Nepalis to protest in Berlin (Germany) on Monday

इतिहासमा विभिन्न समयमा नेपाली जनताले प्रजातन्त्र प्राप्तीको लागि संर्घष गर्दै आएका थिए। त्यस्ता आन्दोलनहरु विभिन्न सहमती र संझौता मार्फ राजतन्त्रले विभिन्न रुप र रंग सिर्जना गरी तुहाई दिएको थियो। एक्काइसौं शताब्दीका नेपाली जनता सबैखाले षडयन्त्र र छल कपटको विरुद्ध उभिएकाछन्। मेची देखि महाकालीसम्म जनताको विशाल उपस्थिति र लोकतान्त्रिक गणतन्त्रको पक्षमा घन्काइएको यस आवाजलाई लोकतान्त्रिक गणतन्त्र स्थापना नभएका दिनसम्म निरन्तरता दिनु सबैको दायित्व बन्न पुगेको छ। त्यही क्रममा प्रवासमा रहेका सम्पूर्ण नेपाली तथा नेपालका शुभचिन्तकहरुलाई पनि संर्घषको माध्यमबाट ऐक्यबवद्धता जनाउन आग्रह गर्दै अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनी लगायत जर्मनीमा रहेका लोकतन्त्र प्रेमी नेपालीहरुको आब्हानमा यही २४ तारिख शाही राजदुतावास अगाडि हुन लागेको ऐक्यवद्धता र्‍याली तथा विरोध प्रदर्शनमा भाग लिन सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अपिल गरिएको छ।