View Article  आन्दोलन तुहाउने षडयन्त्र

King plans another poly to dismiss the democratic movement

घाटमा पुग्नै लागेको तानाशाही सरकारर्लाइ बचाउन राजाले अन्तिम षडयन्त्र गरेका छन। त्यसको लागि सम्सद पुनर्स्थापना कसरि गराउन सकिन्छ भन्ने बारेमा सर्बोच्च अदालतका प्रधान न्यायधिष दिलीपकुमारपौडेलसङ्ग राजाले छल्फल गरिरहेका छन। सम्भवत भोली बिहान सम्ममा घाटमा पुगिसकेको सम्सद पूनर्स्थापना गरिएको घोषणा राजाबाट हुने छ। आजै दिउसो राजाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बन्नकालागि आफ्ना दूतहरु बिपी पूत्र प्रकाश कोइराला मार्फत बिशेष आग्रह गरेका थिए। तर भट्टराईले जनताका अधिकारहरु बहालि नभएसम्म आफु प्रधानमन्त्री नबन्ने भनि सो प्रस्ताब ठाडै अस्विकार गरेको बताइएको छ।   more »

View Article  तानाशाही राजालाई फ्रान्सबासी नेपालीको बिरोधपत्र
A protest letter to autocratic Nepal King from Paris
 
फ्रान्स निवासी नेपालीहरुले नेपालको वर्तमान अवस्थाप्रति राजास्वयम जिम्मेवार रहेको भन्दै राजालाई एक बिरोधपत्र पठाएक छन। नेपालमा प्रजातन्त्र बहालीकालागि कार्यरत नेपाली लोकतान्तृक मोर्चाका तर्फबाट सो बिरोधपत्र पेरिसस्थित नेपाली राजदूतावासमार्फत पठाएको मन्चले जनाएको छ।
हेर्नुहोस् उक्त बिरोधपत्र जस्ताको त्यस्तै-

 


                                                         नेपाली लोकतान्त्रिक मन्च
                                                          १०५ रु ले जन्द्र
                                                           ७५०१७ पेरिस, फ्रान्स
                                                            मिती - २०६३ । ०१। ०४

श्री ५ महाराजधिराज सरकार
नारायणहिटी राजदरवार, काठमाडौ
मार्फत महामहिम राजदूत ज्यू
नेपाली राजदूतावास पेरिस, फ्रान्स

विषय - नागरिकमाथि भैरहेको दमनका बिरुद्ध विरोधपत्र पठाइएको बारे ।

हामी पेरिसमा बस्ने नेपालीहरुले स्वदेशमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता प्रकट गर्दै श्री ५ समक्ष यो बिरोधपत्र पठाएका छौ । पत्रलाई गम्भीरतापूर्वक लिइनेछ भन्ने हामीलाई विश्वास छ ।

महाराजधिराज सरकार,

लोकतन्त्र बहालीको आन्दोलनसंगै शुभारम्भ भएको नया बर्षो प्रर्रि्रेक्ष्यमा नेपालको लोकतान्त्रिक आन्दोलन पूर्ण सफल रहोस भन्ने कामनाका साथ सरकारले गरेको बर्बर दमन, अत्याचार, लुटपाट र शान्तिपूर्ण आन्दोलनमा होमिएका आन्दोलनकारीका आखा, छाती र टाउकामा गोली ठोक्ने, लाठी बुट अश्रु ग्यासको सहारा लिदै धरपकड गर्ने, जेल कोच्ने, जथाभावी थुनछेक गर्ने, डर धम्की र त्रास उत्पन्न गराएर जनमानसमा अस्थिरता फैलाउने जस्ता बिबिध मानविय अपराधहरु गरेर स्वेच्छाचारी शासनद्धारा जुन तान्डब नृत्य प्रदर्शन भइरहेको छ त्यसको घोर बिरोध व्यक्त गर्दै यो बिरोध पत्र लेखेका छौं ।   more »