View Article  फोटो एक बुझाइ अनेक
No greetings to you !
(photo irony)
यूवराज पारस पेरिस भ्रमणका क्रममा यूनेस्को भवनमा रात्री भोजमा जादा एक नेपाली यूवतीले यसो गरिछिन्। उनले भुलेर हो या तस्विरतिर ध्यान दिएर हो उनका अौलाहरु यूवराजाई स्वागत गर्दा यसरी खप्टिएछन्। तर हाम्रा एक पाठक 'उहि कुमार लामा' ले यसलाई व्यग्यात्मक रुप दिनुभएको छ।पेरिस भ्रमणमा आएका यूवराज दम्पतीलाई अन्तिम दिन भेर्साइको दरवार घुम्ने क्रममामात्र एकसाथ देखियो। अरु दिन युवराज्ञी कतातिरभन्ने कुरा नेपालीहरुले थाह पाउन सकेनन। यूवराज दम्पत्ती हिजो साउदी अरेविया लागेका छन्।
View Article  राजा ज्ञानेन्द्रलाई जनताको सराप

King receives black flag welcome in Palpa

जनअधिकारलाई लात मार्दै, संविधानलाई धुजाधुजा पार्दै सक्रिय शासन चलाइरहेका निरंकुश राजा जता गयो त्यतै जनताले उनको विरोध गरिरहेका छन । निरंकुश राजालाईगद्धीबाट सडकमा पछारेर जनताको मुक्ति चाहनेको संख्या बढिरहेको छ । यस्ता लोकतन्त्रवादीलाई ज्ञानेन्द्रले भने सकेसम्म दमन गरिरहेका छन । कारण प्रष्टै छ, ज्ञानेन्द्र दमनबाटै आफ्नो आयू बढ्ला भन्ने भ्रममा छन ।
उनको दमनको रुप पाल्पामा पनि देखिएको छ । ज्ञानेन्द्रले २० चैतका दिन पाल्पामा पुगेर आफ्ना भरौटे सुरक्षाकर्मीको चरम दुरुपयोग गरे ।   more »