View Article  रातीराती जुलुश छ चितवनमा
People protest also at night in Chitwan



आज दिउसो नागरयणगढ बजार नजिकको शहर गैडाकोटमा गरिएको सडक नाटक प्रदर्शनको एक दृश्य। तर चितवनमा दिउसोमात्र होइन राती रातीपनि आन्दोलन तेज भैरहेको छ। तस्विर र समाचार चिन्तामणी पौडेल ।

आन्दोलनरत सात राजनीतिक पार्टीलाई सम्बोधन गर्दै चितवनको सदरमुकाममा दिउसोमात्र होइन राती रातीपनि जुलुस निस्कन थालेको छ। दिनभर सडकमा टायर बाल्दै आन्दोलनलाई तिव्र उचाइमा पुर्याउने यहाका कार्यकर्ताहरुलाई अचेल रातमा पनि  फुर्सद हुन छोडेको छ। यहाका आन्दोलनकारीहरुको उदेश्य आन्दोलनलाई बार्ता र संझौतामा पुर्याउने नभै टुगोमै पुर्याउने रहेको छ।त्यसो त दिउसो दिउसो ग्रामिण इलाकाबाट आएर नारायणगढ बजारमा एकीकृत भएको जुलुस भरतपुर तर्फपुगेर पुनः नारायणगढ बजार आउने क्रमपनि जारी छ।   more »
View Article  उदयपुरको आन्दोलन तस्विरहरुमा
Protest in Udayapur (photo feature)



आन्दोलन जारी छ - ज्ञाने चोर देश छोड । उदयपूरबाट हाम्रा पाठक अजय शाहले पठाएको समाचार र तस्विरहरु । तस्विरहरु परशुराम थापाले खिचेका हुन। अरु तस्विरहरु भित्र छन्।
हिजो बेलुका ७ बजे राजा द्धारा गरिएको शाही घोषणाको विरुद्धमा आज विभिन्न पेशागत संघ संगठन, करिब आधा दर्जन टोलसुधार समिती र सातदलको संयुक्त सहभागीतामा गाईघाट बजारमा एक विशाल प्रदर्शन भएको छ। प्रदर्शनका सहभागीहरुले बजारका विभिन्न क्षेत्रहरु परिक्रमा गरी लोकतान्त्रिक चोकमा एक कोण सभा गरेका थिए।   more »
View Article  आज पनि राजधानीका सडक रंक्तरंजित
people refuse the king's offer, protest throughout the nation



राजाले आफ्नो गद्धी जोगाउने अन्तिम उपाय अनुरुप जनताका नाममा जनताकै अपहेलना हुने गरी शाही घोषणा गरेका थिए । सडकमा रगत बगाइरहेका जनता र शहीद भएकाहरुको मागलाई त्यसले सम्बोधन नगरेपछि १६ दिनदेखि चलिरहेको राजा विरोधी आन्दोलन किन रोकिन्थ्यो र । शनिबार धोकापूर्ण शाही घोषणाको विरोधमा राजधानीमामात्र हैन देशैभर जनता उर्लिए । हिजो भन्दा बढी । कर्फू तोड्दै जनता अगाडि बढिरहेका थिए ।

शान्तिपूर्ण आन्दोलनमा भाग लिनेहरुलाई सुरक्षाकर्मी गोली, बुट, लाठी, अश्रूग्यांस हाने । राजधानीका सडक रक्तरंजित भयो । तर, जनता मर्न तयार भए । शाही सुरक्षाकर्मीको प्रतिकार गर्दै अगाडी बढे । रत्नपार्कतिर लाखौलाख जनता अगाडी बढ्न थालेपछि राज्यको सुरक्षा निकायलाई केही चिन्ता भएन, राजा बस्ने नारायणहिटी राजदरबार कसरी जोगाउन भन्ने चिन्ता भयो । राजदरबार वरिपरिको सुरक्षा घेरा निक्कै कडा गरियो ।

जनताले दरबार कब्जा गर्लान भन्ने डर भएरै त होला नि ।   more »

