View Article  खवरदार राजाको भाषण धोका हो
King's address,  another betrayal

Anuradha Paudel

अनुराधा पौडेल

टिप्पणी

मुलुक रक्तमय भएको सोह्रौ दिनमा आज राजाले देशबासीलाई संवोधन गरे। झिटी झाम्टा बोकेर अरवतिर शरण माग्न जानेबेलामा राजाले आट गरेर देशवासीका नाममा संवोधन गर्नुले अझै के देखायो भने ज्ञानेन्द्रसंग जनताले अझै लामो लडाइ लड्नुपर्ने भएको छ। अहिलेसम्म बगेको रगतले उनकालागि माखोपनि मार्न सकेको छैन।माखो मार्न नसकेकै कारणले उनले आजको संवोधनमा आततायि सुरक्षाकर्मीहरुले गरेको काम राम्रो भनेर उचालेका छन्। यसरी सुरक्षा निकायलाई उचाल्नुको कारण भविष्यमा अझै बहादूरीपूर्वक मान्छे मार्ने काम गर भन्नु हो। अव सुरक्षाकर्मीलाई राजाले उचालेपछि आन्दोलनलाई एक कदम अगाडी बढाउन  फेरि पार्टीहरुको विच एकता र कार्यक्रममा एक रुपता आउन जरुरी देखिन्छ र राजाले आफ्ना मुखबाट के भनेदेखि मात्र बार्तामा जाने  हो भन्ने कुरामा समान धारणा हुनपर्ने देखिन्छ।   more »

View Article  राजाको जनतालाई धोका दिने सम्बोधन

King's address to nation, another conspiracy 

राज्यले थेग्नै नसक्ने गरी जनता निरंकुश  राजा ज्ञानेन्द्र फ्यांक्न कम्मर कसेर लागेको बेला राजाले आन्दोलन भांड्ने षड्यन्त्र रचेका छन । उनले आज दिएको सन्देशले यही भन्छ । यो सन्देशमा चलिरहेकोआन्दोलनलाई सम्बोधन गरेको छैन । बरु केबल आन्दोलन गठनबन्दन भांडन विगतमा झै प्रधानमन्त्रीको टेण्डर खोलिएको छ । यतिमात्र नभएर जनताको आन्दोलन हाकिरहेका दलले टेण्डरमा भाग नलिएसम्म आफैले सत्ता चलाउने उद्घोष पनि उनले गरेका छन । यसप्रति माओवादी र आन्दोलनकारी दल रुष्ट देखिएका छन । यसले जनताको आन्दोलन नरोकोस् भन्ने आम चाहना छ । राजाले ७ बजेसांझ सम्बोधन दिएका थिए, त्यस भन्दा ठीक एक घण्टा अघि चाहिं उनैको सरकारले ८ बजे सकिने कर र्फूको समय रातरभका लागि थपेको थियो । राजाले जनतासंग डराएर दिएको सम्बोधनमा षड्यन्त्र त लुकेकै छ । राजाको सत्ता मोह र जनशक्तिलाई होच्याउने खाले सन्देशको पूर्ण पाठ यहां जस्ताको तस्तै राखिएको छ   more »

View Article  जनताले खेद्ने भएपछि राजा भारतको शरणमा

King helds discussion with Indian ambassador

राजा अहिले 'गर या मर'को स्थितिमा छन, आफ्नो सत्ता टिकाउने वा सत्ता छोड्ने भन्ने विषयमा । उनमा यति छटपटी र उकुसमुकुस छ कि त्यो उनले पछिल्लो समयमा गरेको छलफलबाट थाहा पाउन सकिन्छ । हिजोमात्र भारतीय प्रधानमन्त्रीका विशेष दूत करण सिंहसंग भेटेर नपुगेर राजाले आज भारतीय राजदूत शिवशंकर मुखर्जीलाई भेटेका छन । यसबाट के देखिन्छ भने राजा अहिले नेपाली जनताको शरणमा भन्दा भारतको शरणमा पर्न चाहान्छन । नेपाली जनताले अस्वीकार गरिसकेका घृणित राजा अब भारतमै शरण लिन जानुको विकल्प के छ र ?

