माओवादीको खुला कार्यक्रम खुला मंचमा। बाकी कार्यक्रमका तस्विरहरु हेर्न यहा क्लिक गर्नुहोस। तस्विरहरु सबै फोटो पत्रकार सागर श्रेष्ठले खिचेका हुन् भने मिलाइदिने काम दीपेश विडारीले गरेका हुन्।

रेडर्कनर नोटिस र आतंककारी बिल्ला कायमै रहेको अवस्थामा माओवादीका नेता तथा छापामारहरुले राजधानीको मुख्य भाग शहीदमञ्चमा शुक्रबार खुला सभा गरे । निसर्त संविधान सभाको निर्वाचन गराउन सात दललाई दवाव दिन सभा गरिएको हो। सयुक्त लोकतान्त्रिक मञ्च र राष्ट्रिय जनमञ्च नेपालले आयोजना गरेको जनसभामा माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष लेखनाथ न्यापौने र मजदुर संगठनका अध्यक्ष शालिकग्राम जमरकट्टेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम अवधिभर त्यस क्षेत्र पूर्णत माओवादी नियन्त्रणमा रहृयो । मञ्च ब्यवस्थापन, कार्यक्रम स्थलको सुरक्षा र मनोरञ्जनात्मक कार्यक्रममा माओवादीका कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रममा सेनच्याङ्ग सांस्कृतिक समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

सभामा न्यौपानेले आफूहरुमाथि लागेको आतंककारीको बिल्ला र रेर्डकर्नर नोटिस कायमै रहे पनि जनताको सुरक्षाकवचमाथि विश्वास गरेर यसरी खुला सभामा आएको बताउनुभयो । शान्तिपूरर््ण्ा जनआन्दोलनप्रति पूर्ण विश्वस्त भएर आफूहरु हतियार बिसाएर सडकमा आएको उल्लेख गर्दै न्यौपानलेले यदि आफ्नो पार्टीको यो उदारतालाई कमजोरी ठानिए पुनः बन्दुक बोकेर उपत्यकाको सडकमा उत्रिन आफूहरु बाध्य हुने बताउनुभयो ।

जनताको शान्तिपूर्ण आन्दोलनप्रति विश्वस्त भएर पार्टीले बन्दुक बिसाएको उल्लेख गर्दै अर्का वक्ता जमरकट्टेलले निर्सत संविधान सभाको निर्वाचन घोषणा नगरिए आफुहरु पुनः बन्दुक उठाउन बाध्य हुने बताए ।

जनता गणतन्त्र स्थापनाका लागि सडकमा उत्रेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरुले निर्सत संविधान सभाको घोषणा गरे शान्तिपर्ूण्ा रुपमा नेपालमा गणतन्त्रको स्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

कट्टेलले माओवादीसंग सात डिभिजन सेना रहेको उल्लेख गर्दै सात दलले धोका दिए नेपाल तरुण दल र प्रजातान्त्रिक युवा संगठनका सबै सदस्य पनि हतियार उठाएर माओवादीसित मिसिने चेतावनी दिए । विगतमा राजाले माओवादीलाइ पत्र पठाएर दलका नेतालाइ सिध्याउन सत्तामा आउन आग्रह गरेको उल्लेख गर्दै कट्टेलले तर माओवादीले दललाइ सिध्याउन नचाहेको स्पष्ट पार्नुभयो ।

माओवादी निकट देशभक्त लोकतान्त्रिक मञ्चका कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ, नागरिक समाजकातर्फाट बोर्णबहादुर कार्की, सिन्धुनाथ प्याकुरेललगायतले राजतन्त्र राख्ने या फाल्ने निर्णयको अधिकार जनताको हातमा सुम्पन पनि निर्सत संविधान सभाको घोषणा हुनुपर्नेमा जोड दिएका थिए ।

बुटवल समाचारदाताले पनि एकतर्फी युद्धविरामको २४ घण्टा बित्न नपाउँदै माओवादीले विभिन्न ठाउँमा खुल्ला सभा गरी संसदको पहिलो बैठकमै निर्सत संविधान सभा चुनाव घोषणा गर्न सात दललाई दवाव दिएको छ ।