View Article  शाही सत्ता २४ घण्टामात्र, सडकबाटै जनताको सत्ता जन्मने

Gyanendra's government illegitimate, People's government to be formed shortly

आन्दोलनरत सात राजनीतिक दलले अर्को ऐतिहासिक निर्णय लिएका छन । राजाले देखाएको सत्ता लालचालाई अस्वीकार गर्दै जनताको पक्षमा उभिएका छन ।
आज बसेको सात दलको बैठकले 'राजा ज्ञानेन्द्रले २४ घण्टाभित्र प्रतिनिधि सभा पुनस्थापना नगरे' सडकबाटै पुनस्थापना गरी समानान्तर सरकार गठन गरी अगाडि बढने निधो गरेको छ ।   more »

View Article  लाखौंको प्रदर्शनमा गोली चल्यो

Millions join the protest today,   dozens hurt in the firing

(अपडेट-२.३० बजे) राजधानी अहिले आन्दोलनमय भएको छ। कर्फू तोड्दै कल्पनै गर्न नसकिने जनसागर सडकमा ओर्लेको छ। अहिले सुरक्षाकर्मीले पनि जनसागरलाई थेग्ने स्थिति छैन लाखौं जनता सामेल भएको जुलुसमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। माइतीघर मण्डलादेखि तीनकुनेसम्म फैलिएको एक लाखभन्दा बढीको जुलशमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ।
सुरक्षाकर्मीले अहिले त्यहाँ टियर ग्याँस र गोली प्रहार जारी राखेका छन्।

थप जानकारी पछि।

View Article  तेस्रो समझदारी कायम गर्न माओवादी आव्हान
Prachanda appeals to SPA for new understanding

प्रचन्डको नयां विज्ञप्ती


नेकपा माओवादीका अध्यक्ष प्रचन्डले राजाको हिजोको संवोधन कुटील भएको जनाउदै निर्सत संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सात राजनीतिक दलहरुसंग तेस्रो समझदारी गर्न माओवादीले आग्रह गरेको छ। माओवादीका अध्यक्ष प्रचन्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ - एउटै राजनैतिक नारामा गोलबन्द बन्न सबै राजनैतिक दल, नागरिक समाज र बौद्धिक समुदायसंग विशेष आग्रह गर्दछौं । सात पार्टीहरुसंग तेस्रो चरणको समझदारी कायम गरी एउटै नारा तय गर्न अनुरोध गर्दै माओवादीले भनेको छ -- अढाइ सय वर्षेदेखि र विशेषतः गएको ५६ वर्षेखि पटक-पटक धोखा दिंदै आएको सामन्ती राजतन्त्रबाट सदाका लागि उन्मुक्ति दिन सबैं वर्ग, तह र तप्काका जनसमुदायले संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने एउटै राजनैतिक नारामा गोलबन्द बन्नुपर्ने देखिएको छ। बाकी विज्ञप्ती भित्र हेर्नुहोस।   more »
View Article  तस्विरमा जनआन्दोलन सोह्रौ दिन


शहिद सगुन ताम्राकारकी आमा हिजो कलंकीमा भएको आन्दोलनमा सरीक हुदै। छोरो गुमाएकी यिनी साच्चै महान आमा हुन्। बाकी तस्विरहरु हेर्न यहा क्लिक गर्नुहोस। तस्विरहरु स्वतन्त्र समाचार सेवाकालागि सागर श्रेष्ठले खिचेका हुन् र तस्विरहरु मिलाइदिने काम दिपेश विडारीले गरेका हुन्। तस्विरहरु हेर्न साना तस्विरहरुमा क्लिक गर्दै जानुहोस ।
View Article  राजाको सम्बोधनपछि के हुंदैछ

