Dr. Giri escapes from kathmandu
गिरी भागेः राजाको मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरी नेपाल छोडेर भागेको खबर छ । केही समय अघि उनी त्रिभुवन अन्तराष्टि्य विमानस्थलबाट वंगलादेशको विमान चढेर भागेको अपुष्ट जानकारी प्राप्त भएको छ । मुलुकमा प्रजातान्त्रिक प्रक्रिया वहाली भएपछि जनतामाथि दमन गर्ने र राजाको चाकडी गरेर लाभका पदमा बसेकाहरु यसै गरी भागिरहेका छन ।
विजय जुलुशमा भिजिलान्तेः लामो लडाइपछि जनताको जित भएको खुसीयालीमा आज रत्नपार्कमा निस्केको जुलुसमा पनि भिजिलान्ते छिरेपछि अशान्ति भयो । विद्यार्थी नेता गगन थापाले टुडिखेलमा सम्बोधन गरिरहंदा भिजिलान्तेले आक्रमण गरेपछि तनाव भएको थियो । उनलाइ आन्दोलनकारीले आक्रमण गरेका छन । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

जुलुस दरबारतिरः यसैगरी १९ माघपछि रत्नपार्कमा खुल्ला प्रदर्शन गर्न पाएकाहरु नारायणहिटी राजदरबारतिर जाने तरखर गरिरहेका छन । तर कडा सुरक्षा व्यवस्था कडा भएकाले अहिले -७.०० बजे)सम्म त्यो सम्भव भएको छैन । प्रहरीले भिड नियन्त्रण गर्न अश्रूग्यांसको समेत प्रयोग गरेको छ । त्यो भिडले त्यहां माओवादीको संसद पुनस्थापनाप्रति असहमति जनाएको विज्ञप्तिहरु छरेका थिए । यसैगरी संसद पुनस्थापनाबाट जनताको जित भएको भन्दै आज राजधानीलगायत अधिराज्यभर विजय जुलुशहरु भए ।