View Article  राजधानी आन्दोलनकारीको कब्जामा, कर्फ्यु तोड्दै प्रदर्शन

protestors capture the capital

         

सात राजनीतिक दलले घोषणा गरेको आन्दोलन रोक्न सरकारले राजधानीमा दिउँसै कर्फ्यु लगाएपनि ८ बैशाखको मध्यान्हदेखि उपत्यकामा प्रदर्शन चर्किदै गएको छ। विहानैदेखि ठाउँठाउँमा ससाना प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुले दलहरुको आह्वान अनुसार मध्यान्ह १२ बजेदेखि प्रदर्शनलाई चर्काएका छन्।
कर्फ्युको अवज्ञा गर्दै जुलुस गोङ्गबुबाट बसुन्धरा र बालाजुबाट अर्को जुलुश निस्किएको छ। ज्ञानेश्वरबाट निस्केको जलुश रातोपुल पुग्दा प्रहरीले हस्तक्षेप गरी ४ जनालाई घाईते बनाएको छ। बानेश्वरको बुद्धनगरवाट शुरु भएको प्रदर्शन कोटेश्वर पुगेको छ। सरकारलाई खिल्लि उडाउन घट्टेकुलोका स्थानियबासीहरु घरको छतमाथि निस्केर ठूलो स्वरमा हाँसेका छन्। कलंकीचोक भन्दा अगाडी बढेर प्रदर्शनकारीहरुले कालिमाटितिरबाट गएको सेनाको बख्तरबन्द गाडीलाई बढ्न नदिई नारावाजि गरिरहेका छन्। उनीहरुले कलंकी चोकमा लोकतान्त्रि शहीदचोक लेखेका छन्।   more »

View Article  राजाले तुल्सी गिरीसंग अन्तिम सल्लाह लिने

king to held last consultation with minister Giri

अन्तिम अपडेटः मन्त्रिपरिषद्का सदस्यहरुबीच भइरहेको छलफल भर्खरै टुंगिएको छ । छलफलमा मन्त्रीहरुले राजालाई आन्दोलनको दवावमा नपरी निरंकुश सत्ता कायम राख्न आग्रह गर्ने निधो गरेको छ । उपाध्यक्ष डा. तुल्सी गिरीले मन्त्रीहरुको राय आजै राजालाई जोहर गर्ने सम्भावना छ ।

मन्त्रीहरुले भारतीय प्रधानमन्त्रीका विशेष दूत करण सिंह राजासंगको भेटपछि भारत फर्केर राजाको शासन कमजोर पार्न र अनावश्यक हल्ला फैलाउन लागिपरेको महसुस गरेको छ । हिजो भारत फर्केका सिंहले राजाले छिट्टै कुनै कदम चाल्ने अनुमान सुनाएका थिए । भारतलगायतका मुलुकमा संचारमाध्यमले यो विषयलाई प्राथमिकतासाथ प्रचारप्रसार गरिरहेका छन ।

बैठकले राजधानीमा लाखौलाख जनता उर्लिदा समेत त्यसलाई ज्यादै कम आंकेको छ । बैठकका एक सहभागीका अनुसार, राजधानीमा अहिलेसम्मका प्रदर्शनहरुमा ३० हजार भन्दा बढी जनता नआएको ठहर गरिएको छ ।

मन्त्रीहरुको यो बैठकमा राजा भुलिए भने तत्काल कुनै नयां राजनीतिक परिवर्तन नहुने पक्कापक्की छ ।

–जनताको उर्लदो भेल देखेर अत्तालिएको ज्ञानेन्द्र शाहीको सरकारका मन्त्रीहरु अहिले छलफलमा व्यस्त रहेको जानकारी प्राप्त भएको छ ।
बिहान ११.३० बजेदेखि संविधानले नचिनेको पद सम्हालिरहेका मन्त्रिपरिषद उपाध्यक्ष तुल्सी गिरीको कार्यकक्ष सिंहदरबारमा मन्त्रीहरुको बैठक बसिरहेको सूत्रहरुले जनाएका छन । राजाले आफू जोगिन लिनुपर्ने कदम, वर्तमान आन्दोलनका विषयमा छलफल भइरहेको बुझिएको छ यो बैठकपछि गिरीले राजालाई भेटने र मन्त्रीहरुको एकमुष्ट सुझाव पेश गर्ने बुझिएको छ । थप जानकारी प्राप्त हुनासाथ अपडेट गरिनेछ ।

