नेपालमा राजनीतिक संकट गहिरिदों छ । कति बेला के हुने हो कसैलाइ जानकारी छैन । यही कारण त होला जारी जनआन्दोलन लम्बिएकै बेला छिमेकी मुलुक चीन र अमेरिकाले असुरक्षा महसुस गर्दै आफ्ना नागरिकहरुलाई नेपाल छोडी स्वदेश र्फकन आग्रह गरेका छन । 'नेपालमा जुनसुकै बेला जे पनि हुनसक्ने' निष्कर्षनिकाल्दै अधिकांश राजदुतावास, कुटीतिक नियोग तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी आफ्नो राष्ट्र र्फकने तयारीमा बसिरहेका छन ।
नेपालमा रहेको अमेरिकी राजदुतावास र चीन सरकारको परराष्ट्र मन्त्रालयले नेपालमा रहेका आफ्ना नागरिकलाई तत्काल नेपाल छाड्न निर्देशन दिएका छन् । यसले नेपालको स्थिति अझै गहिरिने सम्भावना बढेर गएको छ । more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, April 24
by
Nepal Info
on Mon 24 Apr 2006 02:46 PM CEST
by
Nepal Info
on Mon 24 Apr 2006 01:11 PM CEST
Fresh news तपाइहरु नेपालको ताजा जानकारीको भोको हुनुहन्छ होला । तसर्थ आजको महत्वपूर्ण तीन नयां कुरा हालेको छु । अरु पछि । काठमाडौं आन्दोलनमय छ । जताततै प्रदर्शनहरु भइरहेको छ । राजाले आन्दोलनलाइ सम्बोधन गरी नयां सम्बोधन हुने चर्चा बिहानैदेखि चलिरहेको छ । यस्तै आन्दोलनकारीहरुले नारायणगोपाल चोकसम्म मात्र जान्छौं, त्यहाँबाट शान्तिपूर्ण रुपमा गोंगबु नै फर्कन्छौं भनी भन्दा पनि प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको त्यहाँस्थित पत्रकारहरुले जानकारी दिएका छन्। न्धुपाल्चोकको सदरमुकाम चौतारामा आइतबार राति माअोवादीले आक्रमण गर्दा एक सर्वसाधारण सहित ६ को मृत्यु भएको छ। आक्रमणमा चार माओवादीको मृत्यु भएको छ भने एक सुरक्षाकर्मीको पनि ज्यान गएको पुष्टि भएको छ। राति ९ बजेबाट सुरु भएको भिडन्तका क्रममा माओवादीहरुले जिल्लास्थित सेना तथा प्रहरी बेसक्याम्पमा आक्रमण गरेका थिए। माओवादीले जिल्लास्थित नेपाल टेलिकमको टावरकमा आक्रमण गरेका कारण अहिले सिन्धुपाल्चोक सञ्चार सम्पर्कबिहीन भएको छ। राति १२ बजेतिर थप बलका लागि काठमाण्डौंबाट गएको नाइटभिज हेलिकोप्टर प्रतिकूल मौसमका कारण फर्किएको थियो। आक्रमणकारी माओवादीहरु ठोकर्पा क्षेत्रतर्फ भागेको आशंकामा सेनाले सोमबार बिहानैदेखि त्यस क्षेत्रमा कारवाही थालेको बताएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही बैशाख २१ गतेदेखि संचालन गर्न लागेको स्नातक तह दोस्रो बर्षको सम्पूर्ण संकायका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ।
by
Nepal Info
on Mon 24 Apr 2006 09:30 AM CEST
Nepal to become a republican country soon Dr. Baburam Bhattarai डा. बाबुराम भट्टराइ
by
Nepal Info
on Mon 24 Apr 2006 09:16 AM CEST
Democratic movement on The 18th day (Photo feature)
![]() जनआन्दोलन भाग दुइ अठारौं दिनका तस्विरहरु अर्थात हिजोको आन्दोलनका तस्विरहरु। थप तस्विरहरु यहा क्लिक गर्नुहोस। भित्र रहेका २० तस्विरहरुको देब्रे पट्टी माथि रहेको नेक्स्ट अप्सन क्लिक गर्नुभयो भने तस्विरहरु आफै खोल्न सक्नुहुनेछ। दाहिनेपट्टीको अप्सन क्लिक गर्नुभयो भने तस्विरहरु क्रमश आफै खुल्दैजानेछन्। आजको प्रदर्शनका तस्विरहरुपनि हामी यसरीनै राख्ने प्रयाश गर्नेछौं । तस्विरहरु दिपेश विडारीले मिलाइदिएका हुन् भने खिच्ने काम फोटो पत्रकार सागर श्रेष्ठले गरेका हुन्।
by
Nepal Info
on Mon 24 Apr 2006 12:39 AM CEST
Nepalis in Hongkong protest against Nepali autocratic regime (photo feature)
Rajendra Adhikari, Hongkong ![]() हङ्कङ् बैशाख १० नेपालमा चलिरहेको लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्दै आज हङ्कङमा एक विरोध प्रदर्शन गरियो। विरोध प्रदर्शनमा बोल्दै हङ्कङका एक सांसद जो चे ग्वेभाराको आकृतीको टी शर्टमा देखिएका छन्। यि तस्विरहरु हामीलाई हाम्रा साथी राजेन्द्र अधिकारीले पठाउनुभएको हो।बाकी तस्विरहरु भित्र हेर्नुहोस। more » |
Categories
This Month
Month Archive
|
||


