View Article  जनतासंग डराएर राजावादी भाग्दैछन

Royalists are escaping
राजाको सत्ता ढल्नै लागेको छ । यसैको संकेत हुनुपर्छ राजाको सक्रिय शासनमा उनको चाकडी गरेर पद र प्रतिष्ठा पाएकाहरु देश छोड्ने दाउमा लागेको । प्राप्त जानकारी अनुसार, राजाका सल्लाहकार मानिने भूमिगत गिरोहका सदस्य शरचनन्द् शाहले २७ एप्रिलका लागि अमेरिका जाने टिकट काटिसकेका छन । उनले आफ्नी कान्छी श्रीमतीलाई हिजै सिंगापुर पठाइसकेका छन ।
यसले मुलुकमा ठूलै परिवर्तन हुन लागेको संकेत गर्छ । जनविरोधीहरु जनतासंग डराएर विदेश भासिने तयारी गर्दै रहेछन । अब डा. तुल्सी गिरीलगायतले झिटिगुण्टा कसने बेला भएछ ।
यतिमात्र नभएर स्वतन्त्र समाचार सेवाका अनुसार, आन्दोलन चर्किदै गएको बेला लुम्बिनी अञ्चल प्रशासक रामकृष्ण पन्त एकाएक बुधबार फरार भएका छन् । सूत्रले पन्त बुटवल छोडेर काठमाडौं गएको जनाएको छ ।
बुटवलमा दैनिक ५० हजार जनता सडकमा उत्रिदै आइरहेको र आन्दोलन निर्णायक हुने तरखरमा रहेको बेला प्रशासक पन्त भागेको बताइएको छ ।
बुटवल नगरपालिका नगर प्रमुख रुपसिंह थापा पनि मंगलबारदेखि बेपत्ता छन । उनी बुटवल छोडेर काठमाडौं जाने तयारीमा लागेको बताइएको छ ।

View Article  राजाले भने-मण्डले भ्रममा राखिछस्

"You kept me in the illusion" king says to the home minister

केही बेर अगाडीमात्र गृहमन्त्री कमल थापाले राजालाई शान्ति विरोधी सल्लाह दिएको कार्टुन हालेको थिए । लगत्तै एक जना साथीले फोन गरेर थापाले राजालाई भुलभुलैयामा राख्न खोजेको राजाले सुर्इको पाएको खबर गरे ।
आफ्नो निरंकुश सत्ता जोगाउन धौधौ परिरहेको बेला दर्शनभेटको राजनीतिलाई ज्यादैतेज पारेका छन । त्यस क्रममा उनले आज गृह मन्त्री कमल थापालाई भेट गरे, उनलाई सरकारी राप्रपाको प्रतिनिधिको हैसियतमा भेट गरिएको रहेछ ।
ती साथीका अनुसार, राजाले कमलको कुरा सुन्नुको साटो हप्काएर पठाएछन । राजाले कमललाई भने छन-देश यो स्थितिमा पुगिसकेछ, त मण्डलेले मलाईगलत सूचना दिएर भ्रम र भुलभुलैयामा पारिछस् । यो खबर थाहा पाउदा मलाई राजाको बुद्धि पलाएर भन्ने लाग्यो ।

View Article  आन्दोलनमा गद्धारी नहोस

 

कुसुम भट्टराइबाट

कट्टर राजावादी दल नेपाल कन्जरभेटिभ पार्टीका अध्यक्ष 'दी' भरतबहादुर विसुरालले हाल जारी लोकतान्त्रिक आन्दोलनमा घाइते भएकाहरुको सहयोगार्थ स्थापित कोषमा ५ हजार रुपैयां जम्मा गरेर आफूलाई लोकतन्त्रको कित्तामा उभ्याएका छन । नेपालका चर्चित रेसलिङ खेलाडि विसुरालले 'हिमालयन टाइगर'को नाममा रकम उपलव्ध गराएका हुन ।

एक महिनाअघिसम्म शाही मन्त्रिपरिषदमा 'ठूलै पद'को मोलमोलाई गरिरहेका पूर्व पञ्च डा. प्रकाशचन्द्र लोहनीले आइतबार 'तत्काल वर्तमान सरकार बर्खास्त गर्नुपर्ने' हुंकार गरेका छन् । २३ चैत्रसम्म पनि आन्दोलनमा खुलेर लाग्न नसकेको राप्रपाका नेता खेमराज पण्डितले आइतबार नै 'जनतालाई अधिकार नफर्काएसम्म जनआन्दोलन नरोकिने' उदघोष गरेका छन । दुइ महिनाअघि पंक्तिकारले अन्तवार्ताका लागि सर्म्पर्क गर्दा 'परिस्थिति बडो ...   more »

View Article  'मुसा' गृहमन्त्रीको शान्ति विरोधी जाहेरी

"we should ban the ceasefire which causes us more problem"

                                                     साभारः अबिन डट कम डट एनपी