राजाले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईलाई प्रधानमन्त्रीको प्रस्ताव पठाए पनि प्रजातन्त्रको वहाली, दल र माओवादीसित वार्ता र बन्दीहरुको रिहाइ नगरी पद नलिने भट्टराइको जानकारीपछि अत्तालिएर राजाले प्रधानन्यायाधीश, महान्यायाधिवक्ता, शाही सेनाका प्रमुखसंग आफ्नो गद्धी कसरी जोगाउन सकिन्छ भनेर हिजोमात्र छलफल गरेका थिए । आज त्यसैको निरन्तरता स्वरुप मन्त्रीहरुबीच छलफल भइरहेको हुन सक्छ ।

View Article  अर्का शहीद

Another protestor becomes  Martyer

    

हिजो कलंकीमा देखिएको दृश्य

जनताको मुक्ति र स्वतन्त्रताका लागि ज्यान    आहुति दिनेहरुको संख्या बढिरहेको छ । ज्यानको बाजी लगाएर निरंकुश राजाको सत्तालाई चुनौती दिने क्रममा १५ जनाले ज्यान गुमाइसकेका छन । कैयौं घाइते छन, जसको कति बेला ज्यान जाने हो भन्ने कुनै ठेगान छैन । यहां एक जना घाइतेको ज्यान गएको खबर छ । कुटिकुटि, लाठी हानेर र गोली ठोकेर शाही सत्ता आफ्नो बहादुरी देखाइरहेका छ । जनता मारिरहेको छ । यद्यपी जनताको आन्दोलनमा शहीद हुनेहरु महान हुन । यहां त्यस्तै अर्का शहीदको बारेमा एउटा खबर छ ।

वर्दियाको सदरमुकाम गुलरियामा ७ बैशाखमा सेनाले हानेको गोली लागेर घाइते भएका आन्दोलनकारी ५० वर्षीय प्रेमलाल लामिछानेको मध्यरातमा उपचार हुँदाहुँदै मृत्यु भएको छ। उनलाई भारतको लखनऊ उपचारार्थ लगिएपछि राति एकवजे वाटैमा मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालले उनको उपचार हुन नसक्ने भन्दै लखनउका लागि रिफर गरेको थियो ।

गुलरियामा दलहरुको शान्तिपूर्ण पदर्शन भइरहँदा जिल्ला विकास समितिमा रहेको सेना र जिल्ला प्रशासनमा रहेका प्रहरीले सयौं राउण्ड गोली चलाएका थिए। गोली लागी २३ जना र कुटाइवाट झण्डै दुइदर्जन आन्दोलनकारी घाइते भएका थिए।घाइतेमध्ये १२ जनाको शिक्षण अस्पतालमा र अन्यको वर्दिया अस्पतालमा उपचार भइरहेको छ।

View Article  गिद्धले झै अस्पतालबाटै लास खोसियो

Police forcefully takes three dead bodies from the hospital

जनताको रगतमा होली खोलेर रमाइरहेका फासिष्ट राजा ज्ञानेन्द्रको सरकार कतिसम्म विक्षिप्त छ भन्ने दुनियाले जानेकै विषय हो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका जनतामाथि हिजो पनि गोली हानियो । कलंकीमा चार जनाको विभत्स हत्या गरियो । हत्या गरिएका लास समेत गिद्धले झै राजाका भरौटेले षड्यन्त्रपूर्वक अस्पतालबाट खोसेर लगेको खबर छ । सुरक्षाकर्मीले हानेको गोली लागेर ७ बैशाखमा कलकीमा प्रर्दशनमा मृत्यु भएका ३ प्रर्दशनकारीको शव अस्पतालबाटै सुरक्षाकर्मीले खोसेर लगेको छ। उनीहरुको शव प्रर्दशनीमार्गस्थित काठमाडौ मोडल अस्पतालमा राखिएको थियो। उनीहरुको मृत्युको पुस्टि गर्दै मोडल अस्पतालको डा सरिता पाण्डेले"मुचुल्का उठाउने काम हुँदैछ बिरामीको भिडभाडले मृतकको नाम पत्ता लगाउन सकिएको छैन" बताउनु भएको थियो। ठुलो संख्यामा अस्पताल हाताभित्र पुगेका सुरक्षाकर्मीलाई स्वास्थ्यकर्मीहरूले शव दिन नमाने पछि उनीहरू बल प्रयोग गरि तीनवटै शव लगेका छन्। मृतकहरूको नाम थाहा हुन सकेको छैन भने ती सबै ३० वर्षमुनिका पुरुष भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।