शुक्रबार बस्ने पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा माओवादी र उसले चलाएको १० वर्षो जनयुद्धलाई संम्बोधन गरी संसदवादी दलहरुले संविधान सभा निर्वाचनको घोषणा गर्नुपर्नेमा माओवादीले जोड दिएको छ । माओवादीले गुल्मी, कपिलवस्तु, रुपन्देहीलगायत विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा खुला सभा गरी दलहरुलाई १२ बँुदे समझदारीप्रति प्रतिबद्ध रहन र निशर्त संविधान सभाको घोषणा गर्न माग गरेको छ । कपिलवस्तुको हथौसामा विहीबार माओवादीको जिल्ला जनसरकार कपिलवस्तुले आयोजना गरेको खुला सभामा पार्टर्ीी केन्द्रीय सदस्य पम्फा भुसालले बैशाख ११ गतेको शाही घोषणा स्वीकारेर सात दलले १२ बँुदे समझदारी तोडेको दावी गर्नुभयो ।

संसद पुनर्स्थापना दलहरुको मात्र माग रहेको स्पष्ट पार्दै नेतृ भुसालले समझदारीको चुरो नै संविधान सभा भएको र त्यसमा जाने प्रक्रिया मात्र फरक रहेको बताउनुभयो।
शाही घोषणा मार्फ पुनर्स्थापित संसदको पहिलो बैठकले निशर्त संविधान सभाको निर्वाचनको घोषणा गरे तोडिएको सहमति फेरि जोडिने आशा व्यक्त गर्नुभयो ।

पोखरा समाचारदाताका अनुसार, माओवादी सम्मिलित नागरिक समाजका प्रतिनिधिहरुले निर्सत संविधान सभाको माग गर्दै शुक्रबार पोखरामा पर््रदर्शन गरे। लोकतान्त्रिक नागरिक मञ्च कास्कीको अगुवाईमा भएको सो खबरदारी पर््रदर्शनमा कास्कीका विभिन्न गाविसबाट माओवादी प्रतिधिनिसहित हजारौं नागरिकहरुले संसदको पहिलो बैठकबाटै संविधान सभाको चुनाव घोषणा हुनुपर्ने माग गरे ।

खबरदारी जुलुशपछि चिप्लेढुङ्गामा आयोजित सभामा बोल्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्त बिष्टले सैन्य उन्मादलाई रोक्न सेनालाई निर्वाचित जनप्रतिनिधिहरुको मातहतमा राख्नुपर्ने माग गर्दै त्यसका लागि संसदबाट निर्सत संविधान सभाको घोषणा हुनुपर्नेमा जोड दिनुभयो । धनगढी समाचारदाताले माओवादीले शुक्रबार दिउँसो धनगढीमा खुला विरोध जुलुसका साथै कोणसभा गरेको जनाएका छन ।

धनगढीको क्याम्पस रोडबाट निकालिएको जुलुस रातोपुलसम्म पुगेको थियो । त्यसपछिको सभामा माओवादीका जिल्ला इन्चार्ज अखण्डले 'देशीविदेशी प्रतिक्रियावादीको षड्यन्त्रबाट नेताहरुले सजग हुनु पर्ने' बताए । धनगढीको क्याम्पस चौकमा पनि खुला सभा भयो ।

सुनसरी समाचारदाताले पनि दोश्रो जनआन्दोलनपछि प्राप्त लोकतन्त्र व्यवस्थित गर्दै आन्दोलन दबाउने शाही भिजिलान्तेमाथि कडा कारबाहीको माग गरी इटहरीमा खबरदारी जुलुश भएको जनाएका छन ।सात राजनैतिक दलद्वारा निकालिएको जुलुसले संविधानसभाको आजै घोषणा गर, दलहरुको एकता स्थायी रुपमा कायम राख जस्ता नारा लगाएको थियो ।

स्वतन्त्र समाचार सेवा