
संविधानतः राजतन्त्र समाप्त
by
Nepal Info
on Fri 28 Apr 2006 01:01 PM CEST
Constitutionally Nepali monarch comes to an end
Dr. katak malla
डा. कटक मल्ल
नेपालमा भइरहेको राजनीतिक परिवर्तन नेपाली जनताको धैर्य, चेतना र साहसको परिणाम हो, र यो क्रान्तिले समग्र क्रान्तिको रुप लिएको छ। यो विश्वमै सच्चा लोकतान्त्रिक क्रान्तिको नमूना क्रान्ति हो। नेपालको इतिहासमा पहिलोपटक जनताले सफलतापूर्वक निरंकुश तानाशाही राजतन्त्रविरुद्ध लोकतान्त्रिक सार्वभौम अधिकारको प्रयोग गरेका छन्। बन्दुक, ट्यांक र सैनिकबाट सज्जित राजतन्त्र निहत्था तर करोडौं नेपालीको अगाडि इतिहासमै पहिलोपल्ट निर्लज्ज झुकेको छ। यसका लागि अढाई करोड नेपाली कोटी-कोटी बधाइका पात्र छन्। यो क्रान्तिले सम्पूर्ण नेपालीलाई गौरन्वित बनाएको छ।
वर्तमान जनक्रान्तिका उपलब्धीहरू महान छन्। तर धेर्य, चेतना र साहसको गतिलाई निरन्तरता दिन सकिएन भने क्रान्तिका उपलब्धीहरूलाई वास्तविकतामा परिणत गर्न सम्भव हुने छैन। नेपाली जनता यसका भुक्तभोगी छन्। विगतमा जस्तै क्रान्तिका उपलब्धीहरू प्रतिक्रान्तिको षडयन्त्रको जालमा नपरून्। इतिहास नदोहोरियोस् भन्ने जनचाहना छ। एक सुन्दर, शान्त र शिष्ट नेपालको निर्माण होस् भन्ने नेपालीको चाहना पूरा गर्न जनक्रान्तिद्वारा स्थापित सरकारले तत्काल गर्नुपर्ने आमूल तीनवटा विषयमा सुझाव दिने प्रयास गरिएको छ।
१.तत्काल गर्नुपर्ने संवैधानिक तथा राजनीतिक परिवर्तन
सरकार गठन हुनासाथ तत्काल गर्नुपर्ने परिवर्तनहरू संक्रमणकालका लागिमात्र होइन, संविधानसभा र त्यसपछि स्थापना हुने राजनीतिक पद्दतिका लागि पनि मार्गदर्शक हुने छन्। यो सरकार क्रान्तिद्वारा गठित सरकार भएकोले यसले जनताले सडकमा प्रयोग गरेका सार्वभौमसत्ताको कानूनी र संवैधानिक अधिकारको प्रयोग गर्ने क्षमता राख्छ। निरंकुश राजाले २०६३ साल बैशाख ११ गते राति ११।३० बजे दिएको भाषणबाट आफ्नो कानूनी हार स्विकार गर्दै २०४७ सालको संविधान अन्तरगतको राजतन्त्रलाई समाप्त गरिसकेको छ। सो भाषणमा राजतन्त्र शब्द कतै उल्लेख नगरेकोमात्र होइन, राजाले ूनेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको तथ्यलाईू स्विकार गरेका छन्। यसको अर्थ राजतन्त्र अब राजनीतिकरुपले मात्र जीवित छ, संवैधानिकरुपले समाप्त भइसकेको छ। राजाले सो भाषणमार्फत् सात राजनीतिक दलसमक्ष आत्मसमर्पण गरेका छन्। हेर्नुहोस् यो वाक्यांश, ूबहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेबारी वहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आह्वान गर्दछौँ। more »