बल्खुमा आइतबार मध्यान्हदेखि भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको छ। सुरक्षाकर्मीको बल प्रयोगबाट एक जना प्रदर्शनकारी सख्त घाइते भएका छन् भने अरु ११ जनालाई टाउकोमा चोट लागेको छ।
सुरक्षाकर्मीले भिडलाई तितरबितर पार्नका लागि सयौँ राउन्ड टियर ग्याँस प्रहार गरेको छ। निर्ममतापूर्वक लाठी प्रहार हुँदा धेरैलाइ चोट लागेको छ।
तितरबितर भिड त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय छेउमा जम्मा भएर सुरक्षाकर्मीहरुतर्फढुंगा प्रहार गर्न थालेको छ। जलुशमा सहभागीहरुले सुरक्षाकर्मीसँग प्रतिकार गर्न भनी लाठी समेत लिएर आएका थिए। तर, उनीहरुले सुरक्षाकर्मीलाई प्रहार गरेनन्। सुरक्षाकर्मीले पनि पानीको फोहोरा प्रयोग गर्नका लागि दमकल तैनाथ गरिए पनि त्यसको प्रयोग गरेको छैन। more »
