Government  staffs chant anti king slogan at Home Ministry

नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीका २५ जना आन्दोलनकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल वित्तीय कर्मचारी संघसँग आवद्ध ती कर्मचारी गृहमन्त्री कमल थापाको रु.२५ लाखको चेक साट्न अवरोध पुर्‍याएका कारण गिरफ्तारीमा परेको बताइएको छ। राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू आफै चेक साटिदिन अग्रसर भएको अवस्थामा आन्दोलनरत कर्मचारीहरू ढुकुटीमाथि सुतेर नगद झिक्न नदिएको कर्मचारी सूत्रले बताएको छ।

गृहमन्त्रालयबाट दुई दर्जन कर्मचारी  र सञ्चारकर्मी पक्राउ

सिंहदरबारभित्र गृहमन्त्रालयबाट प्रहरीले दुई दर्जन कर्मचारीहरूलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सहायक तथा अधिकृतस्तरका कर्मचारीहरू छन्। गिरफ्तारीको खबर पाएर सिंहदरबारभित्र पसेका केही सञ्चारकर्मीहरूलाई पनि गिरफ्तार गरिएको छ। उनीहरूलाई हाल हनुमान ढोका जिप्रका राखिएको छ।
लोकतन्त्रको पक्षमा केही दिनअघि 'पेन डाउन' गरेको आरोपमा आफूलाई गिरफ्तार गरिएको हनुमानढोका पुर्‍याइएका एक जना अधिकृतले बताए। कर्मचारी तथा सञ्चारकर्मीहरूको मोबाइल फोन तथा क्यामेरा पनि जफत गरिएको छ।