहरीले जनआन्दोलन दबाउन बर्बर दमन गर्ने क्रममा वकिलहरुको प्रदर्शनमा गोली हानेको छ । आज भएको प्रदर्शनमा 'वकलि, पत्रकार आतंककारी हुन, ठोक ठोक' भन्दै गोली, अश्रूग्यांस र लाठी' वर्षाइयो ।

बबरमहलमा निस्केको शान्तिपूर्ण जुलुसमा गोली हान्दा चार वकिल घाइते भएका छन । गोली लागेर घाइते भएका भरतमणी गौतम, रामचन्द्र सिम्खडा, टंक चौलागाई र सिताराम अधिकारीको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनबाट ७२ जना पक्राउ परेका छन । यसैगरी शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका दुइ सय भन्दा बढी विकासे कार्यकर्ता पक्राउ गरिएको छ ।

View Article  राजाको सक्कली रुप

Real face of the king

सक्कली रुपः रोम जलिरहेको बेला निरोले बासुरी बजाइरहेको कुरा सुनिएकै हो, राजा विरेन्द्रको वंशकै हत्या गरेर राजा भएका ज्ञानेन्द्र शाह अहिले निरो भएका छन । उनको सक्कली तस्वीर त यही न हो । देश जलिसक्दा पनि यी राजा भनाउदा मोजमस्तीमा छन, बासुरी बजाएर दिन कटाइरहेका छन, जनता मारिरहेका छन, यिनलाई अरु कुरा मतलबै छैन ।

View Article  जनहत्यारा ज्ञानेन्द्रलाई १३ प्रश्न

Thirteen questions to "murderer" king  

कोठाका सबै झयालढोका बन्द गरेर बिरालालाई चुट्दा आत्मरक्षाका लागि चुट्नेको घांटी अंठ्याउंछ । अहिले सबै नागरिक हकहरूमाथि बन्देज लगाइएको छ । बन्देजविरुद्ध मुख खोल्ने नागरिकहरूमाथि हिटलरी शैलीमा दमन थोपरिंदा राजाको शासनमा नागरिकहरूको अवस्था बन्द कोठामा चुटिने बिरालाको जस्तै भएको छ । त्यसैले प्रताडनामा परेका नागरिकहरू आफनो शारीरिक र नैतिक अस्मिताको रक्षा गर्न देशभरि आक्रोशको सामूहिक भाषामा रूपान्तरित हुंदै आन्दोलित हुन थालेका छन् ।
सामान्य नागरिकले राजनीति त्यति नबुझे पनि ज्यान र धनका कुरा राम्रैसंग बुझछन् । त्यसैले निरङ्कुशतन्त्रविरोधी नागरिकहरूका तर्फबाट राजा ज्ञानेन्द्रलाई केही प्रश्न सोध्नै पर्छ ।
१. पर्दापछाडि बसेर तुलनात्मक रूपले भलाद्मी र उदार मानिने राजा वीरेन्द्रको वंशविनाश गर्ने षड्यन्त्रको तानाबाना बुनेको कसले हो
?
२. राष्ट्रियकरण गरिनुपर्ने राजा वीरेन्द्रको परिवारका सदस्यको नाममा रहेको खर्बौ रुपियांको सम्पत्ति आफै हड्पेको कसले हो - त्यो सम्पत्तिको एकिन हिसाब कति हो   more »