View Article  गिरिजा आउन सकेनन, प्रचण्ड आउलाउन त टुंडिखेलमा
"Mass meeting helds today in Kathmandu, Maoists; plan the same for Friday


आज टुंडिखेलमा भएको आमसभामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको खुबै माग भयो । उहां भने स्वास्थ्यको कारण उपस्थित हुन सक्नु भएन । अहिले उहांको जति माग छ, सुशिल कोइरालाको नहुनु स्वभाविक हो । त्यही कारण सुशिलले बोल्दा ढुंगामुढा नै भयो । हुन त २०४६ सालको जनआन्दोलन सफल भएको अवसरमा टुंडिखेलमै विजय सभा हुंदा गिरिजाप्रसादमाथि ढुंगामुढा भएकै हो, उनी त्यति बेला काग्रेसको महामन्त्री थिए । अहिले अर्का कोइरालाले ढुंगा खानु पर्‍यो, उनी काग्रेसको उपसभापति हुन । आन्दोलनपछिको विजय सभामा ढुंगा खाने नै यो देशको नेता भएको बेला सुशिललाइ पनि त्यही अवसर मिलेको हो वा के हो त्यो त भविश्यमा देखिने नै छ ।
आज त सात दल तथा जनआन्दोलनकै प्रमुख नेता गिरिजा नआउंदा बबण्डर भयो नै, भोलि माओवादीले टुंडिखेलमै आमसभा गर्दैछ, त्यहां चाहिं प्रचण्ड झुल्किएलान त भन्ने आम चासो छ ।
सात दलको आयोजनामा बिहीबार खुलामञ्चमा विशाल आमसभा भएको छ। सभाका सबै वक्ताहरुले संविधानसभाको पक्षमा बोलेका छन्। आमसभामा आएका जनताले प्रस्तावित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अनुपस्थितप्रति कडा आक्रोश जनाएका थिए।   more »

View Article  अक्सिजन लिइरहेका कोइराला आजै प्रधानमन्त्री नियुक्त हुने
मुलुकको राजनीतिक द्धन्द्ध अन्त्य गर्ने लक्ष्यसहित नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आज प्रधानमन्त्रीमा नियुक्त हुंदैछन । सांझसम्म उनको नियुक्तिको सुखद खबर आउने छ । तर, विडम्बना नै मान्नुपर्छ उनको स्वास्थ्य ज्यादै नाजुक छ । अहिले उनलाइ घरमै अक्सिजन दिएर राखिएको छ । उनी निकटका राजेन्द्र पराजुलीले दिएको जानकारी अनुसार, दम बढेकाले अक्सिजन दिनु परेको हो, स्थिति चिन्ताजनक छैन ।

कोइराला बिरामी भएको हल्लाले जनतामा निक्कै चिन्ता छाएको छ । संविधान सभाको निर्वाचन गराएर माओवादीलाइ मूलधारको राजनीतिमा ल्याएरमात्र राजनीतिक विश्राम लिने उनको लक्ष्य छ । देश र विदेशबाट संकटको नेता उनैलाइ मानिएको छ । उनको स्वास्थ्यमा तलमाथि भयो भने बल्लतल्ल आएको प्रजातन्त्र फेरि राजाले खान बेर छैन । राजा अरुसंग डराउदैनन, कोइरालाले मात्र राजालाइ तह लगाउने हुन ।

कोइराला राम्ररी हिड्डुल गर्न नसक्ने अवस्थामा छन । उनलाइ 'ब्रोङक्राइटिस' भएको छ । ८५ वर्षका यी बुढा नेता पिउनुसम्म चुरोट पिउछन । यसले पनि उनको स्वास्थ्यमा गड्बढी आइरहन्छ ।

यस्तो स्वास्थ्यको ब्यक्तिलाइ नै प्रधानमन्त्री बनाउने राजा, माओवादी, सात दल र विदेशी शक्तिको चाहना छ । कांग्रेसको आज बिहान बसेको संसदीय दलको बैठकले उनलाइ दलको नेता छानेको छ । सात दलको बैठकले पनि उनैलाइ एकमतले प्रधानमन्त्री हुन भनिसकेको छ । प्रधानमन्त्री त पक्का हुने भए, उनको स्वास्थ्यले चाहिं के गर्ला ।