latest political development after king's address 

-यसअघि नेपाली काग्रेस, एमाले, प्रजातान्त्रिक काग्रेस र राप्रपाको बैठक बसेको थियो। काग्रेसले 'राजाको सम्बोधनले जनआन्दोलनको अवमूल्यन गरेको, सात दल-माओवादी बाह्र बुंदे समझदारीको वेवास्ता गरेको र आन्दोलन कमजोर पार्ने षडयन्त्र गरेको' ठहर गर्दै लक्ष्य प्राप्त नभएसम्म जनआन्दोलन कायम राख्ने निर्णय गरेको छ ।
एमालेले 'घोषणाले सात दलको माग, बाह्र बुंदे समझदारी अस्वीकार गरेको र जनताको भावनालाई पूर्ण तिरस्कार' गरेको भन्दै त्यसलाई अस्वीकार गर्दै 'निरंकुश राजतन्त्रलाई पराजित गरी पूर्ण प्रजातन्त्र स्थापना गर्ने आन्दोलनलाई शान्तिपूर्ण रुपमा अझ व्यापकताको साथ अघि बढाउन आहृवान' गरेको छ ।
 प्रजातान्त्रिक काग्रेसले 'शाही सम्बोधनले आन्दोलनको मार्गचित्र नसमेटेकाले आन्दोलन जारी राख्ने' निधो गरेको छ । राप्रपाले समेत 'शाही घोषणा सकारात्मक रहे पनि सबै पक्षलाई नसमेटेको' टुंगो गरेको छ ।
अमेरिकी राजदूत जेम्सएफ मोरियार्टीले नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग पार्टीको बैठक चलिरहेकै बेला भेट गरे ।   more »
View Article  हेलो मिष्टर ज्ञानेन्द्र किन-मार्‍यौं विरेन्द्र
"Mister Gyanendra why did you kill Birendra?"

राजा विरोधी आन्दोलन जारी छ । हिजो राजा ज्ञानेन्द्रले आन्दोलन बिथोल्ने कुटिल चाल अनुसार गरेको शाही सम्बोधनले जनतालाई भुलाउन सकेन, जनता फेरि पनि सडकमै छन । दाजु मारेर गद्धीनसिन भएका राजालाई जनताले तह लगाएरै छोड्ने स्थिति बनेको छ । मैले जारी जनआन्दोलनको क्रममा सुनेका नारा तपाईहरुका लागि रोचक र पठनीय होला भन्ने सम्झेर यहां समावेश गरेको छु । आज नयां नारा थपिएको छ- 'शाही घोषणा धोका हो, ज्ञानेन्द्र बोका हो । शाही घोषणा धोका हो, प्रधानमन्त्री बन्ने बोका हो ।' अरु नारा पनि पढौं न त ।

-ज्ञानेन्द्रको चालाले दुख पाए साराले ।

-ज्ञाने चोर देश छोड ।

-हेलो मिष्टर ज्ञानेन्द्र किन-मार्‍यौं विरेन्द्र ।

-आर्यघाटले के भन्छ, ज्ञाने/पारस ले भन्छ ।   more »

View Article  बिहानै जनता जागे, नारायणहिटी कब्जा गर्न बांकी

Protest continues,  people march towards Royal Palace

आज बिहानैदेखि काठमाडौंका सडकहरुमा साइसुइ सिठ्ठी र नारावाजी सुनियो । म कलंकीमा छु, त्यहां बिहान ८ नबज्दै जुलुस आयो, कालीमाटीतिरबाट । जुलुस हिजो राजा ज्ञानेन्द्रले जनताको अपमान र आफ्नो गद्धी जोगाउने कुटिल षड्यन्त्रको तानाबाना बुनेर गरेको सम्बोधन विरुद्ध रहेछ । त्यसो त काठमाडौं बाहिर नेपालगंज, बुटबल, जनकपुर, विराटनगर, विरगंजमा हिजै राजाको सम्बोधन विरुद्ध जनता जागिसकेको खबर आइरहेको छ । त्यहां आज पनि हालत उही छ । राजाले हिजो गरेको सम्बोधनले आन्दोलनकारीको मनोबल झन उच्च देखिएको छ, आन्दोलनमा उर्जा थपिएको पाइएको छ ।

राजधानीमा बिहानैदेखि कलंकी, नयांबानेश्वर, कोटेश्वर, गोंगबु, चाबहिल, तिनकुने क्षेत्रमा जनता सडकमा ओर्लिसकेका छन।   more »