Ranabhat resigns from the post of HoR

चार वर्षअघि देखि बिना संसदको सभामुख भैखाएका तारानाथ रानाभाट साच्चै संसदको सभामुख भने हुन नपाउने भए । राजाको निरंकुश सत्ता विरुद्ध लडेकी र पटकपटक सडक संसदकै अध्यक्षता लिएकी उपसभामुख चित्रलेखा यादवनै पुनस्थापित संसदको सभामुख हुने भएकी छिन । जनताको पक्षमा लड्नेले लोकतन्त्रमा पद पाइहाल्छ, जो निरंकुश सत्ताको चाकडी गर्छ उसको लोकतन्त्रमा कुनै स्थान हुंदैन भन्ने रानाभाटको हालतबाट प्रष्ट भएको छ ।
उनलाइ आन्दोलनकारी दलले सभामुख अस्वीकार गरेपछि एउटा नाटक गरेका छन, संसद बेलाउने प्रक्रियाप्रति असहमति दर्शाउदै राजीनामा । दुनियांले चिनिसकेका भाटले गरेको नाटकले कुनै अर्थ राख्ने छैन । जब देशमा निरंकुश सत्ता स्थापना भयो, त्यही बेला देखि उनले निरंकुश सत्ताको तावेदारी गर्दै आएको कसैबाट छिपेको छैन । त्यसो छ, फासिष्ट राजा ज्ञानेन्द्रले तत्कालिन राजा मारेको कुरा लुकाउनेमध्ये एक रानाभाट नै हुन । उनले छानबिन समितिमा बसेर ज्ञानेन्द्रले मच्चाएको हत्याकाण्डका दोषीहरुलाई जोगाएकै हुन । त्यही समितिबाट राजीनामा दिएका एमाले महासचिव माधवकुमार नेपालले यस्तो पात्रको विरोध गर््न् स्वभाविक पनि हो ।
राजाभाट नेपाली राजनीतिका कलंक पनि हुन । मुलुक कहां पुगिसक्यो, उनी त्यही निरंकुश राजा ज्ञानेन्द्र जोगाउनु पर्छ भनेर भट्ट् गरिरहन्छन । उनले ज्ञानेन्द्रलाइ जोगाउन उति बेला बन्दुक देखाएर भट्ट् र रट्ट् गरेको कसैले बिर्सेको छैन । अहिले संविधान सभा आवश्यक नभएको भनेर रट लाइरहेका छन । यी सभामुखै रहेको भए संसदमा संविधान सभाको प्रस्ताव पारित नहुन सक्थ्यो, तसर्थ यी जनताको चाहनाका वाधक गए राम्रै भयो ।
